Health TV Online
Health TV Online

ब्रेनको जटिल शल्यक्रिया तर बिरामी भने मादल बजाउँदै…(भिडियोसहित)

नेपालमै पहिलोपटक भएको 'टास्क स्पेसेफिक डिस्टोनिया' सर्जरी

ब्रेनको जटिल शल्यक्रिया तर बिरामी भने मादल बजाउँदै…(भिडियोसहित)

हामी सबैले सामान्यतया मादल बजाएको सुनेका छौँ, देखेका छौँ र कतिपयले मादल बजाएका पनि छौँ होला । तर एक जना बिरामीले ‘अपरेसन थियटर’ मा आफनो शल्यक्रिया भइरहेको बेला मादल बजाएको भने शायदै देखेका छौँ । काठमाडौंको माइतीघरमा रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा भएको एउटा अनौँठो र जटिल शल्यक्रियाका बखत एक जना बिरामीले शल्यक्रियाकै क्रममा मादल बजाइरहेका थिए ।

नेपालका चर्चित वाद्यवादक एवं लोक गायक खड्ग बुढाले व्यावसायिक रुपमा मादल बजाउन थालेकै ३२ वर्ष भन्दा बढी भइसकेको छ । उनी राष्ट्रिय नाचघरका संगीत प्रबन्धक पनि हुन्। नेपालमा असाध्यै धेरै चलेका गित सा कर्णाली, तालको पानी माछीले खानी, गलबन्दी च्यातियो, सालको पात टपरी हुनी लगायतका हजारौं गितमा वाद्यवादन दिएका छन् खड्ग बुढाले । हजारौँ फिल्ममा उनले मादल तबला, डम्फु,ढोलक लगायतका बाजा बजाएको बताउँछन्। जुन दर्शक र श्रोताबाट अत्यन्त रुचाइएकोमा पर्छ ।

तर अचानक केही महिना अघिदेखि उनकोे दाहिने हातमा केही समस्या देखियो । मादल बजाउँदा सुर नमिलेको जस्तो हुने, हात गल्ने, ताल बिग्रदै जान थाल्यो । उमेरसँगै आएको समस्या होला भनेर उनले केही दिन थेरापी पनि गरे । तर त्यसो गर्दा पनि ठिक नभएपछि वरिष्ठ न्यूरो सर्जन डा बसन्त पन्तकोमा पुगे अनि रोग पत्ता लाग्यो नशासम्बन्धी ‘टास्क स्पेसेफिक डिस्टोनिया ।’ एक प्रकारको नशा रोग । डा पन्तका अनुसार जसले एउटै काम वर्षौसम्म दोहोराइरहन्छ त्यस्ता व्यतिलाई यो समस्या हुने सम्भावना बढी हुनेगर्छ । बढी जसो म्युजिसियन, बार्बर, लेखक आदीलाई यो समस्या हुने उनको भनाई छ।

अचम्म त डाक्टरहरुले सर्जरीको क्रममा उनको मादल बजाउने क्षमता जाँच गर्नको लागि मादलकै सहायता लिएका थिए । डाक्टरको टिमले शल्यक्रिया गरिरहँदा बिरामी भने मादल बजाउँदै कुरा गरिहेका थिए । हुनत नेपालमा डिस्टोनियाको शल्यक्रिया यसअघि पनि भएको बताउँछन् डा पन्त । तर उनका अनुसार टास्क स्पेसेफिक डिस्टोनियाको शल्यक्रिया भने नेपालमै पहिलोपटक भएको हो । खड्ग बुढाको शल्यक्रियामा संलग्न अर्का न्यूरो सर्जन डा रेसा श्रेष्ठले बिरामीलाई बेहोस नै नपारेर मादल बजाउने समस्या कहाँनेर छ भन्ने हेर्दै, सोध्दै शल्यक्रिया गरेको बताइन्।

खड्ग बुढाले पनि वर्षौ सम्म मादल बजाइरहँदा उनको दाहिने हातको नशामा समस्या भएको डा पन्तको भनाई छ । रोग पत्ता लागेपछि उनको समस्या समाधान गर्न डाक्टरको टिमले उनको ब्रेनको सर्जरी गर्ने निर्णय गर्यो त्यो पनि बेहोस नै नपारेर । त्यसो त यो शल्यक्रिया आफैमा जटिल शल्यक्रिया भित्र पर्छ । विकसित देशहरुमा पनि यस्तो शल्यक्रिया कमै मात्र भएको पाइन्छ ।

अचम्म त डाक्टरहरुले सर्जरीको क्रममा उनको मादल बजाउने क्षमता जाँच गर्नको लागि मादलकै सहायता लिएका थिए । डाक्टरको टिमले शल्यक्रिया गरिरहँदा बिरामी भने मादल बजाउँदै कुरा गरिहेका थिए । हुनत नेपालमा डिस्टोनियाको शल्यक्रिया यसअघि पनि भएको बताउँछन् डा पन्त । तर उनका अनुसार टास्क स्पेसेफिक डिस्टोनियाको शल्यक्रिया भने नेपालमै पहिलोपटक भएको हो ।बुढाको शल्यक्रियामा संलग्न अर्का न्यूरो सर्जन डा रेसा श्रेष्ठले बिरामीलाई बेहोस नै नपारेर मादल बजाउने समस्या कहाँनेर छ भन्ने हेर्दै शल्यक्रिया गरेको बताइन्।

झण्डै डेढ घण्टा लागेको शल्यक्रियामा बिरामीले आफनो सहजता भए नभएको तुरुन्त शल्यक्रिया कक्षमै भने र त्यहीं शल्यक्रियामै उनको समस्या समाधान भयो । खड्ग बुढाको शल्यक्रियामा पनि त्यही भयो डाक्टरले तपाइँलाई मादल बजाउन सजिलो भएको छ की छैन भन्दै शल्यक्रिया कक्षमा सोधिरहेको देखिन्थे । जहाँ उनले सजिलो छ भने त्यहीं उनको ब्रेनमा स्टिमुलेट गरी मिलाइयो । जसका कारण शल्यक्रिया टेबलमै उनको समस्या समाधान भयो ।

शल्यक्रिया पश्चात वर्षौदेखि आफूले गर्दै आएको मादल बजाउने काममा असर पर्छ की भनेर चिन्तित बनेका खड्ग बुढा अहिले भने दंग परेका छन्।

भिडियो हेर्नुहोस्: 

थप समाचार