Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?

गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?

हेल्थ टिभी अनलाइन : गर्मी सुरु भएसँगै तराईका केही क्षेत्रमा यति बेला तापक्रम ह्वात्तै बढेको छ । योसँगै तातो हावा अर्थात लू समेत चलिरहेको छ । लू एक किसिमको स्वास्थ्यमा असर पार्ने तातो हावा हो । यसबाट बच्नका लागि केही सावधानीहरु अपनाउनुपर्ने हुन्छ ।

लू चलेको बेला सकेसम्म घरबाट बाहिर ननिस्कने । यदि निस्कनै परेमा पूरा बाहुला वाला कपडा लगाएर छाता लिएर मात्र निस्कने गर्नुपर्छ । साथै टाउनको पातलो कपडाले छोप्नुपर्छ । यसैगरी यो बेला प्रचण्ड गर्मी हुने भएकाले पसिनाबाट धेरै पानी गइरहेको हुन्छ । त्यसैले अरु बेला भन्दा बढी उमालेर चिसो बनाएको पानी पिउनुपर्छ । खेतबारीमा काम गर्नुपरेमा बिहान र बेलुका मात्र गर्नुपर्छ । कागती पानी, फलफूलको रस तथा ताजा खानेकुरा मात्र पिउने । बाहिरको प्याक गरेर राखेका गुलिया पेय पदार्थहरु नपिउने । एकछिन शितल भएजस्तै भए पनि यसले उल्टै हानी गर्छ ।

लू लागेमा श्वासप्रश्वासमा समस्या हुने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, बेहोश हुने, ज्वरो आउने जस्ता लक्षण देखा पर्छन । यदि यी लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण