चीनमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, विभिन्न शहरमा कडा लकडाउन
हेल्थ टिभी अनलाइन \काठमाडौं : चीनमा एकपटक फेरि कोरोना संक्रमण बढ्न थालेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ५ हजार २८० जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । चीनको सांघाईमा नयाँ संक्रमित धमाधम फेला पर्न थालेपछि सरकारले घर घरमा गएर परीक्षण गर्ने देखि कडा लकडाउन जारी गरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन्।
लकडाउनका कारण झण्डै ५ करोड मानिसहरु अहिले घरभित्रै रहेको जनाइएको छ । विज्ञहरुले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेको आशंका गरेका छन् । विश्वमै पहिलोपटक चीनबाट नै कोरोना भाइरसको संक्रमण सुरु भएको थियो ।
अन्य देशहरुमा संक्रमणले त्रास फैलाइरहँदा भने चीनमा संक्रमण नियन्त्रणमा आएको थियो । हाल धेरै देशहरुले संक्रमण क्रमस घट्दै गएर कोभिड नियन्त्रणको मापदण्डलाई खुकुलो पार्दै गइरहेका बेला चीनमा फेरि संक्रमण बढ्न थाल्दा सबैको चिन्ता र चासो बढेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण