Health TV Online
Health TV Online

असुरोको औषधीय गुण

असुरोको औषधीय गुण

हेल्थ टिभी अनलाइन : हिमाल, पहाड र तराई– नेपालको जुनसुकै भूभागमा पाइने वनस्पति हो, असुरो। सर्वसुलभ रूपमा पाइने यो जडिबुटी ज्यादै नै उपयोगी छ। एकपटक उम्रिएपछि यो सितिमिति हराउँदैन। यो जुनसुकै मौसममा सदाबहार हरियो रहिरहन्छ। यसको बिरुवाको उचाइ तीनदेखि नौ फिटसम्म हुन्छ।

औषधीय उपयोग

यसले विशेषगरी श्वासप्रश्वाससम्बन्धी समस्याहरूमा फाइदा गर्छ। यसले श्वासनलीमा जमेर रहेको कफलाई सजिलै बाहिर निकाल्न मद्दत गर्छ। यसले पुरानो खोकी, दम, पिनासजस्ता समस्या समाधान गर्छ। आउँमासी परेका वेलामा मिश्रीसँग मिसााएर खाँदा फाइदा पुग्छ। चिराइतो कुटेर पिपलासँग मिलाई यसको प्रयोग गर्नाले धेरै दिनदेखिको ज्वरोमा फाइदा पुग्छ।

पिसाब पोलेमा, नाक र मुखबाट रगत बगेमा, घाँटी दुखेमा पनि यसको प्रयोग गर्न सकिन्छ। असुरो दाँत र गिजाका समस्यामा पनि यो राम्रो औषधि हो। यसलाई दतिवनका रूपमा पनि प्रयोग गर्न सकिन्छ। औषधिको रूपमा रस, धुलो वा लेदोको रूपमा यसलाई प्रयोग गर्न सकिन्छ। असुरोको पात वा फूलको रस सेवन गर्दा अवस्था र उमेर हेरी १० देखि ४० सम्म प्रयोग गर्न सकिन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।