Health TV Online
Health TV Online
Health TV Online

मधुमेहका बिरामीले चाडबाडमा कसरी मिलाउने खानेकुराको सन्तुलन ?

मधुमेहका बिरामीले चाडबाडमा कसरी मिलाउने खानेकुराको सन्तुलन ?

डा सुकान्ति शाह, मधुमेह रोग विशेषज्ञ

केही रोग वा स्वास्थ्य समस्या नभएका व्यक्तिलाई पनि चाडबाडमा अन्य समयभन्दा खानपान मिलाउन निकै गाह्रो पर्छ । अझ दीर्घरोगीलाई त झनै यसको मात्रा र खानाकै तालमेल मिलान निकै गाह्रो पर्छ । तर यसको सन्तुलन मिलाउनुको अर्को विकल्प पनि हुँदैन । कुरा गरौं मधुमेह भएका व्यक्तिले दशैं तिहार जस्ता चाड मनाउँदा कसरी मिलाउने, के कुरामा ध्यान दिने ?

खासगरी मधुमेह यस्तो रोग हो जुन एकपटक लागिसकेपछि पूर्ण रुपमा निको बनाउन सकिंदैन । अर्को कुरा यो रोग खानेकुरा र जीवनशैलीसँग सिधै सम्बिन्धत छ । खानेकुरामा तलमाथि भयो भने यसले निकै दुख दिन्छ । त्यसैले दशैं तिहारजस्ता चाडबाडमा यसले केही गर्दैन भनेर खानपानमा लापरबाही गर्ने छुट मधुमेहका बिरामीलाई हुँदैन ।

विशेषगरी माछामासु खानेहरूले दशैंमा मासुको मात्रा र कस्तो मासु खाने भन्ने हेक्का राख्नैपर्छ । दशैं भनेकै खसी, बोका मार हान्ने र टन्न मासु खाने चाडको रूपमा लिइन्छ । यसको अर्थ मधुमेहका बिरामीले मासु खान नै हुँदैन भन्ने होइन। तर थोरै मात्रा थोरै मसला, थोरै तेल राखेर बनाएको मासु थोरै मात्रामा खान मिल्छ । धेरै बोसो भएको र मसला चिल्लो धेरै भएको मासु चाहिं नखाएको राम्रो ।

मासु खान मन लाग्छ भने ताजा र स्वस्थ मासु राम्ररी पकाएर थोरै खान हुन्छ । तर धेरै परिमाणमा र एकैपटक प्रशस्त मसला हालेर खाँदा यसले ‘सुगर लेभल’ मात्रै होइन ‘कोलेस्टरोल’ समेत बढाउँछ। त्यसैले मसला कम हालेको थोरै मात्रा मिलाएर खाने सुझाव दिइन्छ। मासु खाँदा योसँगै प्रशस्त मात्रामा हरियो सागसब्जी, फलफूल, सलाद खान जरुरी हुन्छ । चाडबाडमा मासुसँगै आउने अर्को खानेकुरा हो । कोक, फेन्टा, गुलिया जुस । यी गलिया प्याकेटमा राखिएका जुस स्वस्थ व्यक्तिले पनि नखाएको राम्रो हो । यसले मधुमेहीलाई मात्र होइन सबैलाई हानी गर्छ । यसको सट्टा कागती पानी, सर्वत तथा मही दही खान सकिन्छ । यसैगरी चाडबाडका बेला साथीभाई जम्मा हुने र रमाइलोको लागि मद्यपान गर्ने प्रचलन धेरै नै हुन्छ ।

यदि तपाइँ मधुेमेही हो भने अल्कोहल सकेसम्म नलिएको राम्रो । यसले सुगर लेबल बढाएर धेरै नै हानी गर्नसक्छ । तर तपाइँ मधुमेही हैन र अन्य रोग छैन भने लिमिट मात्रामा रमाइलोका लागि मात्र लिन सक्नुहुन्छ । तर थोरै परिमाणमा मात्र । तर यदि कसैले लिमिटमा राख्न सक्दैन भने यसलाई सेवन नगर्दा नै वेश हुन्छ । योसँगै लामो समयसम्म भोको बस्ने काम पनि गर्न भएन । अन्यथा सुगर लो हुनसक्छ ।

चाडबाडका बेला धेरै प्रयोग हुने मिठाईमा मधुेमह भएकाले मन नडुलाएकै राम्रो । खानै मन भए थोरै एक टुक्रा, आधा टुक्रा मात्र लिन सकिन्छ तर नलिंदा झनै राम्रो । यसको सट्टा ड्राइफ्रुट्स, डेट्स आदि खान सकिन्छ । आफनो नियमित खाइरहने औषधि पनि खान छोड्न भएन । यसरी कुनै पनि कुरा एक दुई टुक्रा खाँदैमा बिग्री हाल्ने होइन तर सबैको मात्रा मिलाएर रमाइलो गर्दै चाडबाड मनाउन सकिन्छ ।

(डा शाह आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छिन्।)

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?