Health TV Online
Health TV Online
Health TV Online

रक्तचाप ट्रयाकिङ : उच्च रक्तचापलाई समयमै नियन्त्रण गरी स्वास्थ्य सुरक्षामा योगदान

रक्तचाप ट्रयाकिङ : उच्च रक्तचापलाई समयमै नियन्त्रण गरी स्वास्थ्य सुरक्षामा योगदान

डा पार्थ गुरागाईं

रक्तचाप ट्रयाकिङ भनेको मानिसको रक्तचापको नियमित रूपमा मापन र निगरानी गर्नु हो। यस प्रक्रियाले शरीरमा हुने रक्तचापका उतारचढावलाई समयमै पत्ता लगाउन र स्वास्थ्य समस्याहरूको जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। जस व्यक्तिहरूको रक्तचाप सामान्यभन्दा अलि बढी हुने गर्दछ, तिनीहरूलाई भविष्यमा उच्च रक्तचाप (हाइपरटेन्सन) हुने सम्भावना बढी हुन्छ। यस्तो व्यक्तिहरूलाई ध्यान दिएर रक्तचाप ट्रयाकिङ गरेमा उनीहरूको स्वास्थ्यलाई दीर्घकालसम्म राम्रो राख्न मद्दत पुग्छ।

रक्तचाप ट्रयाकिङ किन महत्त्वपूर्ण छ ?
रक्तचापलाई साइलन्ट किलर भनिन्छ, किनभने यसको सुरुवाती चरणमा कुनै स्पष्ट लक्षण हुँदैन। नेपालमा उच्च रक्तचापका कारण मुटु रोग, मस्तिष्काघात, मिर्गौलाका समस्या, र अन्य जटिलताहरू बढ्दो अवस्थामा छन्। नियमित रक्तचाप ट्र्याकिङले यी समस्याहरूलाई रोक्न निम्न कारणले महत्त्वपूर्ण भूमिका खेल्छः
१. समयमै पत्ता लगाउन सहयोगी रक्तचाप बढ्न सुरु भए पनि सुरुवाती चरणमा थाहा नहुन सक्छ। ट्र्याकिङले यो प्रारम्भिक अवस्थामा नै पत्ता लगाउँछ।
२. सम्भावित जोखिमयुक्त समूह पहिचान गर्न मद्दतस् ती व्यक्तिहरू, जसको रक्तचाप सामान्यभन्दा बढी , भविष्यमा उच्च रक्तचापको जोखिममा हुन्छन्। ट्र्याकिङले यस समूहलाई लक्षित गरी समयमै रोकथामका उपायहरू लागू गर्न मद्दत पुर्‍याउँछ।
३. समयमै उपचार सुरु गर्न सजिलो प्रारम्भिक अवस्थामा रोगको निदान हुँदा औषधि, खानपान सुधार, र जीवनशैली परिमार्जनद्वारा नियन्त्रण गर्न सकिन्छ।
४. गम्भीर परिणामबाट जोगाउने रक्तचापको सही व्यवस्थापनले मस्तिष्काघात, मुटुको धड्कन अनियमितता, र अन्य जटिल समस्याबाट बच्न मद्दत गर्छ।

रक्तचाप ट्र्याकिङले समयमै रोग पत्ता लगाउन कसरी मद्दत गर्छ ?
रक्तचाप ट्र्याकिङ गर्दा व्यक्तिको रक्तचापको नियमित तथ्याङ्क राखिन्छ। यसले सामान्य स्तरभन्दा उच्च भएको अवस्थामा छिट्टै चिकित्सकलाई जानकारी दिन्छ।
१. उच्च रक्तचापतर्फ उन्मुख समूह पहिचान :  ट्र्याकिङका क्रममा ती व्यक्तिहरू, जसको रक्तचाप सामान्यभन्दा उच्च छ उनीहरूले विशेष ध्यान दिनुपर्छ।
२. समयमै सचेतना : उच्च रक्तचापको पूर्वचरण  प्रि -हाइपरटेन्सन भएका व्यक्तिहरूले आफ्नो स्वास्थ्य सुधार गर्न उपायहरू सुरु गर्न सक्छन्।
३. नियमित तथ्याङ्कबाट चिकित्सकीय परामर्श सजिलो : ट्र्याकिङले व्यक्तिलाई आफ्नो स्वास्थ्यस्थितिको सही जानकारी दिने भएकाले रोग नियन्त्रणमा प्रभावकारी हुन्छ।

उच्च रक्तचापतर्फ उन्मुख मानिसहरूलाई ट्रयाकिङले कसरी सहयोग गर्छ ?
१. जोखिम समूह लक्षित निगरानी :  प्रि -हाइपरटेन्सन भएका व्यक्तिहरूलाई विशेष निगरानी गरेर, उनीहरूको स्वास्थ्य अवस्था बिग्रिन नदिन सहयोग गर्न सकिन्छ।
२. नियमित स्वास्थ्य परीक्षण : जोखिम समूहले नियमित रक्तचाप मापन गरेमा समयमै चिकित्सकीय परामर्श प्राप्त गर्न सक्छ।
३. जीवनशैली सुधार :  खानपान, नुनको मात्रा नियन्त्रण, व्यायाम, र तनाव व्यवस्थापनमा ध्यान दिएर भविष्यमा उच्च रक्तचाप हुनबाट बच्न सकिन्छ।
४. औषधिको प्रभावकारिता अनुगमन :  यदि औषधि आवश्यक छ भने, रक्तचाप ट्र्याकिङले औषधिको प्रभावकारिता थाहा पाउन मद्दत गर्दछ।

नेपाल सरकारका लागि सुझाव
नेपाल सरकारले आफ्नो स्वास्थ्य संरचनामार्फत रक्तचाप ट्रयाकिङलाई प्रभावकारी बनाउन निम्न उपायहरू अवलम्बन गर्न सक्छः
१. स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरणको व्यवस्था : प्रत्येक स्वास्थ्य संस्थामा डिजिटल रक्तचाप मापन यन्त्र उपलब्ध गराइनुपर्छ।
२. जोखिम समूह पहिचानका लागि विशेष कार्यक्रम:  प्रि हाइपरटेन्सन भएका व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको नियमित रक्तचाप ट्रयाकिङ गर्न विशेष कार्यक्रम लागू गर्नुपर्छ।
३. फिल्ड स्वास्थ्यकर्मीलाई तालिम :  स्वास्थ्य स्वयंसेविका र रक्तचाप मापन र डाटाबेस राख्न तालिम दिनुपर्छ।
४. डिजिटल डाटाबेस प्रणाली :  समुदायस्तरमा सङ्कलित डेटा एकत्रित गरी डिजिटल प्रणालीमा भण्डारण गरिनुपर्छ।
छ।

५. सचेतना अभियान:  टेलिभिजन, रेडियो, र सामाजिक सञ्जालमार्फत रक्तचाप ट्र्याकिङको महत्त्वबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ।
५ नियमित स्वास्थ्य शिविरहरू:  मोबाइल स्वास्थ्य शिविरमार्फत ग्रामीण क्षेत्रमा पुगेर रक्तचाप मापन गर्न सकिन्छ।
निष्कर्ष
रक्तचाप ट्रयाकिङले उच्च रक्तचापको प्रारम्भिक निदान गर्न, उपचार सुरु गर्न, र जटिलताबाट बच्न महत्त्वपूर्ण भूमिका खेल्छ। विशेषगरी ती व्यक्तिहरू, जसको रक्तचाप सामान्यभन्दा माथि छ, समयमै ध्यान दिनु आवश्यक छ। नेपाल सरकारको स्वास्थ्य सेवामार्फत जोखिमयुक्त समूहलाई लक्षित गर्दै रक्तचाप ट्र्याकिङ अभियान सञ्चालन गरेमा लाखौं नेपालीको जीवनस्तर सुधार गर्न सकिन्छ। रक्तचापलाई समयमै नियन्त्रणमा राख्न र स्वास्थ्यलाई सुरक्षित बनाउन अबको कदम रक्तचाप ट्रयाकिङलाई प्राथमिकतामा राख्नु हो।

डा गुरागाईं बिराट मेडिकल कलेजकाे सामुदायिक चिकित्सा विभागमा कार्यरत छन्। 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?