भारतको हिमाचलमा एकै विद्यालयका २३ विद्यार्थीमा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन : भारतको हिमाचल प्रदेशमा एकै विद्यालयका २३ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हिमाचल प्रदेशको बिलासपुरस्थित राजकीय हाई स्कूलका २३ जना विद्यार्थीमा कोरोना पुष्टि भएको हो । केही विद्यार्थीलाई रुघाखोकी र ज्वरो आउन थालेपछि ११७ जनाको नमुना परीक्षण गरिएकोमा २३ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको बताइएको छ ।
विद्यालयमा कोरोना पुष्टि भएपछि १४ दिनका लागि विद्यालय बन्द गरिएको र सम्पर्कमा आएका अन्यलाई आइसोलेट हुन आग्रह गरिएको पनि जनाइएको छ ।
पछिल्लो समय भारतमा ओमिक्रोनका संक्रमित पनि तीब्र रुपमा बढिरहेका छन्।





औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड
डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक