बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
हेल्थ टिभी अनलाइन : बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको र बढ्ने क्रम जारी रहेकाले चितवन तथा नवलपरासी आसपासका क्षेत्र उच्च जोखिममा रहेको भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले सूचना जारी गर्दै यी क्षेत्रहरु अति जोखिममा रहेकाले उच्च स्थानमा जान स्थानीयलाई आग्रह गरेको छ भने मुग्लिङसम्म उच्च जोखिम देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यसैगरी नदी किनारमा बस्ती भएकाहरुलाई अझ बढी सतर्क रहन आग्रह गरिएको छ ।
आज बिहान एक्कासी गोरखाको बुढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरोका कारण बहाव थुनिंदा लेदोसहितको आकस्मिक बाढी आएको थियो ।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती