मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य कार्यक्रम सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छिन् । कोशिश नेपालसँगको सहकार्यमा स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको मानसिक स्वास्थ्यको नीतिगत सवाल र कार्यान्वयन नामक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
कायर्यक्रममा बोल्दै मन्त्री मेहताले मानसिक स्वास्थ्य कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेर हेरेको त्यही अनुसार नीति कार्यक्रम तथा विधेयक ल्याउन लागेको पनि जानकारी दिइन । उनले विपद्का बेला अझ बढी मानसिक स्वास्थ्य सेवा चाहिने हुँदा यो कुरालाई पनि आफूहरुले गम्भीरताकासाथ हेरेको जिकीर गरिन । मन्त्री मेहताले विपद्ब प्रभावित व्यक्तिलाई आवश्यक मानसिक स्वास्थ्य सेवा तथा मनोसामाजिक सहयोग उपलब्ध गराउने विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको समेत बताइन् ।
कोशिश नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले सर्वोच्च अदालतले राष्ट्रिय मानसिक स्वास्थ्य नीति २०५३ परिमार्जन गरी संघदेखि स्थानीय तहसम्म मानसिक स्वास्थ्य हेर्ने छुट्टै संयन्त्र स्थापना गरी सञ्चालन गर्नु भन्ने परमादेश आएको भए पनि यो कार्यान्वयन हुन नसकेको गुनासो गरे । देवकोटाकाले मानसिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नीतिगत सुधारसँगै संस्थागत संरचना निर्माण र तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको भन्दै छुट्टै संयन्त्रको अभावमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन तथा कार्यान्वयनमा समस्या देखिएको जिकीर गरे ।
अहिले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा अन्तर्गत मानसिक स्वास्थ्य सेवाको काम हुँदै आएको छ ।










मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न