Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बाल क्यान्सर रोगकी अब्बल डा अञ्जली, जो बच्चा भनेपछि हुरुक्कै हुन्छिन्

बाल क्यान्सर रोगकी अब्बल डा अञ्जली, जो बच्चा भनेपछि हुरुक्कै हुन्छिन्

डा अञ्जली पण्डित बाल क्यान्सर रोग विशेषज्ञ हुन्। उनी हाल ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा कार्यरत छिन्। सानैदखि बालबालिका भनेपछि हुरुक्कै हुने अन्जलीलाई बाल क्यान्सरमा त्यो बेला झनै रुचि बढ्यो जुन बेला उनी एमबीबीएस सकेर कान्ति बाल अस्पतालमा इन्टर्नसिप गरिरहेकी थिइन। उनले त्यहाँ रहँदा नजिकबाट बालबालिकाको समस्या र रोगका बारेमा जान्ने मौका पाइन्। त्यसपश्चात त झन उनी अब बालबालिकाकै डाक्टर बन्छु भनेर एमडी पढ्न चीन गइन्।

उनलाई बाल रोगमा पनि बाल क्यान्सरमा काम गर्ने मन थियो । त्यसकै कारण उनले ‘एमडी एन पेडियाट्रिक’ सकेर आएपछि पुन: कान्तिमै काम गर्न थालिन त्यो पनि बालबालिकाको क्यान्सर वार्डमा । अब भने उनले बाल क्यान्सर, यसले बालबालिका एवम परिवारमा पारेको तनाव लगायतको अनुभव गरिसकेकी थिइन्। उनी भन्छिन, ‘रमाइलो पार्ट त के भने स साना बच्चा जसलाई क्यान्सर भएको हुन्छ उनीहरु आफैलाई केही थाहा हुन्न र मजाले हाँसिरहेका हुन्छन्। बेफिक्री देखिन्छन् । बालबालिकाको साे अबोधपनले पनि मलाई सधैं तानिरहन्थ्यो । त्यसैले मैले बाल क्यान्सररोगमै विशेषज्ञता हासिल गर्छु भनेर सन् २०१५ मा बाल क्यान्सरमै फेलोसिप गर्न भारत गएँ । भारत गएर एक वर्षको फेलोसिप गरेर आएँ । र अहिले निरन्तर बालबालिकाकै सेवामा छु ।

डा अञ्जलीले भर्खर जन्मेका देखि १८ वर्षसम्मका क्यान्सर भएका बालबालिकाको उपचार गरेकी छिन्। उनलाई सबैभन्दा गाह्रो काम बच्चाका आमाबाबुलाई तपाइँको बच्चालाई क्यान्सर भएको छ भनेर कसरी भन्नु भन्ने लागिरहन्छ । तर के गर्नु मन अमिलो बनाउँदै भन्नैपर्छ उनले थपिन्। कयौं आमाहरु यस्तो खबर सुनाउँदा त्यही बेहोस भएर उल्टो आमाकै उपचार गराउनुपर्ने पनि हुने बताउँछिन् उनी ।

उनी भन्छिन, ‘राम्रो जाँच र समयमै उपचार सुविधा पाएमा क्यान्सर लागेका ८० देखि ९० प्रतिशत बालबालिकालाई बचाउन सकिन्छ । पूर्ण रुपमा निको हुने भएकाले अहिले दुखको कुरा सुनाए पनि उपचारपछि निको बनाइहाल्छु नि भन्ने चाहिं हुन्छ । उपचारपछि बच्चा क्यान्सरमुक्त भएर जाँदा बाबु आमामा देखिएको त्यो खुशी नै आफनो लागि यो पेशामा लाग्न र उर्जा थपिरहन मदद्त गर्ने बताउँछिन डा अञ्जली। अर्को कुरा बच्चाको पूरै लाइफ बाँकी हुन्छ उनीहरुलाई ठिक पारेर पठाउन पाउँदा निकै खुशी महशुस हुन्छ । उमेर भइसकेको मानिस जस्तो केही वर्ष धकेलिन्छ ठिकै छ नि भन्ने उनीहरुमा हुँदैन ।

उनी भन्छिन, ‘राम्रो जाँच र समयमै उपचार सुविधा पाएमा क्यान्सर लागेका ८० देखि ९० प्रतिशत बालबालिकालाई बचाउन सकिन्छ । पूर्ण रुपमा निको हुने भएकाले अहिले दुखको कुरा सुनाए पनि उपचारपछि निको बनाइहाल्छु नि भन्ने चाहिं हुन्छ । उपचारपछि बच्चा क्यान्सरमुक्त भएर जाँदा बाबु आमामा देखिएको त्यो खुशी नै आफनो लागि यो पेशामा लाग्न र उर्जा थपिरहन मदद्त गर्ने बताउँछिन डा अञ्जली । अर्को कुरा बच्चाको पूरै लाइफ बाँकी हुन्छ उनीहरुलाई ठिक पारेर पठाउन पाउँदा निकै खुशी महशुस हुन्छ । उमेर भइसकेको मानिस जस्तो केही वर्ष धकेलिन्छ ठिकै छ नि भन्ने उनीहरुमा हुँदैन ।

नेपालमा बाल क्यान्सर

नेपालमा बाल क्यान्सर रोगीहरु कति छन् भन्ने एकिन तथ्यांक छैन्। तर प्रत्येक वर्ष अस्पतालमा आउने बालबालिकाको संख्या हेर्दा बालबालिकामा क्यान्सर रोग बढ्दो छ । डा अञ्जली भन्छिन, ‘बालबालिकामा मुख्य गरी रक्त क्यान्सर देखिएको छ । त्यसमा पनि उमेर अनुसार निर्धारण हुन्छ। उनका अनुसार भर्खर जन्मेदेखि १० वर्षसम्म रक्त क्यान्सर बढी देखिने गरेको छ भने १० देखि १८ वर्षसम्मका बालबालिकामा भने बोन क्यान्सर, टयुमर देखिने गरेको छ । उनले धेरै हेर्ने पनि यी बिरामी नै हुन्। बालबालिकामा उपचार प्यार्टन पनि छोरा बच्चा र छोरी बच्चामा केही फरक हुने उनको भनाई छ । छोरा बच्चामा रगत क्यान्सर भएमा हामी ३ वर्ष ३ महिना नियमित उपचार गर्छौ भने छोरी बच्चा भएमा २ वर्ष ३ महिना मात्र गरे पुग्छ उनले थपिन । यसको पनि कारण भएको उनको भनाई छ । छोरा बच्चामा अण्डकोष हुने भएकाले त्यसमा क्यान्सरको सेल विकास हुनसक्ने भएकाले यो उपचार छोरा बच्चामा केही बढी लाग्ने गर्छ ।

अहिले नेपालमै सबै प्रकारको उपचार सम्भव भएकाले बच्चाको क्यान्सर रोग उपचार गर्न भनेर विदेश जान नपर्ने बताउँछिन डा अञ्जली । नयाँ नयाँ प्रविधि भित्रिएकाले अहिले बच्चालाई दुख हुने गरी हरेक पटक सुई घोचिरहन नपर्ने समेत भएको छ । विदशेमा गएर पाइने सबै सुविधा र प्रविधि यही छ उनले भनिन्। डा अन्जलीलाई आफूलाई के भएको छ भन्ने कुरा पनि थाहा नपाएका अवोध बालबालिकाका आँखाहरुले सधैं सेवामा रहन प्रेरित गरिरहन्छ रे । उनले बच्चाको बोनम्यारो ट्रान्सप्लान्ट मात्र अहिले नेपालमा नभएको र त्यो पनि ल्याउनका लागि प्रयास भइरहेको जनाइ्न ।

अहिले नेपालमै सबै प्रकारको उपचार सम्भव भएकाले बच्चाको क्यान्सर रोग उपचार गर्न भनेर विदेश जान नपर्ने बताउँछिन डा अञ्जली । नयाँ नयाँ प्रविधि भित्रिएकाले अहिले बच्चालाई दुख हुने गरी हरेक पटक सुई घोचिरहन नपर्ने समेत भएको छ । विदशेमा गएर पाइने सबै सुविधा र प्रविधि यही छ उनले भनिन्।

उनले आमाबाबु थोरै मात्र होशियार हुने हो भने बाल क्यान्सर छिटै पत्ता लाग्ने बताउँछिन्। कतिपयले बढ्ने उमेर हो यस्तो भइहाल्छ नि भनेर बच्चालाई उपचारमा ढिला ल्याउँदा कहिलेकाहीं बच्चालाई बचाउन नसकिने समेत जिकीर गरिन्।
बाल क्यान्सरको हकमा बच्चामा क्यान्सर भएर निको भइसके पछि गएर फेरि क्यान्सर हुने निकै थोरेै ५ प्रतिशत मात्र रहेका छन्। अन्यलाई भने पूर्ण रुपमा निको पार्न सकिन्छ ।

आमा बाबुले बच्चाले टाउको दुख्यो, शरीर दुख्यो भन्यो भने खाना खान मन गरेन भने याद गर्नुपर्छ । यसका साथै बच्चाले खान खाँदा पनि वजन घट्दै गयो, शरीरमा दाग धब्बा देखियो,ज्वरो आइरह्यो भने पनि याद गर्नुपर्छ । यसैगरी जोर्नीमा समस्या भयो, बच्चा सेतो हुँदै गयो भने पनि याद गर्नुपर्ने  र कतै क्यान्सर त हैन भनेर विचार गर्नुपर्ने डा अञ्जलीको सुझाव छ ।