आज अक्षय तृतीया, पौष्टिकताले भरिपूर्ण सातु खाने दिन
हेल्थ टिभी अनलाइन \काठमाडौं : यस वर्षको आज पर्न गएको अक्षय तृतीया जौको सातु र सर्वत खाएर मनाइँदैछ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने पौष्टिकताले भरिपूर्ण आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ ।
आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव–पार्वतीको विवाह भएको कथन रहेको छ । त्यसैले यस दिन गरेको स्नान, दान र शुभ कर्मलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।
शास्त्रका अनुसार यो दिन स्वयंसिद्ध मुहर्त हो । विवाह, गृह प्रवेश, नयाँ सामान खरीद, सवारी साधन खरीद, भूमि पूजा तथा नयाँ व्यापारका लागि यस दिन अति उत्तम हुने विश्वास गरिन्छ ।





औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड
डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक