बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
हेल्थ टिभी अनलाइन : बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको र बढ्ने क्रम जारी रहेकाले चितवन तथा नवलपरासी आसपासका क्षेत्र उच्च जोखिममा रहेको भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले सूचना जारी गर्दै यी क्षेत्रहरु अति जोखिममा रहेकाले उच्च स्थानमा जान स्थानीयलाई आग्रह गरेको छ भने मुग्लिङसम्म उच्च जोखिम देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यसैगरी नदी किनारमा बस्ती भएकाहरुलाई अझ बढी सतर्क रहन आग्रह गरिएको छ ।
आज बिहान एक्कासी गोरखाको बुढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरोका कारण बहाव थुनिंदा लेदोसहितको आकस्मिक बाढी आएको थियो ।







बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो
पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी