Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यसकारण खानुपर्छ टुसाएका गेडागुडी

यसकारण खानुपर्छ टुसाएका गेडागुडी

हेल्थ टिभी अनलाइन : मास, सिमी, चना, केराउ, मुगी, राज्मा, भटमास आदि गेडागुडीमा अत्यधिक मात्रामा प्रोटिन र फाइबर पाइन्छ। त्यसैले यसलाई मासुको विकल्पमा पनि प्रयोग गर्न सकिन्छ । गेडागुडीलाई टुसा उमारेर खानु धेरै उत्तम।

गेडागुडीमा मासुमा भन्दा पनि बढी अत्यधिक मात्रामा प्रोटिन हुन्छ तर, यसमा भएका सबै प्रोटिन शरीरले सोस्न सक्दैन । टुसाएको गेडागुडी प्रयोग गर्दा शरीरले यसमा भएका सबै प्रोटिनलाई सोस्न सक्छ ।

गेडागुडी टुसाउँदा यसमा प्रोटिन र फाइबरको मात्रा बढेर जान्छ । मिनरल र भिटामिन पनि बढ्छ। नभिजाएको गेडागुडी प्रयोग गर्दा आइरन, जिंक, म्याग्नेसियम, क्याल्सियमलगायतका एन्टिन्युट्रिसन तत्त्वलाई यसले सोस्न दिँदैन ।

भिजाएर वा टुसा उमार्दा त्यसरी शरीरलाई सोस्न नदिने तत्व पानीमा घुलेर जान्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।