Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

वरिष्ठ युरोलोजिष्ट डा सञ्जय खड्गीलाई अन्तराष्ट्रिय अवार्ड

वरिष्ठ युरोलोजिष्ट डा सञ्जय खड्गीलाई अन्तराष्ट्रिय अवार्ड

हेल्थ टिभी अनलाइन : नेपालका वरिष्ठ युरोलोजिस्ट (मूत्ररोग विशेषज्ञ) डा सञ्जय खड्गीले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित Distinguished Career Award  प्राप्त गरेका छन् । डा खड्गी यो सम्मान पाउने पहिलो नेपाली युरोलोजिस्ट बनेका छन् । इटालीको फ्लोरेन्समा नोभेम्बर ११ मा आयोजित द सोसाइटी इन्टरनेसनल डी युरोलोजी (SIU)  को ४६औँ अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा डा खड्गीलाई उक्त सम्मान प्रदान गरिएको हो।

युरोलोजी चिकित्सा क्षेत्रमा डा खड्गीले नेपालमा मात्र नभएर अन्तराष्ट्रिय क्षेत्रमै पुर्‍याएको योगदान, समर्पण तथा यस विधाको विकासमा खेलेको महत्त्वपूर्ण भूमिकाको सम्मान गर्दै यो पुरस्कार प्रदान गरिएको हो। यो पुरस्कार सोसाइटीका प्रतिष्ठित सम्मानमध्ये एक मानिन्छ।

डा खड्गी नेपालको युरोलोजी क्षेत्रमा विशेषगरी मिर्गौलाको पत्थरीको उपचारमा प्रयोग हुने अत्याधुनिक मिनी पीसीएनएल प्रविधिको विकास र विस्तारमा योगदान पुर्‍याउने चिकित्सकका रूपमा परिचित छन्। उनी यो प्रविधिबाट नेपालमा शल्यक्रिया गर्ने पहिलो चिकित्सक हुन् । जुन विधिबाट शल्यक्रिया गर्दा बिरामीलाई कम दुखाइ तथा कम चिरफार तथा कम अस्पताल बसाइमै मिर्गौलाको पत्थरीको शल्यक्रिया सम्पन्न गर्न सकिन्छ ।

डा खड्गीले पाएको यो सम्मानलाई नेपाली चिकित्सा क्षेत्रका लागि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा हेरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

पत्रकारका लागि फेलोसिप र तालिमको अवसर

पत्रकारका लागि फेलोसिप र तालिमको अवसर

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

नेपाल क्यान्सर सम्मेलन सम्पन्न