गर्मीमा नरिवल पानी पिउनुका फाइदा
हेल्थ टिभी अनलाइन : गर्मीमा शीतलताका लागि विभिन्न प्यास बढेर मानिसहरू तरल पदार्थ पिउँछन्। बजारका क्रृत्रिमभन्दा प्राकृतिक रूपमा बनेका पेय पदार्थ पिउनु फाइदाजनक हुन्छ। नरिवल पानी पिउँदा गर्मीबाट बचाउँछ र स्वास्थ्य पनि राम्रो बनाउँछ। गर्मीमा छाला डढ्ने समस्या समाधान गर्छ।
पानीको कमी
गर्मीमा शरीरबाट पानी कम हुन्छ। तर नरिवल पानी पिउँदा शरीरले प्राकृतिक रूपमा पानी प्राप्त गर्छ।
छालाको समस्या
गर्मीमा छालासम्बन्धी समस्या हुन्छ जसलाई कम गर्नका लागि नरिवल पानी लाभदायक हुन्छ। यो पिउँदा शरीरमा भएका विषाक्त तत्त्वहरू हट्छन्। छालासम्बन्धी समस्या समाधान हुन्छन्।
टाउको दुखेको
गर्मीमा शरीरबाट ऊर्जास्तर घट्छ र रोगप्रतिरोधक क्षमता पनि कम हुन्छ। नरिवल पानी पिउँदा शरीर ठण्डा हुन्छ र ‘इलेक्ट्रोलाइट्स’ पनि पुग्छ।
तौल घटाउन
मोटोपन भएका मानिसहरूका लागि पनि नरिवल पानी फादायक हुन्छ। यसमा ‘लो फ्याट’ हुन्छ जसले भोक प्यासलाई कम राख्छ र शरीरलाई आवश्यकताअनुसार पोषक तत्त्व दिन्छ।
उच्च रक्तचाप
गर्मीमा धेरै मानिसमा उच्च रक्तचापको समस्या हुन्छ। त्यस्ताले नरिवल पानी पिउनु ठीक हुन्छ। त्यसमा भिटामिन सी, पोटासियम र म्याग्नेसियम हुन्छ र रक्तचाप नियन्त्रणमा रहन्छ।
स्टामिना
गर्मीमा प्रायः दिमागले काम गर्न सक्दैन र सहनशक्ति घट्छ। दिनदिनै नरिवल पानी पिउँदा भने ‘स्टामिना’ बढ्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य