फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
हेल्थ टिभी अनलाइन : सोमबार बिहान फेसबुकमा सुसाइड नोट ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा केशव श्रेष्ठ सकुशल भेटिएका छन् ।
उनलाई प्रहरीले खोजी गर्दै जाँदा बालाजुमा भेटेको हो । डा श्रेष्ठ अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । आफूमाथि अन्याय गरिएको भन्दै उनले फेसबुकमा गुनासो व्यक्त गरेका छन् ।
२ वर्षअघि रामेछाप अस्पतालमा सरुवा भएर गएका श्रेष्ठले १८ महिनादेखि अस्पतालको निमित्त प्रमुख भएर काम गरिरहेका थिए । बागमती प्रदेशको लोकसेवा आयोगबाट नाम निकालेर रामेछाप पुगेका उनले १८ महिनामा अस्पताललाई स्तरोन्नति गरेको भए पनि राजनीतिक हस्तक्षेप र कर्मचारीको असहयोगले आफूलाई पीडा भएकाे उनले उल्लेख गर्दै अब सहन नसक्ने बताएका थिए । उनले अस्पतालमा भइरहेको सबै गतिविधि स्वास्थ्य मन्त्रालयलाई जानकारी गराए पनि आफूलाई नै अन्याय गरेको पनि उल्लेख गरेका छन् ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड