Health TV Online
Health TV Online
Health TV Online

केयू मेडिकल कलेजका इन्टर्न डाक्टरको मासिक भत्ता बढ्याे

केयू मेडिकल कलेजका इन्टर्न डाक्टरको मासिक भत्ता बढ्याे

काठमाडौं : काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिसिनअन्तर्गत मेडिकल कलेजका इन्टर्न डाक्टरको मासिक भत्ता बढेको छ। केयूले मातहतका मेडिकल कलेजका इन्टर्न डाक्टरको भत्ता ३ हजार रुपैयाँ बढाएको हो।

केयूअन्तर्गतका मेडिकल कलेजका एमबीबीएस र बीडीएसका इन्टर्न डाक्टरले अब मासिक १३ हजार पाउनेछन्। यसैगरी, नाइट ड्युटी गर्ने डाक्टरलाई थप १५ सय भत्ताको व्यवस्था गरेको केयूको स्वास्थ्य विज्ञान कार्यकारी परिषद्ले जनाएको छ। मेडिकल कलेजका इन्टर्न डाक्टरले यसअघि नाइट ड्युटीबापत भत्ता पाउने गरेका थिएनन्।

इन्टर्न डाक्टरको मासिक भत्ता कम भएको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि केयूले १ कात्तिकदेखि भत्ता बढाउने निर्णय गरेको थियो। निर्णय कार्यान्वयनका लागि केयूले आफूमातहतका सबै मेडिकल कलेजलाई परिपत्रसमेत गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

चिसोबाट बच्न यसो गर्नुस्

चिसोबाट बच्न यसो गर्नुस्

दिनमा एकपटक अनिवार्य घाममा बस्ने गर्नुस् । घाममा बस्दा चिसो हट्नुका साथै स्वास्थ्यसम्बन्धी अन्य फाइदासमेत हुन्छ।

वेलावेलामा तेलले शरीर मालिस गर्नुस्। यसका लागि तोरी, जैतुन र तिलको तेल प्रयोग गर्न सकिन्छ।

शरीरमा ताप उत्पन्न गर्ने खानेकुरा सेवन गर्नुपर्छ। दूध र दूधजन्य पदार्थ र प्रोटिनययुक्त खानेकुरा खानुस् ।

जाडोमा मह सेवन गर्नुस्। यसमा प्रशस्त आइरन पाइन्छ, यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धिसमेत गर्छ।

अदुवा सेवन चिसोबाट बच्ने उत्तम उपाय हो। यसले रुघाखोकीलाई समेत न्यूनीकरण गर्छ।

बाहिर निस्कँदा बाक्लो कपडा लगाउनुस्। सवारीसाधन चलाउँदा भित्र हावा नछिर्ने ऊनीको बाक्लो ज्याकेट लगाउनुस्।

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

‘सुत्केरी हुँदा ज्यान पनि जोगिने, पैसा पनि पाइने : अब कसले घरमा बच्चा जन्माउला!’

‘सुत्केरी हुँदा ज्यान पनि जोगिने, पैसा पनि पाइने : अब कसले घरमा बच्चा जन्माउला!’

सुर्खेत : बाबियाचौर स्वास्थ्यचौकीमा बच्चा जन्माएकी पञ्चपुरी नगरपालिका सुर्खेतकी ललिता बीसीले घर फर्किने बेला चार हजार,८०० रुपैयाँ बुझिन्।

उनलाई केन्द्र सरकारले यातायात खर्च र गर्भ परीक्षण गराएबापत दुई हजार८०० रुपैयाँ र नगरपालिकाले प्रोत्साहनस्वरूप दुई हजार रुपैयाँ भत्ता दिएका हुन्।

पाँच वर्षअघि पहिलो पटक सुत्केरी हुँदा उनले जम्मा एक हजार ४०० रुपैयाँ पाएकी थिइन्। ‘एकै पटक चार हजार ८०० रुपैयाँ हातमा पर्दा निकै खुसी लाग्यो। अनि त्यही पैसाले सुत्केरी खर्च टार्न सजिलो भयो’, उनले भनिन्।

विपन्नलाई राहत

स्वास्थ्यचौकीमा सुत्केरी हुँदा पाएको प्रोत्साहन भत्ताबाट राहत भएको महिलाहरू बताउँछन्। पश्चिम रुकुमको चौरजहारी नगरपालिका(६ की कमला तिरुवाका अनुसार उनले भत्ताबाट पोषिलो खानेकुरा किनिन्। ‘हुने खानेलाई यो पैसा केही पनि होइन, तर नहुनेलाई धेरै राहत भएको छ’ उनी भन्छिन्, ‘सुत्केरी हुँदा ज्यान पनि जोगिने पैसा पनि पाइने। यति भएपछि कसले घरमा बच्चा जन्माउला?’

जाजरकोटकी रिमा विकले गर्भजाँच गर्न आउँदा भत्ता पाइन्छ भन्ने थाहा पाएकी थिइन्। बेथा लाग्नेबित्तिकै स्वास्थ्यसंस्थामा आएको बताउँदै उनी भन्छिन्, ‘घरमा सुत्केरी हुँदा जीउ तलमाथि हुन्छ कि भन्ने डर लाग्थ्यो। तर स्वास्थ्यसंस्थामा आएपछि भने ढुक्क हुँदोरहेछ।’

भत्ताको आकर्षण

आमा र बच्चालाई जोगाउन सरकारले २०६५ सालदेखि सञ्चालन गरेको यो कार्यक्रम कर्णाली प्रदेशमा निकै प्रभावकारी भएको सरकारी अधिकारीहरू दाबी गर्छन्।

भत्ता पनि पाइने र ज्यान पनि सुरक्षित हुने भएकोले स्वास्थ्यसंस्थामा आएर सुरक्षित सुत्केरी सेवा लिने महिलाको संख्या कर्णालीमा बर्सेनि बढ्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार कर्णालीका गर्भवती महिलामध्ये ७३ प्रतिशत स्वास्थ्यसंस्थामा आएर सुत्केरी हुने गरेका छन्। सुरक्षित सुत्केरी सेवा लिने यो संख्या प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको भन्दा बढी भएको अधिकारीहरू बताउँछन्।

गत वर्ष गर्भवती भएका झण्डै ३८ हजारमध्ये २७ हजार ९१५ महिलाले स्वास्थ्यसंस्थामा आएर बच्चा जन्माएको निर्देशनालयका तथ्याङ्क अधिकृत विनोद आचार्यले बताए।

प्रोत्साहन भत्ताले गर्दा नियमित गर्भपरीक्षण गर्ने र स्वास्थ्यसंस्थामा आएर सुत्केरी हुने महिलाको सङ्ख्या ह्वात्तै बढेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

मृत्युदरमा कमी

यातायात खर्च र प्रोत्साहन भत्ताले नवजात शिशु तथा सुत्केरी महिलाको मृत्युदरमा कमी आएको निर्देशनालयले जनाएको छ। दुई वर्षअघि कर्णालीमा सुत्केरी भएका महिलाको मृत्युदर २८ थियो। अहिले घटेर १३ पुगेको छ। नवजात शिशुको मृत्युदर पनि २०४ बाट घटेर १५२ पुगेको छ।

भत्ताले स्वास्थ्यसंस्थामा गएर सुत्केरी हुने महिलाको सङ्ख्या बढेको र मातृमृत्यदर तथा नवजात शिशुको मृत्युदरमा पनि उल्लेख्य कमी आएको कर्णाली प्रदेशकी स्वास्थ्य निर्देशक रीता भण्डारी जोशी बताउँछिन्।

पैसा पाइने भएपछि नियमित गर्भपरीक्षण गर्ने र सुत्केरी हुन स्वास्थ्यसंस्थामा आउन थालेको स्वास्थ्यचौकी बाबियाचौरकी वरिष्ठ अनमी तारा तिवारी बताउँछिन्। ‘आर्थिक अवस्था कमजोर भएका सुत्केरीलाई उक्त रकमले धेरै राहत पुगेको छ’, उनी भन्छिन्, ‘त्यही पैसाले सुत्केरीलाई माछामासु, नुनतेल किन्न सजिलो पनि बनाएको छ।’

चौबीस वर्षदेखि स्वास्थ्यक्षेत्रमा कार्यरत तिवारी भन्छिन्, ‘कार्यक्रम लागु हुनुअघि घरमै सुत्केरी हुँदा धेरै आमाबच्चाको ज्यान जान्थ्यो। तर १० वर्षयता न्यून भएको छ।’ केन्द्र सरकारले दिँदै आएको प्रोत्साहन भत्तामा प्रदेश सरकार र कतिपय स्थानीय सरकारले थपेपछि सुत्केरीलाई झन् सहज भएको छ।

स्थानीय तहबाट पनि भत्ता

सुत्केरी अवस्थामा पौष्टिक आहाराको कमी हुन नदिन, कुपोषणबाट बचाउन, बिरामी पर्दा औषधि उपचार गर्न सहज होस् भनेर प्रोत्साहन भत्ता दिएको स्थानीय तहका प्रतिनिधिहरू बताउँछन्।

घरमै सुत्केरी हुँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने भएकोले त्यसबाट बचाउन २,००० रुपैयाँ थप प्रोत्साहन भत्ता दिएको पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्तिदेवी रेग्मी पुरी बताउँछिन्।

दुई वर्षअघि ६० प्रतिशत रहेको पञ्चपुरी नगरपालिकाको संस्थागत सुत्केरी संख्या अहिले बढेर ९६ प्रतिशत पुगेको छ। उनी भन्छिन्, ‘दुई वर्षयता कुनै पनि आमाबच्चाको ज्यान गएको छैन।’

जाजरकोटको बारेकोट गाउँपालिकाले स्वास्थ्यसंस्थामा आएर सुत्केरी हुने महिलालाई थप एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिएको बताएको छ। गाउँपालिकाकी उपप्रमुख ओमा शाही भन्छिन्, सुत्केरी हुँदा आमाबच्चाको ज्यान जोखिममा नपरोस्। स्वास्थ्यसंस्थामा आएर सुत्केरी होऊन् भनेर थप भत्ता दिएका हौँ।’

घरमै सुत्केरी हुँदा आमाबच्चाको ज्यानै जाने अवस्थाको अन्त्य गर्न र संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न अण्डा र मासुको लागि सुत्केरीलाई आठवटा कुखुरा दिने गरेको दैलेखको गुराँस गाउँपालिकाकी उपाध्यक्ष दीपाकुमारी बीसी बताउँछिन्।

स्वास्थ्यचौकीमा सुत्केरी हुनेलाई तीनवटै तहका सरकारबाट रकम दिन थालिएपछि घरैमा सुत्केरी हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको सरकारी अधिकारीहरू दाबी गर्छन्।

शून्यमा झार्ने लक्ष्य

‘प्रोत्साहन भत्ताको मुख्य लक्ष्य भनेकै घरमा सुत्केरी हुने संख्या शून्यमा झार्ने र आमा र नवजात शिशुलाई बचाउने हो, स्वास्थ्य निर्देशक रीता भण्डारी जोशी भन्छिन्, ‘प्रोत्साहन भत्ताले स्वास्थ्यसंस्थामा आउन सुत्केरीलाई प्रेरित गरिरहेको छ।’

यातायात खर्च दिन थालेपछि मातृमृत्यु र नवजात शिशुको मुत्युमा पनि उल्लेख्य रूपमा कमी आएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘भत्ताकै कारण १० वर्षअघिको तुलनामा मृत्युदर अहिले धेरै कमी आएको छ।’

प्रोत्साहन भत्ताले विपन्न महिलालाई सुत्केरी खर्च टार्न सहज भएको जाजरकोटकी रिमा विक बताउँछिन्। उनी भन्छिन्, ‘पैसा पाइने भएपछि स्वास्थ्यसंस्थामा आउनुको विकल्प छैन।’ प्रोत्साहन भत्ताले नियमित जाँच र स्वास्थ्य संस्थाप्रतिको आकर्षण पनि बढाएको स्वास्थ्यकर्मी बताउँछन्।

सुत्केरीलाई कोसेली

कर्णाली प्रदेश सरकारले स्वास्थ्यसंस्थामा सुत्केरी हुने महिलालाई पोषण कोसेलीका रूपमा दुई हजार रुपैयाँ दिएको छ। सामाजिक विकास मन्त्रालयले स्वास्थ्यसंस्थामा प्रसूति हुन आकर्षित गदै मातृमृत्युदर र नवजात शिशुको मृत्युदरमा कमी ल्याउन भत्ता दिइएको जनाएको छ।

उक्त कार्यक्रमको लागि चालु आर्थिक वर्षमा चार करोड रुपैयाँ बजेट विनियोजन गरिएको र कार्यान्वयनका लागि १० वटै जिल्लामा पठाइसकेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। प्रदेश स्वास्थ्य निर्देशक रीता भण्डारी जोशी गत साउन महिनादेखि सुत्केरी भएका सबै महिलाले उक्त भत्ता पाउने बताउँछिन्।

बीबीसी नेपालीबाट (तस्विरसमेत)

थप समाचार

वीरगञ्ज शीतलहरले अस्तव्यस्त, महानगरपालिकाका सबै विद्यालय १० दिन बन्द

वीरगञ्ज शीतलहरले अस्तव्यस्त, महानगरपालिकाका सबै विद्यालय १० दिन बन्द

वीरगञ्ज : शीतलहरले जनजीवन अस्तव्यस्त बनाएपछि प्रदेश २ को वीरगञ्ज महानगरपालिकाले सबै विद्यालय १० दिन बन्द गर्ने निर्णय गरेको छ। महानगरपालिकाले सामुदायिक र संस्थागत गरी ३११ वटा विद्यालयमा विदा दिने निर्णय गरेको हो।

चिसोका कारण विद्यालय जाने आउने बालबालिकाको स्वास्थ्य बिग्रिनसक्ने भन्दै सबै विद्यालय बन्द गर्ने निर्णय गरेको महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए। पुस ९ देखि १८ गतेसम्म विद्यालयहरूमा विदा दिइएको छ।

मौसम अनुकुल भए विदा रद्द गरी पढाए सञ्चालन गर्ने महानगरपालिकाले जनाएको छ। अहिलेको विदा बर्खे विदामा कटाउने पनि महानगरपालिकाले निकालेको सूचनामा उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

सुनसरी : भोक्राहा नरसिंह गाउँपालिका–५ मा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्टकाे मृत्यु भएकाेप्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ख.३५५३ नम्बरको ट्रकमा ठाेक्किँदा स१च ४९६ नम्बरको एम्बुलेन्समा सवार विष्टको मृत्यु भएको हो।

एम्बुलेन्स चालकसहित चार घाइते भएका र घाइते भएका छन्। विराटनगरस्थित नोबेल अस्पतालमातीन जनाको  र जिल्ला अस्पताल इनरुवामा एम्बुलेन्स चालकको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतीकात्मक तस्विर

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

चिसाेमा झन् बढ्छ बाथकाे समस्या, बच्न अपनाउनुस् यी उपाय

चिसाेमा झन् बढ्छ बाथकाे समस्या, बच्न अपनाउनुस् यी उपाय

बाथ ‘अटो इम्युन डिजिज’ हो। यो रोगमा जोर्नीहरूमा समस्या देखापर्छ। समयमा नै उपचार नगरे बाथरोगले अपाङ्गतासमेत निम्त्याँछ।

बाथका रोगीलाई जाडोमा अझ बढी सताउँछ। जाडो बढे सँगै बिरामीहरू थप समस्या लिएर अस्पताल आउने गर्छन्। जाडोमा बढी चिसोका कारण बिहान उठ्दा विशेषगरी हात र जोर्नीहरु अररो हुने समस्या हुन्छ। बाथका रोगिलाई घाम नलागेसम्म यस्तो समस्या देखिन्छ र विस्तारै घाम लागेसँगै हात खुट्टा चलाउन सजिलो हुन्छ। त्यसो त अन्य समयमा पनि यस्ता रोगीलाई समस्या नहुने होइन तर चिसो बाथका रोगीलाई अत्यन्त कठिन हुने मौसम हो। त्यसैले बाथका रोगीले यो वेला विशेष सावधानी अपनाउनु पर्छ।

जाडो सुरु भएसँगै आउने जटिलतालाई कसरी कम गर्न सकिन्छ भनेर चिकित्सकलाई भेट्नुपर्छ र उनीहरूको सल्लाहबमोजिम औषधी नियमित खानुपर्छ।

यो सँगै बिरामीले जाडोमा पानी खान बिर्सन्छन् जसले गर्दा अनेक समस्या देखिन्छ। जाडो भयो भनेर पानी खान छोड्नु हुँदैन। मनतातो पानी खाइरहनुपर्छ। योसँगै तातो सुप खान सकिन्छ जसले शरीरलाई न्यानो दिनुको साथै उर्जा समेत दिन्छ।

अर्को महत्त्वपूर्ण कुरा प्रोटियुक्त र सन्तुलित खाना खानुपर्छ जसले गर्दा अन्य समस्या आउँदैन। यसैगरी चिसो छ भनेर शारीरिक व्यायाम गर्न छोड्न हुँदैन नियमित व्यायाम गर्दा जोर्नीहरू चलायमान हुन्छन् र बिरामीलाई सजिलो हुन्छ। जाडोमा बाथरोग बढ्ने समस्या हुन्छ। १० जनामध्ये सातदेखि आठजनाको बाथ जाडोको समयमा बढ्ने गर्छ। बाथरोग धेरै किसिमको हुन्छन्।

कुन व्यक्तिलाई कस्तो किसिमको बाथरोग छ र कुन किसिमको औषधी सेवन गर्दै आएको छ भन्ने कुराले फरक किसिमको समस्या आउन सक्छ। जाडोको समयमा या अझ बढी समस्या देखाउँछ। घाममा जाँदा गाला रातो हुने, पानीमा हात राख्दा हात सेतो, निलो भएर आउने हुन्छ। यसबाट बच्न सकेसम्म चिसो पानी नखेलाउने र शरीर न्यानो राख्ने गर्नुपर्छ। पानीमा काम गर्नैपरे हातमा पञ्जा लगाउनुपर्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

शिविरमा भेटियो ११५ जनालाई माेतियाविन्दु

शिविरमा भेटियो ११५ जनालाई  माेतियाविन्दु

सप्तरी : छिन्नमस्ता गाउँपालिकामा आयोजित एकदिने निःशुल्क ‘आँखा तथा कान शिविर’ मा ११५ जनामा मोतियाविन्दु फेला परेको छ।

धर्मी हल्फा महिला विकास क्लब तथा नेपाल नेत्रज्योति संघ सगरमाथा र चौधरी आँखा अस्पताल लहान सिरहाको आयोजनामा सोमबार सम्पन्न शिविरमा करिब तीन सय स्थानीय बासिन्दाले सेवा लिएको बताइएको छ ।

शिविरमा आँखामा देखिएका मोतियाबिन्दुका ११५ बिरामीलाई आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने बताइएको छ। शिविरमा बिरामीलाई निःशुल्क औषधि प्रदान गरिएको धर्मी हल्फा महिला विकास क्लबका अध्यक्ष सूर्यनारायण यादवले जानकारी दिए।

सगरमाथा चौधरी आँखा अस्पतालका चिकित्सक राजकुमार यादवको नेतृत्वको टोलीले आँखा र कानका बिरामीलाई जाँच गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

नरिवलको रक्सी पिउँदा आठ जनाको मृत्यु, सयौँ अस्पताल भर्ना

नरिवलको रक्सी पिउँदा आठ जनाको मृत्यु, सयौँ अस्पताल भर्ना

फिलिपिन्समा नरिवलको रक्सी सेवन पिएका कम्तीमा आठ जनाको मृत्यु भएको छ। रक्सीकै कारण बिरामी भएका सयौँजना अस्पताल भर्ना भएका अधिकारीहरूले जानकारी दिएका छन्।

उनीहरूले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने अनुमान गरिएको छ ।

राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको सप्ताहान्त भेलामा सहभागी भएर रक्सी पिएकामध्ये केहीको मृत्यु भएको हो।

रक्सी सेवन गरेपछि उनीहरूले शरुमा पेट दुखेको बताएका थिए। बिरामी भएकामध्ये नौ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिए।

रक्सी सेवनका कारण बिरामी भएका ३०० जना अस्पतालमा भर्ना भएका उनले बताए। उनीहरू सबको बिरामीको कारण एउटै देखिएको चिकित्सकहरुको भनाइ छ।

क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचबिखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ ।

बजारमा बिक्री वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्छन्। रक्सी बनाउने अधिकांश स्थानीय पछि परेका समुदायका हुन्।

उनीहरूले बनाउने याे प्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरूले बताए।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

जाडाे माैसममा हृदयाघातको जोखिम बढी

जाडाे माैसममा हृदयाघातको जोखिम बढी

मुटुको धमनीमा शतप्रतिशत अवरोध आई मांसपेशीले काम गर्न नसक्नु हृदयाघात हो। रक्तनलीमा बोसो जमेमा, रक्तनली फुटेमा र उच्च रक्तचापका कारण मुटुमा दबाब परेमा धमनीमा अवरोध पुग्छ। स–साना धमनीमा अवरोध हुँदा खासै असर देखिँदैन । तर मुख्य धमनीमा अवरोध भएर हृदयाघात भएमा भने खतरनाक हुनसक्छ।

चुराेट सुर्ती सेवन, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल र वंशाणुगत गुण आदि हृदयाघातका कारण हुन्। त्यस्तै विभिन्न हर्मोनका कारण पुरूषलाई हृदयाघातको जोखिम हुन्छ । उमेर बढ्दै जाँदा महिला र पुरुष दुवैमा हृदयाघातकाे सम्भावना बढ्छ। विशेषगरी बिहानको समयमा हृदयाघात हुने सम्भावना बढी हुन्छ।

लक्षण 

हृदयाघातको लक्षण व्यक्तिपिच्छे फरक–फरक हुन्छन् । हृदयाघात हुनुअघि कमजोरी महशुस हुनु,छाती दुख्नु,  बंगारा दुख्नु, दम बढ्नु वा स्वाँ–स्वाँ हुनुजस्ता लक्षण देखिन्छन्। कतिपय अवस्थामा लक्षण नै देखिँदैन।

कोहीकोहीमा पेट दुख्ने, मुटु ढुकढुक हुने, बेहोश हुने आदि समस्या देखा पर्नसक्छ। यस्ता लक्षण देखा पर्न थाले चाँडै चिकित्सककहाँ जानुपर्छ ।

जाडोमा झन् जोखिम

जाडो मौसममा अलि बढी निष्क्रिय जीवनशैली हुन्छ। त्यसकारण मुटुरोगका बिरामीका लागि हृदयाघातको उच्च जोखिम हुन्छ। चिसोका कारण शरीरका नसा साँघुरिँदा मुटुमा भार बढी हुन्छ। त्यसकारण हृदयाघातको जोखिम बढ्छ।

चिसोमा कहिलेकाहीँ अचानक रक्तचाप बढ्ने भएकाले नसा फुटेर हृदयाघात हुने चिकित्सकहरू बताउँछन् । जाडोमा हृदयाघात हुनुको अर्को प्रमुख कारण हर्मोनको गडबडी पनि हो।

मुटु रोगमा पुराना बिरामीले जाडोमा खानपान र जीवनशैलीलाई ध्यान दिएर सावधानी अपनाउनुपर्छ। पहिले मटुरोग लागेर ठीक भएकाहरूले समेत जाडोमा चिसोबाट जोगिनुपर्छ।

थप समाचार

ट्वाइलेटमा नगर्नुस् यस्ता गल्ती

ट्वाइलेटमा नगर्नुस् यस्ता गल्ती

तपाईँ हाम्रो स्वास्थ्यका लागि भान्सा जति सफा हुनुपर्छ, शौचालय (ट्वाइलेट) पनि त्यति नै। ट्वाइलेटको सरफाइमा ध्यान दिइएन भने त्यसको माध्यमबाट अनेकौँ रोग उत्पन्न हुनसक्छ।

ट्वाइलेट जाने क्रममा गरिने स–साना गल्तीले स्वास्थ्यमा अनेकौँ प्रकारका समस्या निम्त्याउँछ–

ट्वाइलेट सिटमा धेरै बेर बस्नु

केही व्यक्ति ट्वाइलेटमा घण्टौ बिताउँछन्। विशेषज्ञका अनुसार ट्वाइलेटमा १० मिनेटभन्दा बढी समय बस्नाले मांसपेशीको तल्लो भागमा दबाब पर्छ र पाइल्सको समस्या हुनसक्छ।

मोबाइलको प्रयोग गर्नु

अचेल बाथरुम जाँदा पनि मोबाइलको प्रयोग गर्ने चलन आएको छ। ट्वाइलेटमा कैयाैँ ब्याक्टेरिया हुन्छन्। ती ब्याक्टेरिया मोबाइल हुँदै शरीरमा प्रवेश गर्न सक्छन्। यसले पेटको संक्रमणकाे समस्या निम्त्याउँछ।

बढी बल लगाउनु

पिसाब फेर्दा वा मल त्याग गर्दा जोड लगाइन्छ, भने श्वास तथा नसामा दबाब पैदा हुन्छ, जसले गर्दा स्वास्थ्यसम्बन्धी समस्या निम्तिन सक्छ। कब्जियतको समस्या कम गर्न पनि बिहान उठेर प्रशस्त मात्रामा पानी पिउनुपर्छ।

ट्वाइलेट पेपरको गलत प्रयोग

ट्वाइलेट पेपर प्रयोग गर्दा कतिपय मानिस जोड लगाउने गर्छन्। सफा गर्ने क्रममा ट्वाइलेट पेपरलाई जोडले प्रयोग गर्दा स्किन एलर्जी र स्किन र्‍यासेज लगायतका छालासम्बन्धी समस्या निम्तिन्छ। यसबाट बच्न हल्का हातले सफा गर्नुपर्छ।

ढक्कन खुल्ला छोड्नु

बाथरुम प्रयोग गरेपछि मानिसहरु सिटलाई प्राय खुल्लै छोडिदिन्छन्। बाथरुमको प्यानमा तैरिने धेरै ब्याक्टेरिया बाहिर आएर अनेकौँ रोगका कारण बन्न सक्छन्। त्यसैले शाैच गरिसकेपछि ढक्कनले बन्द गर्न आवश्यक छ ।

थप समाचार

चिसाे बढेपछि दमकका विद्यालय बन्द

चिसाे बढेपछि दमकका विद्यालय बन्द

झापा : अत्यधिक चिसो बढेपछि झापाको दमक नगरपालिकाका सबै विद्यालय तीन दिनका लागि बन्द भएका छन्।

केही दिनयता बाक्लो हुस्सुसँगै शीतलहर चलेपछि दैनिक पठनपाठनमा असहज भएका कारण सोमबारदेखि बुधबारसम्मका लागि सबै विद्यालय बिदा गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको हो।

अन्य बिदामा मिलान गर्ने गरी बिदा दिइएको नगरपालिका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी जानकारी दिएका हुन्। सूचनासँगै नगरका तीन दर्जनभन्दा बढी विद्यालय बन्द भएका छन्।

यसैगरी सुनसरीकाे इनरुवा नगरपालिकाले दुई दिनका लागि विद्यालयमा बिदा दिएको छ। सूचना जारी गर्दै नगरपालिकाले अत्यधिक चिसोका कारण विद्यालयमा सोमबार र मंगललबार बिदा दिएको जनाएकाे हाे।

चिसोमा बालबालिकालाई आउनजान तथा पठनपाठन गर्न समस्या हुने र स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले दुई दिनका लागि बिदा दिएको नगरपालिकाका प्रमुख  राजन मेहताले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

सिन्धुलीको खुर्कोटमा ओम अस्पतालकाे स्वास्थ्य शिविर

सिन्धुलीको खुर्कोटमा ओम अस्पतालकाे स्वास्थ्य शिविर

काठमाडौं : चावहिलस्थित ओम अस्पतालले सिन्धुलीको खुर्कोटमा निःशुल्क बृहत् स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ अन्तर्गत खुर्कोटमा रहेको सुनकोशी सामुदायिक अस्पतालसँगको सहकार्यमा अस्पतालले शनिबार शिविर सञ्चालन गरेको हो।

शिविरमा ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. बीएन कोइरालाको नेतृत्वमा जनरल फिजिसियन, जनरल सर्जरी, स्त्री तथा प्रसूती रोगलगायत सेवा उपलब्ध गराइएको थियो। विशेषज्ञ टोलीले एक्स–रे, अल्ट्रासाउण्ड, प्याथोलोजी लगायत सेवासहितको बृहत स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको थियो।

शिविरमा विभिन्न रोगको उपचारसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए। शिविरमा सिन्धुलीको गडतिरक्षेत्र सुनकोशी, गोलन्जोर, फिक्कल गाउँपालिकाका साथै रामेछाप र ओखलढुंगा जिल्लाबाट आएका ५०० बिरामीले सेवा लिएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

२५ शय्याकाे बन्दै बघाैडा अस्पताल

२५ शय्याकाे बन्दै बघाैडा अस्पताल

चितवन : माडीको बघौडा अस्पताललाई २५ शय्याको अस्पतालका रूपमा स्तरोन्नति गरिने भएको छ। प्रदेश ३ सरकारको सहयोगमा शय्या थप गर्न लागिएको हो।

नगरपालिकाको निर्णयअनुसार अस्पताललाई २५ शय्याको बनाउन प्रदेश सरकार सकारात्मक देखिएको बघौडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आलोक कुमारले बताए।

२०३४ मा स्वास्थ्य चौकीका रूपमा स्थापना भई सेवा शुरु गरेको अस्पताललाई २०५४ सालमा प्राथामिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति गरिएको थियोे। २०७० साल साउनमा मन्त्रिपरिषद्को निर्णयद्वारा स्वास्थ्य केन्द्रबाट १५ शय्याको अस्पतालका रूपमा विकास गरिएको हो।

माडी नगरपालिकाले तीन वर्षको अन्तरालमा बघौडा अस्पतालमा चार करोड ५० लाख बजेट विनियोजन गरेको माडी नगरप्रमुख ठाकुरप्रसाद ढकालले बताए। भिडियो एक्स–रे लगायतका औजार र दक्ष जनशक्तिको व्यवस्थापनमा दैनिक ३०० जना स्वास्थ्य परीक्षणका लागि आउने वातावरण तयार पारिएको उनको भनाइ छ।

बिरामीको बढ्दो चाप व्यवस्थापनका लागि अहिले नगरपालिकाले छुट्टै ओपीडी ब्लक निर्माण गरेको छ भने कुर्ने ठाउँसमेत बनाएको छ। अस्पतालमा अहिले पाँच एमबीबीएस चिकित्सक, एक एमडीजीपी विशेषज्ञ चिकित्सक, एक डेन्टल सर्जनसहित सात चिकित्सक रहेको अस्पतालका सूचना अधिकारी टेकमणि महतोले जानकारी दिए।

सर्पदंशका बिरामीको उपचारका लागि प्रदेश सरकारले एन्टी स्नेक भेनम राख्न अस्पताललाई स्वीकृति प्रदान गरिसकेको छ। नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा माडीमा रक्तसञ्चार केन्द्र स्थापनाको तयारी गरिएको महतोले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

विपन्नलाई सहुलियतमा उपचार सेवा

विपन्नलाई सहुलियतमा उपचार सेवा

पश्चिम नवलपरासी : पृथ्वीचन्द्र अस्पताल परासीले विपन्न नागरिकलाई सहुलियतमा उपचार सेवा शुरु गरेको छ। अस्पतालले छुट्टै सामाजिक सेवा एकाइ स्थापना गरी विपन्न नागरिकलाई सहुलियतमा उपचार सेवा प्रदान गर्न शुरु गरेको हो।

एकाइबाट विपन्न, अशक्तलगायत १२ प्रकारका लक्षित वर्गले निःशुल्क वा आर्थिक अवस्थाअनुसार छुटमा उपचार सेवा दिन थालेको अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले जानकारी दिए।

अध्यक्ष चौधरीले आधारभूत र आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने नागरिकको हक सुनिश्चित गर्न यो सेवा प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।

प्रदेश सरकारको सहयोगमा शुरु गरिएको यो सेवाका लागि सामाजिक सेवा एकाइमा दुई सहजकर्ताको व्यवस्था गरिएको छ। सहजकर्ताले बिरामीको अवस्था हेरी निःशुल्क वा सहुलियतमा उपचार गर्न सिफारिस गर्ने अस्पतालका प्रमुख डा. मोहम्मद नुरुल होदाले बताए। इन्द्रेणी सामाजिक विकास मञ्चको साझेदारीमा शुरु गरिएको यो एकाइबाट गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैंगिक हिंसापीडित तथा महिला स्वास्थ्य स्वयंसेविकाले सहुलियतमा उपचार सेवा पाउन थालेका हुन्।

यसैगरी प्राकृतिक प्रकोपबाट पीडित, शहीद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजातिलाई अस्पतालले सहुलियतमा उपचार सेवा प्रदान गर्ने बताइएको छ।

जिल्लाकै पुरानो जिल्ला अस्पतालको रूपमा रहेको पृथ्वीचन्द्र अस्पतालमा नौजनाको विशेषज्ञ दरबन्दी रहे पनि हाल ६ विशेषज्ञसहित ५० शय्यामा सञ्चालित रहेको अस्पतालका प्रबन्धक सुरेन्द्र अधिकारीले जानकारी दिए। सामाजिक सेवा एकाइमार्फत उपचार सेवा प्रदान गर्न यस वर्ष आठ महिनाका लागि बजेट प्राप्त भएको उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

मिर्गौला प्रत्यारोपणमा क्रान्ति ल्याउने अर्थशास्त्री, एल्भिन रथ

मिर्गौला प्रत्यारोपणमा क्रान्ति ल्याउने अर्थशास्त्री, एल्भिन रथ

प्रत्यारोपणका लागि हालैका दिनमा मिर्गौला प्राप्त गर्ने सम्भावना नाटकीय रूपमा बढेको छ। यसको श्रेय भने एकजना अर्थशास्त्री एल्भिन रथलाई जान्छ।

रथले अर्थशास्त्रको सिद्धान्त प्रयोग गरेर संसारमा मिर्गौला सहज रूपमा प्राप्त हुन सक्नेगरी मिर्गौलादान प्रक्रियामा क्रान्ति ल्याइदिएका हुन्।

रथले यसो नगरेको भए नयाँ मिर्गौला प्रत्यारोपण गरेर बाँचिरहेका हजारौँ मानिसहरू कि अहिलेसम्म पनि रोगग्रस्त हुन्थे या मरिसक्थे।

अरू अङ्ग प्रत्यारोपणभन्दा मिर्गौला प्रत्यारोपण फरक छ किनभने दुईमध्ये एउटा मात्र मिर्गौलाले पनि काम गर्ने भएकाले मानिसले जीवित हुँदा नै एउटा मिर्गौला दान गर्न सम्भव छ।

तपाईँ आफ्नो नजिकका नातेदारलाई एक मृगौला दान गर्न चाहनुहुन्छ भने पनि धेरैजसो रोगीको मिर्गौलासँग तपाईँको ‘म्याच’ नहुन अर्थात् नमिल्न सक्छ। त्यस्तो अवस्थामा तपाईँले मिल्ने किसिमको मिर्गौला भएको दाता कुर्नुपर्थ्यो।

रथले ‘मिर्गौला साटासाट’ सिद्धान्त ल्याए जसमा दाताहरूलाई एकठाउँमा ल्याएर मिर्गौला साटासाट गरिन्छ जसले गर्दा रोगीलाई म्याच हुने मिर्गौला छिटो प्राप्त होस्।

मिर्गौला साटासाट

यसरी साटासाट गरिएका थुप्रै उदाहरणहरू छन्। एकपटक त ७० मृगौलाहरू साटिएका थिए। इरानबाहेक अन्य देशमा मिर्गौला बेच्नु अवैधानिक छ। धेरैजसो सरकार अंगबेचबिखनको वस्तु नबनोस् भनेर त्यसलाई कानुनी बनाउन चाहँदैनन्।

प्राध्यापक रथ भन्छन्, ‘संसारभर रहेको मृगौलाको बजारमा हामी पैसालाई कुनै भूमिका खेल्न दिँदैनौँ।’ अमेरिकामा हरेक वर्ष उनको सिद्धान्त प्रयोग गरेर करिब १,००० मानिसले मिर्गौला पाउने गरेको बताइन्छ।

उनको विचारको प्रभावकै कारण रथले सन् २०१२ मा अर्थशास्त्रमा नोबेल पुरस्कार पाएका थिए।

जर्मनी र परिवर्तन

नोबेल पुरस्कारप्राप्त व्यक्ति र अन्य प्रतिष्ठित व्यक्तिहरू जर्मनीको राजधानी बर्लिनमा स्वास्थ्य सेवाको भविष्यबारे छलफल गर्न भेला भएका थिए। रथ पनि त्यहाँ थिए किनभने जर्मनीमा मृगौला साटासाट वैधानिक छैन।

उनी भन्छन्, ‘नयाँ विकासक्रमसँग बजारका लागि नियम परिवर्तन गरे जस्तै मृगौलाका लागि प्रशासनिक कानुनहरू आधुनिक र नयाँ क्षमताका आधारमा अद्यावधिक गराइरहनुपर्ने हुन्छ।’

जर्मनीकाे स्वास्थ्य मन्त्रालयलये यो विषयमा सार्वजनिक बहस आयोजना गर्ने योजना बनाइरहेको बतायो तर त्यसको कार्यतालिका हालसम्म सार्वजनिक भएको छैन।

रथले जर्मन प्रतिबन्धपछाडिको चासो आफूले बुझेको बताए। उनी भन्छन्, ‘उनीहरू अंग बेचबिखनका लागि ओसारपसार होला भन्नेप्रति चिन्तित छन्।’ पैसाका लागि मृगौला बेच्नु संसारका सबैजसो मुलुकमा गैरकानुनी छ।

मिर्गौला बिक्री

प्राध्यापक रथले भविष्यमा मानिसहरूले आफ्ना लागि मिर्गौला किन्नसक्ने अवस्था पनि आउन सक्ने बताए।

उनले अमेरिकामा भियतनाम युद्धपछि चलेको बहससँग मिर्गौलादानबारे भइरहेको कुराकानीलाई तुलना गर्दै भने, ‘त्यसबेला पहिले अनिवार्य सैन्य सेवा भनेकोमा बहसपछि स्वयंसेवी किसिमको सैन्य सेवा बनाइयो।’

रथ भविष्यमा राज्यले पैसाका लागि मिर्गौला दान दिन चाहनेलाई ‘नायक’ मान्ने र अहिले अरू अंग संकलन गरेर बाँडेको जस्तै राज्यले बाँड्ने स्थिति आउन सक्ने मान्छन्।

अमेरिकामा डायालिसिस अति महंगो छ त्यसैले कम आय भएका मुलुकमा मृगौला प्रत्यारोपण सस्तो पर्न जान्छ।

उच्च आय भएका मुलुकका मृगौला प्राप्त गर्ने व्यक्तिहरू र न्यून तथा मध्यम आय भएका मुलुकका दाताहरूबीच मिर्गौलादान या साटासाट गर्ने एउटा नमूना योजनाले विश्वा स्वास्थ्य संगठनको समर्थन प्राप्त गर्न सकेन।

यस्तो योजनाको समर्थनमा द ल्यान्सेट भन्ने जर्नलमा लेख लेखेका पीटर सिङ्गरले भने, ‘त्यो योजना अनुसार एउटा साटासाट भने भएको छ।’

रथ त्यस्तो कार्यक्रमका समर्थक हुन्। उनले भने,‘प्रशासनका कारण मानिस मर्ने अवस्था आउनु लज्जास्पद छ।’

बीबीसी नेपाली

थप समाचार

अस्पतालमा अभावै अभाव

अस्पतालमा अभावै अभाव

ललितपुर : गोदावरी नगरपालिका–१० मा रहेको बज्रबाराही चापागाउँ अस्पतालले जनशक्ति र उपकरण अभावका कारण प्रभावकारी सेवा दिनसकेको छैन।

नगरपालिकाले पर्याप्त बजेट नछुट्ट्याएका कारण अस्पतालमा समस्या देखिएको हो। अस्पतालमा कतिपय प्रविधि पुराना भएका र आधुनिक प्रविधि जडान गर्न नसक्दा बिरामीलाई सेवा दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ।

प्रयोगशालामा काम गर्ने जनशक्ति अभाव हुँदा १२ घण्टामात्र सेवा दिन सकेको अस्पतालका व्यवस्थापक मधुराम केसीले जानकारी दिए। उनका अनुसार नगरपालिकाले प्रशासनिक खर्चका २० लाख र औषधि खरिदका लागि १० लाख रुपैयाँ दिएको छ। यो रकमले वर्षभरिका लागि औषधि नपुग्ने केसीले बताए।

नगरपालिकासँगै तीन गाउँपालिका र मकवानपुर जिल्लाकासमेत बिरामी उपचारका लागि आउने गरेका छन्। पहिले दातृ निकायको सहयोगमा सञ्चालित हुँदाभन्दा अहिले स्थानीय सरकारको मातहतमा आउँदा बिरामीको चाप घटेको छ।

१५ शय्याकाे बज्रबाराही सामुदायिक अस्पताल गत असोज १ गते बज्रबाराही चापागाउँ अस्पतालमा परिणत भएको थियो। अस्पताल सामुदायिक छँदा नियुक्त भएका कर्मचारीलाई तलब खुवाउन निकै ग्राहो भएको अस्पतालका निमित सुपरटेण्डेन्ट डा. किसन नेपालीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

नेपाली सेनाकाे स्वास्थ्य शिविरमा ३४ हजारले लिए सेवा

नेपाली सेनाकाे स्वास्थ्य शिविरमा ३४ हजारले लिए सेवा

महोत्तरी : नेपाली सेनाद्वारा सोनमा गाउँपालिका–३ खखनामा सञ्चालन गरिएको १० दिने निःशुल्क स्वास्थ्य शिविरबाट ३४ हजारभन्दा बढीले सेवा लिएका छन्।

गत मंसिर २७ गतेदेखि आइतबारसम्म खखना माध्यमिक विद्यालय परिसरमा आयोजित शिविरमा १७ हजार ९७३ महिला र १४ हजार १६४ पुरुषले सेवा लिएको सहायक रथी डा. देवेन्द्रबहादुर खत्रीले जानकारी दिए। यस्तै दुई हजार ३५ जनाले परामर्श सेवा लिएका थिए।

शिविरमा १९३ पुरुष र १३६ महिलाकोजटिल शल्यक्रिया भएको ६० लाख रुपैयाँबराबरको औषधि निःशुल्क उपलब्ध गराइएको शिविरका सूचना अधिकारी सेनानी नवीन कुँवरले जानकारी दिए।

शिविरमा नेपाली सेनाका ६० विशेषज्ञ चिकित्सक र १०५ स्वास्थ्यकर्मी सहित १६५ जनाको टोलीले उपचार गरेको थियो।  शिविरमा महोत्तरीका अतिरिक्त सर्लाही, धनुषा, उदयपुर, सिरहा, रौतहट, सिन्धुली र सप्तरीका बिरामीले उपचार लिएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

धौलागिरि अञ्चल अस्पतालमा अक्सिजन प्लान्ट

धौलागिरि अञ्चल अस्पतालमा अक्सिजन प्लान्ट

बागलुङ : धौलागिरि अञ्चल अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन आएको छ। गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा अस्पतालमा प्लान्ट सञ्चालनमा ल्याइएको हो।

मन्त्रालयको ९४ लाख ४० हजार रुपैयाँ लागतमा प्लान्ट जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिए। अस्पतालका अनुसार ६१ लाखमा अक्सिजन उत्पादन गर्ने प्लान्ट र ३३ लाख रुपैयाँमा वितरण पाइप लाइन तयार गरिएको छ।

अस्पतालमा जडान गरिएको प्लान्टले अस्पताललाई आवश्यकभन्दा बढी अक्सिजन उत्पादन गर्ने प्राविधिकले जनाएका छन् ।  ‘अक्सिजन प्लान्ट’ जर्मनी प्रविधिद्वारा निर्माण गरिएको हो। ३०० श्ययाको अस्पताललाई हाल दैनिक १५ देखि २० सिलिण्डर अक्सिजनको आवश्यकता छ।

उत्पादित अक्सिजनलाई सोझै पाइप लाइनमार्फत अस्पतालको आवश्यक सबै कोठा\कोठामा पुर्याइएको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए। सिलिण्डरमा अक्सिजन भर्ने व्यवस्था भएमा छिमेकी जिल्लामा समेत आपूर्ति गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बी पोखरलले जानकारी दिए।

यसअघि  निजी कम्पनीले पोखरा तथा बुटवलमा उत्पादन गरेको अक्सिजन सिलिण्डर अस्पतालमा प्रयोग हुँदै आएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

जाडोमा प्रयोग गरिने ग्यास गिजरले लिनसक्छ ज्यान, अपनाउनुस् यी सावधानी

जाडोमा प्रयोग गरिने ग्यास गिजरले लिनसक्छ ज्यान, अपनाउनुस् यी सावधानी

जाडोयाम शुरु भएसँगै हामीमध्ये धेरैजना तातो पानीमा नुहाउन रुचाउँछौँ। तातोपानीका लागि सजिलो उपकरण हो, ग्यास गिजर। ग्यास गिजरले तातोपानी त दिन्छ नै तर कतिपय अवस्थामा यसको सही प्रयोग नहुँदा मानिसको ज्यानै जान सक्छ।

नेपालमै पनि बर्सेनि कैयौँले ग्यास गिजरका कारण ज्यान गुमाएको तथ्यांक छ। यो लेखमा ग्यास गिजरका कारण हुने समस्या अर्थात् ग्यास गिजर ‘सिन्ड्रोम’को बारेमा चर्चा गरिँदैछ।

ग्यास गिजर सिन्ड्रोम भनको ग्यास गिजरका कारण हुने समस्या हो। यदि ग्यास गिजर प्रयोग गर्ने बाथरुममा झ्याल छैन भने वा साँघुरो छ वा अक्सिजन प्रवेश गर्न नसक्ने अवस्थामा समस्या आउँछ।

सामान्यतया शहरको कुरा गर्दा धेरै जनाको घरमा सानो बाथरुम हुन्छ र स्वाभाविक रूपमा झ्याल पनि सानो हुन्छ। यसले गर्दा अन्य समयमा पनि पर्याप्त अक्सिजन पुगेको हुँदैन।

वातावरणमा भएको अक्सिजन मानिसले पनि लिइरहेको हुन्छ भने त्यही समयमा ग्यासले बल्न पनि अक्सिजन लिइरहेको हुन्छ। यसले गर्दा वातावरणमा अक्सिजन कमी हुन्छ। विस्तारै ग्यास गिजरबाट खराब ग्यास कार्बन मोनोअक्साइड र नाइट्रस अक्साइड ग्यास निस्किन थाल्छ। नुहाउन पसेको मानिसलाई यी ग्यासका कारण सास फेर्न गाह्रो हुन्छ र ऊ बेहोश हुन पुग्छ।

अर्को कुरा धेरैबेर यसरी बेहोश भइरहँदा त्यसको सिधा असर मस्तिष्क र मुटुमा पर्न जान्छ। सामान्यतया बाथरुम गएको भनेर घरका मानिसले पनि वास्ता गर्दैनन्। जसले गर्दा भित्र बिरामीको अवस्था जटिल बन्दै जान्छ। धेरैबेर बाथरुम बन्द देखेपछि मात्र आफन्तले ढोका फोडेर निकाल्ने गर्छन्। त्यति बेला सम्म ढिला भइसकेको हुन्छ ।

मेडिकल भाषामा हामी यसलाई ‘प्रिभेन्टेबल डिजिज’ भन्छौँ। किनभने यसबाट बच्न सकिन्छ। जाडोयाममा शरीरलाई सजिलो होस् भनेर राखिएको ग्यास गिजरका कारण कसैको पनि ज्यान जानु हुँदैन। यसबारे सबै सचेत हुन जरुरी छ।

यसरी बाथरुममा ढलेपछि त्यही ज्यान गुमाउनको संख्याको हामीसँग पनि जानकारी छैन। हामीकहाँ आईसीयूमा बर्सेनि १० भन्दा बढी ग्यास ‘गिजर सिन्ड्रोम’ समस्या लिएर आउँछन्।

यस्तो समस्या लिएर आउनेमा धेरै युवा हुन्छन्। जसलाई अरु केही पनि स्वास्थ्य समस्या भएकै हुँदैन । त्यस्ता व्यक्ति घरमा राखिएको सामानका कारण ज्यान गुमाएको देख्दा साह्रै दुःख लाग्छ । ९९ प्रतिशत बिरामी अस्पताल ल्याउँदा ढिलै भइसकेको हुन्छ । नुहाउन पस्दा मानिसले ढोकामा चुकुल लगाएका हुन्छन्, जसले गर्दा ढोका फोर्न नै समय लाग्छ ।

कति समयसम्म त परिवारलाई बाथरुमभित्र मानिस बेहोश भइसकेको छ भन्ने थाहा नै हुँदैन। थाहा पाएर निकालुञ्जेलसम्म ढिला भइसकेको हुन्छ, उपचारले खासै निको पार्न सकिँदैन । अस्पताल पुर्याइएका कमै मानिसलाई मात्र बचाउन सकिन्छ।

यसबाट बच्ने सरल उपाय भनेकै घरको बाथरुममा झ्याल खुला राखेर मात्र ग्यास गिजर प्रयोग गर्नु हो। अझ सकेसम्म त यसको प्रयोग नै नगर्दा राम्रो हुन्छ भन्छौँ।

आर्काइभबाट:

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

डा पुष्पमणी खराल नेतृत्वको पेशागत समूहको ८ बुँदे प्रतिबद्धता: चिकित्सकको सुरक्षादेखि वेवसाइट अपडेट सम्म

डा पुष्पमणी खराल नेतृत्वको पेशागत समूहको ८ बुँदे प्रतिबद्धता: चिकित्सकको सुरक्षादेखि वेवसाइट अपडेट सम्म

काठमाडौं : नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएको डा पुष्पमणी खराल नेतृत्वको पेशागत समावेशी समूहले ८ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पेशागत समावेशी समूहले आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको हो । चिकित्सकहरूको पेशागत एवं आर्थिक सुरक्षा र सदस्यता बढाउनेदेखि संघको संस्थागत विकास सम्मको एजेन्डा पेशागत समूहले अघि सारेको छ । यसैगरी संघकाे वेवसाइट अपडेट नभएको भन्दै यसलाई अपडेट गर्ने विषय पनि समूहले आफनो घोषणापत्रमा उल्लेख गरेको छ ।

संघले हालसम्म सम्पूर्ण चिकित्सकको हितमा काम गर्न नसकेकाे  आरोप लगाउँदै यसमा काम गर्नका लागि आफूले उम्मेदवारी दिएको डा पुष्पमणी खरालले बताए । उनले भने,’संघसँग अधिकांश चिकित्सक रुष्ट छन् । जसले गर्दा अनेक नाममा चिकित्सकका संघ खुलेका छन्। यो वातावरण आउनै नदिन मेरो नेतृत्वले काम गर्नेछ । संघमा एक तिहाइ चिकित्सक मात्र सदस्य बन्नुले पनि यसप्रतिको अविश्वास यसै झल्किन्छ ,उनले भने ।

मैले यी समस्या नजिकबाट बुझेको छु अहिलेसम्म संघले गर्न नसकेका र अति आवश्यक काम र नयाँ योजनासहित काम गर्ने अठोट लिएको छु ,उनले थपे ।’

पेशागत समूहले सबै वर्गलाई समेटेर समावेशी बलियो टिम बनाएका कारण निर्वाचनमा आफ्नै प्यानलको जित निश्चित हुने डा खरालले दाबी गरे ।

नेपालमा चिकित्सकको तलब अत्यन्त न्यून छ । विश्वमै कम तलब बुझ्नेमा पर्छन नेपाली चिकित्सक । त्यसैले यसमा हामी जोडदार रुपमा आवाज उठाउँछौं, उनले भने ।

ताजा अपडेट