Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?

स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?

हेल्थ टिभी अनलाइन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताल तथा प्रतिष्ठानमा काम गर्ने डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमै निजी अस्पतालमा बिरामी जाँच गर्ने र सो संस्थाको विज्ञापन समेत गरेको पाइएको भन्दै आपत्ति जनाएको छ ।

मन्त्रालयका सचिव मधु सुदन बुर्लाकोटीले आज एक विज्ञप्ति जारी गर्दै सरकारी अस्पताल, प्रतिष्ठान, केन्द्रमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमै निजी अस्पताल तथा क्लिनिकमा बिरामी जाँच गर्ने गरेको पाइएमा र सोबारेमा विज्ञापन गरेको पाइएमा कडा कारवाही गर्ने जनाएका छन् । विज्ञप्तिमा सरकारी अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमै निजीमा काम गर्ने मात्र नभएर सोकोबारेमा विज्ञापन गरी विभिन्न सञ्चारमाध्यममा प्रकाशन प्रसारण समेत गरेको व्यापक गुनासो आएको र त्यसमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख छ ।

उनले जारी गरेको विज्ञिप्तमा भनिएको छ, ‘आगामी दिनमा सरकारी डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीले यस्तो गरेको पाइएमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ , नेपाल स्वास्थ्य नियमावली २०५५  तथा सेवा सञ्चालन सम्बन्धी प्रचलित कानुन बमोजिम कारवाही गरिने छ ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार