गर्मीमा ‘लू’ बाट कसरी बच्ने ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : केही दिन यता देशभरका तराई क्षेत्रमा प्रचन्ड गर्मी हुन थालेको छ । योसँगै तराई क्षेत्रमा तातो हावा चल्न समेत सुरु भएको छ , जसलाई लू भनिन्छ । यो बेलाको तातो हावाले विभिन्न स्वास्थ्य समस्याहरुा निम्त्याउने गर्छ । त्यसैले यो तातो हावाबाट जोगिन जरुरी हुन्छ । त्यसका लागि केही उपायहरु अपनाउन सकिन्छ ।
-यो बेला दिउँसो सकेसम्म घरबाट बाहिर ननिस्कने ।
-अत्यावश्यक परेर निस्कनै परेमा अनिवार्य छाताको प्रयोग गर्ने ।
-सिजनल फलफूलको रस तथा पानी प्रसस्त पिउने ।
-आवश्यक परेमा जीवनजल पनि पिउन सकिन्छ ।
-दैनिक चिसो पानीले नुहाउने ।
-खेतबारीमा काम भएमा सकेसम्म बिहान र बेलुका मात्र गर्ने ।
-चिया, कफी, सोडा जस्ता गर्मी गराउने पेय पदार्थ नपिउने ।
-मदिरा सेवन नगर्ने ।
-चिनीको मात्रा बढी भएका पेय पदार्थ बढी नपिउने ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य