औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मुखमा कालोपट्टी बाँधेर विभागमा धर्ना
हेल्थ टिभी अनलाइन : औषधिको मूल्य नीति सम्वन्धी प्रतिवेदनको चर्को विरोध गर्दै १० वटा संस्थाहरुले मुखमा कालोपट्टी बाँधेर औषधि व्यवस्था विभागको कार्यालयमा धर्ना दिएका छन् ।
औषधिको मूल्य नीति सुझाव समितिले गत २७ जेठमा स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई बुझाएको प्रतिवेदन प्रति असन्तुष्टी जनाउदै औषधिसँग सिधै सरोकार राख्ने १० वटा व्यवसायिक संघ संस्थाहरुले मुखमा कालोपट्टी बाँधेर दुई घण्टा विभागमा धर्ना दिएका हुन् ।
व्यवसायीहरुले प्रतिवेदन खारेज वा परिमार्जनको माग गर्दै आएका थिए । तर सरकारको तर्फबाट कुनै सुनुवाइ नभएपछि शुक्रबार उनीहरू औषधि व्यवस्था विभागको परिसरमा जम्मा भई विरोधमा उत्रिएका हुन् । विरोधको पहिलो दिन उनीहरुले मुखमा कालोपट्टी बाँधेर मौन धर्ना दिएका छन् ।
औषधि उत्पादक संघ, नेपाल आयातकर्ता संघ, औषधि व्यवसायी संघ लगायतका १० वटा संस्थाले संयुक्त रूपमा आन्दोलन थालेका हुन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण