Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

हेल्थ टिभी अनलाइन : साहित्यकार मोतीशोभा श्रेष्ठद्वारा लिखित नेपाली, नेपाल भाषा र अंग्रेजी भाषाका पाँच कृति एकैसाथ विमोचन गरिएको छ । पूर्वअर्थमन्त्री शंकर कोइराला, नेपाल सरकारका पूर्वमुख्यसचिव डा बिमल कोइराला तथा वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले संयुक्त रूपमा ती कृतिको विमोचन गरेका थिए ।

कृति लोकार्पण कार्यक्रममा वरिष्ठ कथाकार एवम उपन्यासकार भागीरथी श्रेष्ठ तथा साहित्यकार एवम् चित्रकार ज्ञानेन्द्र विवशले पुस्तकका बारेमा चर्चा गरे । कार्यक्रममा अन्य विशिष्ट साहित्यकारहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।

लोकार्पण भएका पुस्तकहरूमा नेपाली भाषामा लेखिएका दुई पुस्तक- “सपनाको उडान” कथा संग्रह र “यात्राको वेग: अनुभूतिको संवेग” यात्रा संस्मरण; नेपाल भाषामा लेखिएका दुई पुस्तकहरू ” तक्यङ्गु सुका ” कथा संग्रह र ” रङ्गीचङ्गी स्वान छायपियातगु केब ” लघु उपन्यास, तथा अङ्ग्रेजी भाषामा लेखिएको “Mother Who Named Me Satya” लघु उपन्यास रहेका छन्।

साहित्यकार मोती शोभा श्रेष्ठको सपनाको उडान कथा संग्रहमा ३८ वटा कथा समावेश छन्, जसमा मानव जीवन, मानवीय संवेदना, माया, प्रकृति लगायत विविध समसामयिक विषयवस्तुहरूको चित्रण भेटिन्छन्। भाषागत सरलता र विषयवस्तुको विविधताले यस कथा संग्रहलाई रोचक बनाएको छ। समाजमा दैनिक देखिने घटना र सन्दर्भलाई विषयवस्तु बनाएर लेखिएको यस कथा संग्रहमा पनि लेखकका यसअघिका कृतिहरूमा जस्तै सकारात्मक सोच र सन्देशमूलक कथाहरू भेटिन्छन्।
यात्राको वेग अनुभूतिको संवेगू लेखकको पहिलो यात्रा संस्मरण कृति हो। यस पुस्तकले पाठकलाई संसारका विविध स्थानहरूसँग परिचित गराउनुका साथै पुस्तकमा त्यहाँका वातावरण रहनसहन, ऐतिहासिक महत्व, कला संस्कृति र प्राकृतिक सौन्दर्यका दृष्टान्तहरूको वर्णन भेटिन्छन्। यात्रामा भोगेका तीता मिठा अनुभव र केही अविस्मरणीय घटना र परिवेशको उल्लेखले यस पुस्तकलाई रोमाञ्चक बनाएको छ।

नेपाल भाषामा प्रकाशित दुई पुस्तकहरू लेखकका यसअघि प्रकाशित भइसकेका पुस्तकका अनुवादित कृति हुन्। तीमध्ये तक्यङ्गु सुका कथा सङ्ग्रहमा मानव जीवनका विविध विषय र पक्षहरू उजागर गर्ने ६० वटा कथाहरू समावेश छन्। नेपाल भाषामा लेखिएको लघु उपन्यास  “रङ्गीचङ्गी स्वान छायपियातगु केब” मा  हाम्रो बदलिदो पारिवारिक संरचना, संयुक्त परिवार र अन्तरजातीय मेलमिलापलाई मुख्य विषयवस्तु बनाइएको छ। अङ्ग्रेजी भाषामा प्रकाशित लघु उपन्यास Mother Who Named Me Satya पनि यसअघि नेपाली भाषामा प्रकाशित भइसकेको लेखकको पुस्तकको अनुवादित कृति हो। यस उपन्यासमा समाजमा लुकेर बसेको बाल श्रमको समस्या र बालबालिकाका लागि सही संरक्षणको महत्वका विषयलाई प्रस्तुत गरिएको छ।

२०७८ सालदेखि साहित्यमा कदम राखेकी लेखिका मोती शोभा श्रेष्ठको यस अघि नेपाली भाषामा पाँचवटा लघु उपन्यास र दुईवटा कथा संग्रहहरु प्रकाशित भइसकेका छन्। ती मध्ये चारवटा लघु उपन्यास र एउटा कथा संग्रह नेपाल भाषामा र एउटा लघु उपन्यास अङ्ग्रेजी भाषामा अनुवाद गरी प्रकाशन भइसकेका छन्।
कार्यक्रममा साहित्यकार मोती शोभा श्रेष्ठले नेपाल भाषा र साहित्यमा पुर्‍याउनु भएको योगदानको कदर स्वरूप नेपाल भाषा फाउन्डेसनका तर्फबाट फाउन्डेसनका अध्यक्ष मङ्गलमान शाक्यले उनलाई सम्मान पनि प्रदान गरेका थिए ।

साहित्यकार मोती शोभा श्रेष्ठ लामो समय सरकारी सेवामा कार्यरत रही नेपाल सरकारको श्रम तथा यातायात मन्त्रालयको सहसचिव पदबाट सेवा निवृत्त भएकी थिइन । हाल उनी विभिन्न साहित्यिक संस्थाहरूमा आबद्ध छिन ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

पत्रकारका लागि फेलोसिप र तालिमको अवसर

पत्रकारका लागि फेलोसिप र तालिमको अवसर

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

नेपाल क्यान्सर सम्मेलन सम्पन्न