बहुगुणकारी बदाम : नियमित खाँदा यस्तो हुन्छ फाइदा
हेल्थ टिभी अनलाइन : बदाम अर्थात मुम्फली हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक छ । सँधै बदाम खानुका धेरै फाइदा छन्। बदाम वानस्पतिक प्रोटिनको भरपुर स्रोत पनि हो। बदाममा दूध र अण्डाको तुलनामा धेरै प्रोटिन हुन्छ। यसमा आइरन, नियासिन, फोलेट, क्यालसियम, र जिङ्क भरपुर मात्रामा पाइन्छन्। बदाममा भिटामिन ‘ई’, भिटामिन ‘के’ र भिटामिन ‘बी ६’ पाइन्छ। यी तत्त्वहरूको फाइदा लिन प्रत्येक दिन रातो पत्रसहितको बदाम कम्तीमा २० दाना खानुपर्ने बताइन्छ।
बदामका फाइदाहरू–
बदामको प्रयोगले छाला र हड्डीलाई पनि फाइदा पुर्याउँछ।
प्रत्येक दिन केही बदाम खानाले महिला र पुरुषको हर्मोनहरू सन्तुलनमा रहन्छन्।
बदामले पेटसम्बन्धी समस्या निको पार्न सहयोग गर्छ । यसको नियमित प्रयोगले ग्यास र एसिडिटीको समस्याबाट पनि मुक्ति पाउन सकिन्छ।
यसको नियमित प्रयोगले भोक नलाग्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ। यसका साथै फोक्सोलाई पनि मजबुत बनाउँछ।
बदामको प्रयोगले कोलेस्ट्रोल नियन्त्रण गर्न पनि मद्दत गर्छ। बदामको नियमित सेवनले मुटुको रोगहरूबाट पनि टाढा रहन सकिन्छ।
गर्भवती महिलाहरूलाई पनि यसले फाइदा पुर्याउँछ। यसले गर्भमा रहेको शिशुको विकासमा पनि मद्दत गर्ने विज्ञहरु बताउँछन् ।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार