Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पाइल्स भएका व्यक्तिले कस्तो जीवनशैली अपनाउने ?

पाइल्स भएका व्यक्तिले कस्तो जीवनशैली अपनाउने ?

‘हेमोरोइड’ भनिने रक्तनली सबैमा हुन्छ । यसले दिसाघरबाट मुटुसम्म रगत पुर्याउने काम गर्छ। जब दिसाघरमा समस्या आएर दिसा गर्ने बेला धेरै दबाब दिन थालन्छि त्यसपछि रगत मुटुसम्म जाँदैन र दिसाघरमा नै रगत थुप्रिन्छ अनि पाइल्सको समस्या देखिन्छ। दिसाघरमा केही समस्या भए बिरामीहरु पाइल्स भनेर आउने गरेका छन्। यो रोगमा रक्सीले सबैभन्दा बढी असर गर्छ।

कुन चरणको पाइल्समा के हुन्छ ?

पाइल्सको चारवटा चरण हुन्छ। पहिलो चरणको पाइल्स सामान्य हुन्छ जुन सबैमा हुन्छ। दोस्रो चरणको पाइल्समा दिसाबाट रगत जान्छ। प्रायमा रगत दिसासँग र पछि आउँछ भन्ने भ्रम हुन्छ तर त्यसो नभएर पाइल्स भएपछि रगत दिसा भन्दा अगाडि आउँछ। शौचालयको ‘प्यान’ भरिनेगरी रगत आउँछ जस्लाई ‘प्यान फ्ल्स ब्लिडिङ’ भनिन्छ।

तेस्रो चरणको पाइल्समा दिसा गर्दा सँगसँगै मासुको थुप्रो बाहिर आउने गर्छ र दिसा गरेर धुने बेलामा आफैँले हातले मासुको थुप्रोलाई भित्र ठेल्नुपर्छ। चौथो चरणको पाइल्समा भित्र थुप्रिएको मासु बाहिर आएर छालामाथि बस्ने गर्छ।

कस्ता व्यक्तिलाई पाइल्स हुन्छ ?

खानपिनमा ध्यान नदिने, घरबाहिरको खाना बढी खाने, फाइबर नभएको खाना बढी खाने, गह्रौँ काम गर्ने, एउटै ठाउँमा धेरै समय बस्ने, मोटरसाइकलमा धेरै हिँड्ने, प्रायः लामो यात्रा धेरै गर्ने जस्ता व्यक्तिलाई पाइल्स हुने सम्भावना बढी हुन्छ।

फाइबरले दिसालाई साह्रो हुन दिँदैन। माछा, मासु नखाए कमजोरी हुन्छ भन्ने भ्रमसमेत मान्छेमा हुन्छ। माछा, मासु बढी खानु पनि पाइल्स हुनुको मुख्य कारक हो। रक्सीले सबैभन्दा बढी असर गर्छ।

पाइल्सको लक्षण

दिसा साह्रो हुनु, कब्जियत हुनु, दिसा भन्दा पहिला रगत आउनु, रगत आएर पनि उपचार नगराए मासुको थुप्रो बाहिर आउनु र दिसा आउँदा दुख्ने जस्ता कारणहरु पाइल्सको लक्षण हो।

उपचार
शुरुमा पाइल्स कुन चरणमा छ भनेर यकिन गरिन्छ। सुरुमा दिसालाई खुकुलो बनाउने औषधि दिइन्छ जसले गर्दा पाइल्सको समस्या केही मात्रामा घट्छ। तेस्रो चरणको पाइल्ससम्म खानपिन मिलाएर र औषधिले नै रोग निको पारिन्छ। चौथो चरणको पाइल्सलाई निको पार्न शल्यक्रिया गरिन्छ जसलाई ‘लाइगेसन’ भनिन्छ।

के खाने ?

पाइल्स भएको बिरामीले फाइबरयुक्त खाना जस्तै गाँजर, मुला, मेवा, सागसब्जि बढी खानुपर्छ। पानि प्रशस्त मात्रामा पिउनु पर्छ। स्याउ दिउँसो खान हुन्छ। राति उसिनेर मात्रै खान हुन्छ। सुत्ने बेला मनतातो दूध पिएर सुत्दा बिहान दिसा गर्न सजिलो हुन्छ।
डा जितेन्द्रकुमार मन्डल

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।