गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
हेल्थ टिभी अनलाइन : गर्मी सुरु भएसँगै तराईका केही क्षेत्रमा यति बेला तापक्रम ह्वात्तै बढेको छ । योसँगै तातो हावा अर्थात लू समेत चलिरहेको छ । लू एक किसिमको स्वास्थ्यमा असर पार्ने तातो हावा हो । यसबाट बच्नका लागि केही सावधानीहरु अपनाउनुपर्ने हुन्छ ।
लू चलेको बेला सकेसम्म घरबाट बाहिर ननिस्कने । यदि निस्कनै परेमा पूरा बाहुला वाला कपडा लगाएर छाता लिएर मात्र निस्कने गर्नुपर्छ । साथै टाउनको पातलो कपडाले छोप्नुपर्छ । यसैगरी यो बेला प्रचण्ड गर्मी हुने भएकाले पसिनाबाट धेरै पानी गइरहेको हुन्छ । त्यसैले अरु बेला भन्दा बढी उमालेर चिसो बनाएको पानी पिउनुपर्छ । खेतबारीमा काम गर्नुपरेमा बिहान र बेलुका मात्र गर्नुपर्छ । कागती पानी, फलफूलको रस तथा ताजा खानेकुरा मात्र पिउने । बाहिरको प्याक गरेर राखेका गुलिया पेय पदार्थहरु नपिउने । एकछिन शितल भएजस्तै भए पनि यसले उल्टै हानी गर्छ ।
लू लागेमा श्वासप्रश्वासमा समस्या हुने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, बेहोश हुने, ज्वरो आउने जस्ता लक्षण देखा पर्छन । यदि यी लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण