Health TV Online
Health TV Online
Health TV Online

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

हेल्थ टिभी अनलाइन : डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुटेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। यो लामखुटेले सफा पानी जमेका ससाना स्थानमा फूल पार्छ।

खासगरी वर्षाको पानी जम्ने टिनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रा वा पुराना टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फूलदानी, गमला, कुलर, पानीका ट्याङ्की आदिमा यसले फूल पार्छ। वर्षातको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको पाइन्छ।

मुख्य लक्षण

एक्कासी उच्च ज्यारो आउनु, यो ज्वरो ५्७ दिनसम्म रहन सक्छ। साथै निम्न लक्षणहरू पनि देखिन्छ–

आँखाको गेडी तथा टाउकोको पछिलौ भाग धेरै दुख्ने,

शरीर कटकटी दुख्ने,

शरीरमा बिमिरा आउने र रक्तस्राव हुने,

जोर्नी, हड्डी तथा मांसपेशीहरू दुख्ने।

उच्च ज्वरो सँगै माथिका लक्षणमध्ये दुई वा दुईभन्दा बढी लक्षणहरू देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ।

यसका साथसाथै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत रहेको चक्का देखापर्ने र बेहोश हुने आदि लक्षण पनि देखा पर्न सक्छ।

उपचार

डेंगु ज्वरो विषालु का कारणबाट हुने भएकोले खास उपचार छैन। स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गरिन्छ। डेंगु ज्वरोबाट हुन सक्ने जटिलता बचाउन स्वास्थ्य जाँच र उपचारको लागि तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।

बच्ने उपाय

डेंगु ज्वरोबाट बच्न लामखुटेको टोकाइबाट बच्नु पर्छ।

आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, पुराना टायर आदिमा जम्न नदिने उपाय गर्नुपर्छ।

पानी जमिहालेको खण्डमा हप्तामा दुई पटक वरिपरी मोबिल वा मट्टितेल छर्किने र खानेपानीका ट्याङ्कीमा लामखुटे प्रवेश गदिने गरी ढाकेर राख्नुपर्छ।

पानी ट्याङ्कीलाई हरेक हप्ता खाली गरी सफा गर्नुपर्छ।

कुलरमा रहको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मटितेल हाल्ने गर्नुपर्छ र ५्५ दिनमा कुलरमा जम्मा भएको पानी सफा गर्नुपर्छ।

गमलाको पानी पनि हप्तामा दुई पटक सुक्न दिनुपर्छ। सुकाउन सम्भव नभए दुई चम्चा डढेको मोबिल वा मट्टितेल हालिदिनु पर्छ। त्यस्तै भाँडाहरू पानी जम्न नदिन घोप्ट्याएर राख्नु पर्छ।

लामखुटेको टोकाइबाट बच्न पूरा बाहुला भएको शरीर ढाक्ने लुगा लगाउनु पर्छ।

डेंगु ज्वरोविरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुटेका टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने मुख्य उपाय हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।