पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
हेल्थ टिभी अनलाइन : हेल्थ टिभी अनलाइनको सञ्चालक संस्था आउटरिच मिडिया प्रा लि ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहयोगमा सञ्चालित संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिबृद्धि परियोजना-II (A2J) अन्तर्गत ४ जना मिडिया फेलो छनोट गर्नका लागि आवेदन आह्वान गरेको छ ।
प्रक्रियाबाट छनोट भएका फेलोहरूले अदालतका सेवा र प्रक्रियाबारे सूचना सामग्री निर्माण, सामाजिक सञ्जाल सामग्री विकास तथा सार्वजनिक सञ्चारसम्बन्धी कार्यमा सहयोग गर्दै सर्वोच्च अदालतमा एक महिनासम्म काम गर्ने अवसर प्राप्त गर्नेछन्। साथै प्रत्येक फेलोलाई रु २५ हजार समेत प्रदान गरिनेछ । पत्रकारिता, आमसञ्चार वा अन्य विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका पत्रकारले यही कार्तिक १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसैगरी ३० जना पत्रकारका लागि न्यायिक तथा कानुनी रिपोर्टिङसम्बन्धी आवासीय तालिममा समेत अवसर खुलेको छ । न्यायपालिका, सार्वजनिक मामिला, मानव अधिकारको क्षेत्रमा रिपोर्टिङ गर्ने र रुचि राख्ने पत्रकारले तालिममा सहभागी हुन आवेदन दिनसक्ने छन् । सो तालिम यही कार्तिक १९ र २० गते काठमाडौंमा हुनेछ ।
फेलोसिप र तालिमको अवसर काठमाडौं उपत्यका कार्य क्षेत्र भएका पत्रकारका लागि हो । इच्छुक पत्रकारले [email protected] मा आवेदन दिन सक्नेछन् ।








पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री