Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नर्स मुना र उमाको गज्जबको दोस्ती, ३६ वर्षदेखि पढाई र जागिरमा सँगसँगै

सँगै पढेका साथी एक जना क्याम्पस चिफ अर्की सहायक क्याम्पस चिफ

नर्स मुना र उमाको गज्जबको दोस्ती, ३६ वर्षदेखि पढाई र जागिरमा सँगसँगै

 हेल्थ टिभी अनलाइन : प्राध्यापक मुना राना थापा अहिले महाराजगंज नर्सिङ क्याम्पसकी क्याम्पस चिफ हुन्। उनी एक वर्ष अघि क्याम्पस चिफका रुपमा नियुक्त भएकी हुन्। उनी नियुक्त भएको ४ महिनापछि एशोसियट प्रोफेसर उमा देवी रंजितकार सहायक क्याम्पस चिफका रुपमा नियुक्त भइन् । यो मुना र उमा दुबैका लागि अत्यन्त सुखद संयोग थियो । जसले नर्स बन्ने सपना बुन्नेदेखि एउटै कक्षामा सँगै पढाई सुरु गरे उनीहरु नै आज आफैले पढेको क्याम्पसमा एक जना क्याम्पस चिफ र अर्को सहायक क्याम्पस चिफ बन्न सफल भएका छन्। उनीहरुका लागि यो भन्दा सुखद संयोग अर्को के होला ?

यी त उनीहरुका अहिलेका ताजा कुरा भए । अब सुरु गरौं । ३६ वर्ष अघिदेखिको उनीहरुको दोस्ती । कुरा विस २०४२ सालको हो । पर्वतकी मुना राना थापा एसएलसी पास गरेपछि नर्स बन्ने सपनासहित काठमाडौं आइन । दाइको सहयोगमा उनले तत्कालिन महाबौद्ध नर्सिङ स्कूलमा पीसीएलमा भर्ना भईन । त्यही ब्याचमा काठमाडौंकी उमादेवी रंजितकार पनि भर्ना भएकी थिइन । उनीहरु पढ्ने क्रममा एक आपसमा निकै घुलमिल भए । कलेजका सुरुवाती दिनमा हाइ हेल्लोमै सीमित भएको मित्रता कसरी छिट्टै यति प्रगाढ बन्न पुग्यो दुवैले शब्दमा ब्याख्या गर्न सक्दैनन्। उनीहरु महाबौद्धमा भर्ना भएको ४ महिनामा नै क्याम्पस महाराजगंज नर्सिङ क्याम्पसमा जापान सरकाले बनाइदिएको आफनै भवनमा सर्यो । त्यो बेला उनीहरुले निकै सक्रिय भएर काम गरेको अनुभव सुनाउँछन्।

जुन कोठामा बसेर ७ वर्षसम्म सँगसँगै पढ्यौं आज त्यही संस्थामा हामी नीति निर्माण बनाउने पदसम्म पुगेर सेवा दिन पाउँदा गर्वले छाती फुल्छ । जहाँबाट नर्सिङको क ख सिकियो आज त्यहीं ठाउँमा विद्यार्थीको सपना साकार पार्न तल्लीन छौं, दुबै जनाले  एकै स्वरमा भने -यो भन्दा ठूलो उपलब्धी र सन्तुष्टी अर्को के होला र ? 

पीसीएल कोर्ष सकेपछि त्यस बेलाका क्याम्पस चिफ डा इन्दिरा सिंहले तिमीहरु अस्पतालभन्दा पनि नर्सिङ कलेजमा तिमीहरुको आवश्यकता छ त्यसैले कलेजमा पढाउन जानुपर्छ भनेपछि दुबै जना राजी भए । लगत्तै मुना पुगिन पाल्पा अनमी एक्टेन्सन क्याम्पस त उमा पुगिन चितवन अनमी एक्स्टेन्सन क्याम्पस भरतपुर । उनीहरु सहायक प्रशिक्षकका रुपमा त्यहाँ गए । अझ भर्नौ उनीहरुको पहिलो जागिर सहायक प्रशिक्षकको रुपमा भयो । उमा ५ वर्ष चितवनमा बसेर काम गरिन भने मुना २०५० सम्म पाल्पा बसेर त्यहींबाट विरगंज गइन्। र थप २ वर्ष विरगंज बसिन ।

यहीवीच उमा ५ वर्षपछि अध्ययन विदा लिएर ब्याचलर्स पढ्न आइन । उता मुना भने २०५२ मा आइन ब्याचलर्स गर्न । उनीहरुको जागिरका कारण पढाई अघिपछि पक्कै भयो तर दोस्ती टुटेन । क्याम्पस एउटै भएकाले भेट भइ नै रहन्थ्यो करिअरका विषयमा छलफल त निरन्तर चल्ने नै भयो । दुबैको भेट कलेज र कामको शिलशिलामा भइ नै रहन्थ्यो । मुना पनि यहीवीच उमाभन्दा २ वर्षपछि ब्याचलर्स गर्न काठमार्डौ आइन र पुन वीरगंज फर्किइन । काम सुरु गरेको एक वर्षमै उनीहरु स्थायी भइसकेका थिए ।

दुबै जनाले सोही क्याम्पसबाट मास्टर्स गरे मुनाले मिडवाइफ्री नर्सिङमा र उमाले चाइल्ड हेल्थ नर्सिङमा र फेरि आ आफनो कर्म क्षेत्रतर्फ लागे । मुना विरगंज नै गइन भने उमा नेपालगंज नर्सिङ क्याम्पस । उमा २०७१ सालदेखि महाराजगंज क्याम्पसमा एशोसियट प्रोफेसर भएर काम गरिरहेकी थिइन । उता मुना भने वीरगंजमा एक्टिङ क्याम्पस चिफका रुपमा समेत काम गरिन । २०७१ मा वीरगंजमा क्याम्पस चिफ भएर काम गरिसकेपछि २०७५ मा मात्र महाराजगंज क्याम्पस आइन ।

पीसीएल नर्स बढ्ने बेलादेखिका दुई साथीले नर्सिङकाे क्षेत्रमा एउटा छुट्टै नाम बनाइसकेका थिए । उनीहरुले आ आफनो क्षेत्रमा मोर्चा सम्हाले खास गरी नर्सिङ शिक्षामा । यो क्रममा मुनाले एक वर्ष अघि मास्टर्स गर्न पाइन भने उनको उपत्यका बाहिर बढी काम गरेको र क्याम्पस चिफ भएर काम गरेकाे अनुभवका आधारमा महाराजगंज नर्सिंङ क्याम्पसको चिफ बनिन । उनी चिफ भएर आएपछि धेरै जना आंकाक्षी हुँदा हुँदै मुनाले सहायक क्याम्पस चिफका रूपमा उमालाई नै रोजिन । साथी मात्र भएको आधारमा हैन उनको कामप्रतिको लगाव तथा क्याम्पसको हरेक समस्याकाबारेमा  परिचित भएका कारण उनको रोजाइमा उमा परिन । मुनाको सिंगल सिफारिसमा डीन कार्यालयले उमालाई सहायक क्याम्पस चिफमा नियुक्त गर्यो । उनीहरुको यो दोस्ती र सँगै जुराएको व्यावसायिक यात्राले कलेजलाई राम्रो बनाउन सघाउने दुबै जनाको विश्वास छ ।

जुन कोठामा बसेर ७ वर्षसम्म सँगसँगै पढ्यौं आज त्यही संस्थामा हामी नीति निर्माण बनाउने पदसम्म पुगेर सेवा दिन पाउँदा गर्वले छाती फुल्छ । जहाँबाट नर्सिङको क ख सिकियो आज त्यहीं ठाउँमा विद्यार्थीको सपना साकार पार्न तल्लीन छौं, दुबै जनाले  एकै स्वरमा भने -यो भन्दा ठूलो उपलब्धी र सन्तुष्टी अर्को के होला र ?

मुना भन्छिन, ‘यो कलेजको माटोले पनि हामीलाई चिन्छ । पढ्ने बेलाका सम्झना अनि अहिलेको आवश्यकतालाई पूरा गर्न र आफैले पढेको संस्थामा काम गर्न हामीलाई जुरेको अवसरलाई हामीले कदापी खेर जान दिने छैनौं । झन सहायक क्याम्पस चिफको रुपमा साथी हुँदा निकै सहज हुने रहेछ । कुनै निर्णय लिनु पर्दा हामी एक आपसमा सल्लाह गछौं । त्यसले निकै सजिलो महसुस हुने रहेछ । केही कमजोरी भइहालेमा खुलेर भन्दिने साथी हुँदा काम गर्न सहज हुने महशुस मुनाले गरेकी छिन्।

‘दुई जना साथी जो कलेज जीवनदेखि जीवनका ३६ वर्ष व्यावसायिक जीवन सँगै बिताउने अवसर मिलेको छ । याे भन्दा ठूलो कुरा के होला मुना भन्छिन, यस्तो त कमैसँग हुन्छ होला ।’

उनीहरु एक अर्कालाई तिमी -तिमी सम्बोधन गर्छन । तर जब मिटिङ तथा औपचारिक कार्यक्रम हुन्छन त्यसबेला तपाइँ भन्नुपर्दा निकै सकस हुने उमा बताउँछिन। कहिलेकाहीं  त तिमी भन्ने निस्कीहाल्छ ।’ उनीहरु दुबै जना मिलेर मास्टर्स पढ्ने नर्सहरुका लागि पाठ्यक्रममा काम लाग्ने ‘ट्रेन्डेन्स एण्ड इस्युज इन नर्सिङ’ भन्ने किताब समेत निकालेका छन्। उनीहरुको याे लामाे व्यक्तिगत र व्यावसायिक मित्रताको सबैले खुलेरै प्रशंसा गर्छन ।

धेरैले भन्छन, ‘दोस्ती होस त उमा र मुनाको जस्तो ।’

 

थप समाचार