Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित

काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित

हेल्थ टिभी अनलाइन : जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले आर्थिक वर्ष २०८०\ ८१ मा बागमतीमा कूल ४२ जना औंलोका बिरामी भेटिएको र तीमध्ये १७ जना काठमाडौंमा भेटिएको जनाएको छ ।

विश्व औंलो दिवसको अवसर पारेर बिहिबार आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा अर्जुन सापकोटाले औंलो रोग नियन्त्रणतर्फ भए पनि आयातित औंलो मुख्य चुनौनी भएको बताए । उनले भने, ‘अहिले काठमाडौंमा पुष्टि भएका १७ जना औंलाका बिरामी सबै नै आयातित हुन्। उनले अफ्रिकी मलुकमा शान्ति सेनाका लागि गएका सैनिकहरुमा उक्त रोग देखिएको समेत जनाए । उनीहरु फर्केर आएपछि औंलोको अनिवार्य जाँच हुने र त्यही क्रममा रोग पुष्टि भएको हो , अन्यथा समूदायमा लोकल लेबलमा यो वर्ष काठमाडौंमा औंलाका बिरामी पुष्टि भएको छैन ।’

उनले आयातित केस रोक्न सके सन् २०२५ सम्म औंलो निवारण गर्ने लक्ष्यमा पुग्न सकिने समेत जनाए । डा सापकोटाले काठमाडौंमा १२ सय ५० स्वास्थ्य संस्थाबाट औलोको जाँच हुने समेत जानकारी दिए ।

तराई क्षेत्रमा र गर्मी ठाउँमा यो रोगको प्रकोप हुने भनिए पनि अहिले जनवायु परिवर्तनका कारण लामखुट्टे पहाडी भेगतिर देखिन थालेको हुँदा अति चिसो हुने मुगु, जुम्लामा पनि औंलोका बिरामी देखिन थालेका छन ।

हरेक वर्ष अप्रिल २५ तारिखका दिन औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यले विश्वभर विविध कार्यक्रम गरेर विश्व औलो दिवस मनाउने गरिन्छ । यस वर्षको नारा औंलो विरुद्धको लडाईलाई तिब्रता दिऔं, समतामूलक पहुँचको सिर्जना गरौं भन्ने रहेको छ ।

औंलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट हुने सरुवा रोग हो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार