काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
हेल्थ टिभी अनलाइन : जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले आर्थिक वर्ष २०८०\ ८१ मा बागमतीमा कूल ४२ जना औंलोका बिरामी भेटिएको र तीमध्ये १७ जना काठमाडौंमा भेटिएको जनाएको छ ।
विश्व औंलो दिवसको अवसर पारेर बिहिबार आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा अर्जुन सापकोटाले औंलो रोग नियन्त्रणतर्फ भए पनि आयातित औंलो मुख्य चुनौनी भएको बताए । उनले भने, ‘अहिले काठमाडौंमा पुष्टि भएका १७ जना औंलाका बिरामी सबै नै आयातित हुन्। उनले अफ्रिकी मलुकमा शान्ति सेनाका लागि गएका सैनिकहरुमा उक्त रोग देखिएको समेत जनाए । उनीहरु फर्केर आएपछि औंलोको अनिवार्य जाँच हुने र त्यही क्रममा रोग पुष्टि भएको हो , अन्यथा समूदायमा लोकल लेबलमा यो वर्ष काठमाडौंमा औंलाका बिरामी पुष्टि भएको छैन ।’
उनले आयातित केस रोक्न सके सन् २०२५ सम्म औंलो निवारण गर्ने लक्ष्यमा पुग्न सकिने समेत जनाए । डा सापकोटाले काठमाडौंमा १२ सय ५० स्वास्थ्य संस्थाबाट औलोको जाँच हुने समेत जानकारी दिए ।
तराई क्षेत्रमा र गर्मी ठाउँमा यो रोगको प्रकोप हुने भनिए पनि अहिले जनवायु परिवर्तनका कारण लामखुट्टे पहाडी भेगतिर देखिन थालेको हुँदा अति चिसो हुने मुगु, जुम्लामा पनि औंलोका बिरामी देखिन थालेका छन ।
हरेक वर्ष अप्रिल २५ तारिखका दिन औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यले विश्वभर विविध कार्यक्रम गरेर विश्व औलो दिवस मनाउने गरिन्छ । यस वर्षको नारा औंलो विरुद्धको लडाईलाई तिब्रता दिऔं, समतामूलक पहुँचको सिर्जना गरौं भन्ने रहेको छ ।
औंलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट हुने सरुवा रोग हो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’