Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

फिजियोथेरापीद्धारा महिलाको स्वास्थ्य सुधार गर्न तल्लीन डा भूमिका

फिजियोथेरापीद्धारा महिलाको स्वास्थ्य सुधार गर्न तल्लीन डा भूमिका

हेल्थ टिभी अनलाइन \काठमाडौं : डा भूमिका कायस्थ महिला तथा स्त्री रोगमा फिजियोथेरापी विषय पढेर आउने नेपालको पहिलो फिजियोथेरापिष्ट हुन्। उनी हाल कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालमा कार्यरत छिन्। उनी भारतको एसआरआएम यूनिभर्सिटीबाट ‘मास्टर्स अफ फिजियोथेरापी इन अब्स्ट्रेटिक्स एण्ड गाइनेकोलोजी डिग्री हासिल गरेर नेपाल आएकी हुन्। यो विषयमा मास्टर्स गर्ने डा भूमिका पहिलो नेपाली हुन् भने आफनो ब्याचको गोल्ड मेडलिस्ट पनि हुन्।

सानैदेखि केही नयाँ काम गर्न खोज्ने भूमिकालाई लिटिल एन्जल्सबाट प्लस टु गरेपछि के पढ्ने होला भन्ने लागेको थियो। एमबीबीएस पढ्न मन लागेन तर मेडिसिनसँग भने उनको लगाव थियो । त्यसैले उनले फिजियोथेरापी पढ्ने निधो गरिन्। जुन बेला फिजियोथेरापीको त्यति धेरै चर्चा हुन्थेन । उनलाई यो विषय धेरैले पढ्न खोज्दैनन् तर पछि यसको स्कोप निकै हुन्छ जस्तो लागेर आफूले सो विषय रोजेको बताउँछिन।

भूमिका ब्याचलर्स इन फिजियोथेरापी पढ्न भारतको राजीव गान्धी यूनिभर्सिटी गइन्। त्यहाँबाट उनी सन् २०१५ मा आफनो पढाई पूरा गरेर नेपाल फर्किन । झण्डै २ वर्ष स्पार्क अस्पतालमा फिजियोथेरापिस्टका रुपमा काम पनि गरिन्। तर फेरि उनलाई अस्पतालमा आउने बिरामीको अवस्था हेर्दा महिलाहरुमा धेरै नै समस्या भएको र सो समस्या धेरै हदसम्म फिजियोथेरापीबाट कम गर्न वा निको गर्न सकिने लाग्यो । उनले अब भने मास्टर्समा महिलासँग सम्बन्धित विषय पढ्छु भनेर सन् २०१८ मा भारत गइन मास्टर्स गर्न । उनको विषय थियो ‘अब्स गाइने इन फिजियोथेरापी ।’ भूमिका मास्टर्स गरेर आएको धेरै भएको छैन । एक वर्ष मात्र भयो । उनले त्यहाँबाट आएर फेरि आफूले काम गरेको पुरानै स्पार्क अस्पातलमा काम थालेकी हुन्।

उनलाई अब नेपालमा महिलाहरुको जीवनशैली र आफ्नै हर्मोनल कारणले हुने समस्याहरुको समाधान गरेर उनीहरुको जीवनस्तर सुधार गर्न मन छ । तर कहाँबाट सुरु गरौं भन्ने लागिरहेको छ।  उनी भन्छिन, समस्या धेरै छन् कहाँबाट सुरु गरौं भन्ने भइरहेको छ । पहिलो कुरा त महिलाहरुमा यसबारेमा सचेतना नै कम छ ।

उनले पढेको विषयमा महिलामा विभिन्न स्टेजहरुमा देखिने समस्यालाई फिजियोथेरापीका माध्यमबाट कसरी व्यवस्थापन गर्ने भन्ने हो । त्यसमा भर्खरका किशोरीमा महिनावारीसँग सम्बन्धित समस्यादेखि बच्चा जन्माइसकेपछि शरीर मेन्टेन गर्ने सम्मका विषयवस्तु पर्छन । महिलाका धेरै जसो समस्यामा फिजियोथेरापीको भूमिका रहन्छ तर नेपालमा यसकाबारेमा कुरा नै हुँदैन । हुन त यसबारेमा पढेर आएका स्वास्थ्यकर्मी नभएर पनि होला उनी भन्छिन।

त्यसैले उनी कायर्रत स्पार्क अस्पतालमा महिलाका लागि काउन्सिलङ, गर्भवती महिलाले गर्न मिल्ने र गर्न सक्ने एक्सरसाइज, बच्चा जन्मीसकेपछि आउने परिवर्तनलाई कसरी व्यवस्थापन गर्ने जस्ता एक्सरसाइजहरु सिकाइरहेकी छिन्। जतिले सेवा लिएका छन् सबै जना सन्तुस्ट भएको उनको भनाई छ । तर पनि धेरै जनालाई यो सेवाकाबारेमा जानकारी हुन आवश्यक भएको उनको भनाई छ ।

गर्भवती महिलाले नियमित एक्सरसाइज तथा फिजियोथेरापी गर्दा डेलिभरीका बेला निकै सजिलो मात्र हैन त्यसपछि पनि सहज महशुस हुन्छ । यसैगरी बच्चा जन्मिसकेपछि छाला तथा मसल खुकुलो हुने तथा पेट ठूलो हुने हुनसक्छ । यस्तो बेला सही तरिकाले फिजियो गर्दा सो समस्या बिस्तारै कम हुँदै जाने भए पनि धेरैलाई यो सामान्य त हो भनेर बसेको पाइएको उनको भनाई छ ।

यसैगरी मेनोपजका बेला विभिन्न स्वास्थ्य समस्याहरु आउँछन्। त्यसका लागि पनि हामी के गर्ने के नगर्ने सल्लाह दिन्छौं । सुन्दा सामान्य लाग्छ तर नियमित सही ढंगबाट एक्सरराइज तथा फिजियो गर्दा महिलालाई धेरै नै सहज हुन्छ । यही कुरा सबैलाई बुझाउन जरुरी छ । यो त प्राकृतिक कुरा त हो नि भनेर बस्ने भन्दा पनि त्यही कुरालाई कसरी सहज बनाउने भन्ने कुरा पनि जान्न जरुरी छ । त्यसकै लागि हामी विशेषज्ञ छौं उनले भनिन । मैले पढेको विषय पनि त्यही हो।

पछिल्लो समय धेरैले शल्यक्रिया गरेर बच्चा जन्माएको देखिन्छ । यसमा पनि सचेतना नै कम भएको देखिन्छ । केही जटिलता आउने अवस्था बाहेक नर्मल डेलिभरी गराउन सम्भव छ । त्यसका लागि पहिलोदेखि केही तयारी भने गर्नुपर्छ । त्यसका लागि विभिन्न फिजियोथेरापी ,हल्का एक्सरसाइज हुन्छन् जसले नर्मल रुपमा बच्चा जन्माउन निकै सहयोग पुग्छ । त्यसपछि आउने परिवर्तनलाई सहजै व्यवस्थापन गर्न सकिन्छ । त्यसैगरी महिलाको एउटा उमेर पुगेपछि हड्डी खिइँदै जाने समस्या आउँछ यसमा पनि महिलाहरुलाई एक्सरसाइजबाटै कसरी कम क्षति गराउन मिल्छ भन्ने एक्सरसाइज गराउन सकिन्छ।

त्यसैले उनी कायर्रत स्पार्क अस्पतालमा महिलाका लागि काउन्सिलङ, गर्भवती महिलाले गर्न मिल्ने र गर्न सक्ने एक्सरसाइज, बच्चा जन्मीसकेपछि आउने परिवर्तनलाई कसरी व्यवस्थापन गर्ने जस्ता एक्सरसाइजहरु सिकाइरहेकी छिन्। जतिले सेवा लिएका छन् सबै जना सन्तुस्ट भएको उनको भनाई छ । तर पनि धेरै जनालाई यो सेवाकाबारेमा जानकारी हुन आवश्यक भएको उनको भनाई छ ।

अबको मेरो इच्छा भनेकै महिलाको जीवनशैलीसँग सम्बन्धित समस्याहरुलाई कतिपय अवस्थामा काउन्सिलङ त कतिपय अवस्थामा एक्सरसाइज, फिजियोद्धारा कम गराउने छ । म पहिलोपटक पढेर आएको भएर पनि होला मलाई अलि बढी मिहिनेत गर्नुपर्ने हुन्छ । तर पनि केही छैन् म दुख गर्न तयार छु उनले थपिन । उनले महिलाहरु आफनो घर परिवार, सन्तानमा आफनो धेरै समय बिताउने तर आफनो लागि भने खासै समय नदिने कारणले पनि महिलाका समस्या झनझन बढ्दै गएको बताउँछिन्। महिलाले परिवारको वास्ता गर्ने हो भने पहिले आफैलाई माया गर्नुपर्छ अनि बल्ल अरुलाई माया गर्न सकिन्छ ।

त्यसैले उनी सबै महिलालाई भन्छिन, ‘कृपया पहिले आफैलाई माया गर्नुस्।’