ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
हेल्थ टिभी अनलाइन : मसला र औषधिका रूपमा ल्वाङको प्रयोग धेरै अघिदेखि हुँदै आएको छ। ल्वाङमा धेरै औषधीय गुण छन्। यसले सानातिना स्वास्थ्य समस्यामा लाभ पुर्याउँछ।
–मुखमा घाउ भएको भने दुईतीनटा ल्वाङ हल्का भुटेर मुखमा राख्ने र चुस्ने। ८–१० गोटा ल्वाङ पिसेर नरिवल तेलमा मिसाउने र मसाज गर्ने गर्दा टाउको दुखाइबाट राहत पाउन सकिन्छ।
–एक लिटर पानीमा ८–१० गोटा ल्वाङका राखेर पानी उमाल्ने। पानी मनतातो भइसकेपछि पिउँदा रुघा र ज्वरो आएको मानिसलाई फाइदा पुर्याउँछ।
– पेटमा जुका परेको छ भने ३–४ गोटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाउने र केही दिनसम्म खाने गर्नाले राहत पाउन सकिन्छ।
–एक कप उमलिएको पानीमा दुइटा ल्वाङ पिसेर हाल्ने, पानी चिसो भएपछि पिउने गर्दा पेटमा ग्यासको समस्याबाट राहत मिल्छ।
–गर्धन दुखेको समस्यामा तोरीको तेलमा केही वटा ल्वाङका पिसेर मिसाउने र गर्धनका मसाज गर्दा दुखाइ अन्त्य हुन्छ।
–दाँत दुखेमा दुई तीनवटा ल्वाङ पिसेर एक चम्चा कागतीको रसमा मिसाउने र यो मिश्रण दाँतमा घस्ने गर्दा राहत पाइन्छ।
–दुई तीनवटा ल्वाङसँग एउटा सुकुमेल चपाउने गर्दा सास गन्हाउने समस्याबाट मुक्ति पाइन्छ ।





ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग