भारतको हिमाचलमा एकै विद्यालयका २३ विद्यार्थीमा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन : भारतको हिमाचल प्रदेशमा एकै विद्यालयका २३ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हिमाचल प्रदेशको बिलासपुरस्थित राजकीय हाई स्कूलका २३ जना विद्यार्थीमा कोरोना पुष्टि भएको हो । केही विद्यार्थीलाई रुघाखोकी र ज्वरो आउन थालेपछि ११७ जनाको नमुना परीक्षण गरिएकोमा २३ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको बताइएको छ ।
विद्यालयमा कोरोना पुष्टि भएपछि १४ दिनका लागि विद्यालय बन्द गरिएको र सम्पर्कमा आएका अन्यलाई आइसोलेट हुन आग्रह गरिएको पनि जनाइएको छ ।
पछिल्लो समय भारतमा ओमिक्रोनका संक्रमित पनि तीब्र रुपमा बढिरहेका छन्।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान