Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जीवनशैली सम्बन्धित रोगको उपचारमा अब्बल आरुस लाइफस्टाइल अस्पताल

विशिष्ट उपचार, बिरामीलाई नियमित काउन्सिलिङ

जीवनशैली सम्बन्धित रोगको उपचारमा अब्बल आरुस लाइफस्टाइल अस्पताल

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको कुपन्डोल हाइटमा रहेको आरुस लाइफस्टाइल अस्पतालमा जहिले पनि बिरामीको त्यत्तिकै भिड हुने गर्छ । ४ जना युवा चिकित्सकको हुटहुटीले सन् २००८ मा एउटा क्लिनिकको रुपमा खुलेको संस्था अहिले सन् २०२१ मा आएर नेपालकै पहिलो लाइफस्टाइल अस्पतालको रुपमा परिणत भएको छ ।

सुरुमा मधुमेह तथा थाइराइड उपचार केन्द्रका रुपमा स्थापना भएको उक्त संस्था सन् २०१४ मा आफूलाई ठूलो स्थानमा सार्दै मल्टी स्पेस्यालिटी क्लिनिकका रुपमा स्थापित हुन पुग्यो । र अहिले आएर बिरामीको चापलाई मध्यनजर गर्दै एउटा जीवनशैलीसँग सम्बन्धित रोगको उपचार गर्ने विशिष्टीकृत अस्पतालको रुपमा स्थापना भएको छ । यसको कन्सेप्ट सन् २००५ देखि नै कोर्नेहरुमा हर्मोन, थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा अमित शाक्य, रेडियोलोजिस्ट डा अशिम शाक्य, हर्मोन, थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा रुपक भारी र सोही विधाका डा  सन्तोष शाक्य रहेका छन्। ४ जना नै आ -आफनो क्षेत्रका अब्बल युवा चिकित्सक मानिन्छन्।

१४ वर्ष लामो यात्रामा यस संस्थाले आफ्नो कार्य क्षेत्र र पहिचानमा पनि ब्यापक बदलाव ल्याएको छ । अब मधुमेह तथा थाइराइड उपचार केन्द्र मात्र रहेन । आरुस लाइफस्टाइल अस्पतालको रुपमा विकास भएको छ । यसलाई कम्प्लीट जीवनशैली अस्पतालको रुपमा लान खोजिएको छ । जसमा जीमखानादेखि स्वीमिङ पुल, योगा, मेडिटेसनदेखि ओबिसिटी क्लिनिकसम्म हुनेछ । यसको कमान्ड ४ जना होनाहार युवा चिकित्सकले सम्हालेका छन्।

नेपालमा मात्र नभएर विश्वमै जीवनशैलीसँग सम्बन्धित मधुमेह, थाइराइड, उच्च रक्तचाप, यूरिक एसिड, मोटोपना नसर्ने रोग को समस्या बढिरहेका बेला यस्तो अस्पतालले बिरामीलाई धेरै नै सहज हुने विश्वास अस्पतालका सिइओको भूमिका निर्वाह गरिरहेका डा सन्तोष शाक्यको भनाई छ । उनी भन्छन, विगत केही वर्ष यता नेपालमा मधुमेह, थाइराइड, मोटोपना जस्ता समस्याले विकराल रुप लिइरहेको छ । यो कुरा हामीले १४ वर्ष अघि नै यस्तो हुनसक्छ भन्ने अनुमान लगाएका थियौं आहिले त्यही नै देखिएको छ । त्यसैले पनि हाम्रो अस्पताल त्यस्ता बिरामी जसलाई आफनो रोगलाई कसरी जीवनशैली परिवर्तन गरेर उपचार मात्र हैन व्यवस्थापन गर्न सकिन्छ भन्नेमा समर्पित छ ।

आरुस लाइफस्टाइल अस्पतालमा सुरुमा मधुमेह तथा थाइराइड अर्थात हर्मोन रोगसँग सम्बन्धित समस्याको मात्र उपचार गर्ने की भन्ने थियो । तर एउटै बिरामीमा एउटा रोगसँगै अन्य थुप्रै समस्याहरु निम्तिन सक्छन् । त्यसैले त्यस्ता समस्या समाधानका लागि फेरि बिरामीलाई अन्त जान नपरोस भनेर यहाँ सम्पुर्ण सेवाहरु उपलब्ध छन्। जसमा मुटुरोग, नसासँग सम्बिन्धत रोग, अर्थोपेडिक तथा स्पाइन समस्या, नाक, कान घाँटी, सर्जरी, रुमाटोलोजी, रेडियोलोजी, गाइनोकोलोजी, फिजियोथेरापी, इन्डोयूरोलोजी , जनरल सर्जरी, काउन्सिलिङ,अत्याधुनिक ल्याब, फार्मेसी लगायतका सेवाहरु उपलब्ध छन्। जसका कारण एउटा समस्या लिएर आएका बिरामीमा अन्य समस्या देखिएमा पनि सजिलै सेवा लिन सक्छन्। अस्पतालको आफनै अत्याधुनिक मोडेलर अपरेशन थियटर पनि छ ।

यसबाहेक आरुस लाइफस्टाइल अस्पताल यस्तो अस्पताल हो जसले आफनो सामाजिक उत्तरदायित्व बहन गर्दै टाइप वान डाइबिटिज भएका १६ वर्ष मूनिका बालबालिकालाई इन्सुलिन निशुल्क दिंदै आएको छ । यसका लागि अस्पतालले प्रज्ञा फाउन्डेसन नेपाल स्थापना गरेको छ । जसबाट गरीब तथा आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्ने बालबालिकाका लागि आर्थिक सहयोग पनि गर्ने गरिन्छ । साथै याे संस्था विशेष गरी बालिकाकाे शिक्षामा केन्द्रित रहेको छ ।

डा शाक्य भन्छन, ‘याे अस्पताल क्युरेटिभसँगै प्रिभेन्टिभ तिर पनि बढी जोड दिने अस्पताल हो । रोग लागिसकेपछि उपचार त गर्ने पर्छ । तर रोग लाग्नै नदिन के गर्ने र लागि हालेमा औषधिसँगै जीवनशैलीमा कसरी परिवर्तन ल्याउने भन्नेमा केन्द्रित छौं । रोग लागिसकेपछि आत्तिने भन्दा पनि जीवनशैलीमा ध्यान दिएर उपचार त छँदैछ व्यवस्थापन गर्न पनि जरुरी हुन्छ । जुन कुरा छुटिरहेको जस्तो देखिन्छ । मधुमेह तथा थाइराइडका बिरामी अझै पनि धेरै अलमलमा भएको पाइन्छ । धेरैमा चेतना नै छैन्। कतिपय अन्य अंगमा क्षति पुगेपछि आउनेहरु छन्। राम्रो काउन्सिलिङ नभएका कारण औषधि खाइरहेकाहरुको पनि आहार विहार तथा सन्तुलन नमिल्दा समस्या जस्ताको तस्तै भएको देखिन्छ ।

यही समस्या नआयोस र कम हुँदै जाओस भनेर हामीले नियमित मधुमेह तथा थाइराइड रोगमा के खाने, कसरी खाने, शारीरिक अभ्यास कसरी गर्ने, औषधिको मात्रा कसरी मिलाउने जस्ता काउन्सिलङ कक्षा दिने गछौं । यसबाट धेरै बिरामी लाभान्वित भएका छन्।  यसैगरी यहाँ डाइटिसियनले डाइट प्लान सिकाएर पठाउँछन्। ‘लाइफस्टाइल र ओबिसिटी क्लिनिक’ यस अस्पतालको अर्को ठूलो विशेषता हो । जहाँ मोटोपन घटाएर कसरी आफूलाई फिट राख्ने भन्ने सिकाइन्छ । पछिल्लाे समय माेटाेपना पनि सबैभन्दा ठूलाे समस्याका रूपमा देखिन्छ ।’

यसैगरी अस्पतालले बिरामीको सहजताका लागि २४ घण्टा नै नि:शुल्क हेल्पलाइन सेवा पनि सुरु गरेको छ । जहाँ टाढा टाढा भएका बिरामीले आफूलाई केही समस्या भएमा वा औषधिका बारेमा परामर्श लिन चाहेमा टोल फ्रि नम्बर  १६६००१-६६००१ मा फोन गर्न सक्छन । जसका लागि बिरामीले पैसा तिर्न पर्दैन ।

 

आरुस लाइफस्टाइल अस्पताललाई पूर्ण रुपमा जीवनशैली अस्पतालका रुपमा स्थापित गर्न ४ जना चिकित्सक आ -आफनो जिम्मेवारीमा दिलोज्यान दिएर काम गरिरहेका छन्। यो अस्पताललाई नेपालमा जीवनशैली अस्पतालको रुपमा स्थापित गरी जीवनशैलीसँग सम्बन्धित रोगको पूर्ण उपचार गर्ने त छँदैछ । रोग नै लाग्न नदिनका लागि अपनाउनुपर्ने उपायहरु सिकाएर नेपालमा यो रोगका बिरामी घटाउने उद्धेस्यले अस्पताल अघि बढिरहेको छ ।

 

थप समाचार