चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
हेल्थ टिभी अनलाइन : क्यान्सरबारे सचेतना जगाउन र क्यान्सर पनि निको हुन्छ भन्ने सन्देश दिन चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुने भएको छ । र्याम्प शो आगामी साउन १६ गते काठमाडौंको एकान्तकुनास्थित म्याजिस्टिक ग्राण्डमा आयोजना हुने भएको हो । नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारका लागि सहयोगी हातहरूको संयुक्त आयोजनामा हुने शोको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन ।
‘क्यान्सर अन्त्य होइन, नयाँ सुरुवात पनि हुन सक्छ’ भन्ने सन्देश दिन १०० भन्दा बढी क्यान्सर सर्भाइभर र्याम्प शोमा सहभागी हुन लागेका हुन् । उपचारपछि क्यान्सरलाई जितेर सामान्य जीवनमा फर्किएका १०० भन्दा बढी क्यान्सर सर्भाइभर र्याम्पमा सहभागी हुने जानकारी आयोजकले दिएका छन् । उक्त कार्यक्रमको व्यवस्थापन श्रीदीप प्रालिले गरेको छ भने नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र जनमैत्री अस्पतालले यस कार्यमा सहकार्य गरेका छन्।
कार्यक्रमकी परिकल्पनाकार तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष तथा उपचारका लागि सहयोगी हातहरूकी अध्यक्ष स्वरुपा श्रेष्ठले यो र्याम्प फेसनका लागि मात्र होइन, जीवनको जितको उत्सवका लागि गर्न लागिएको जानकारी दिइन ।
उनले क्यान्सरका बिरामीमा आत्मविश्वास जगाउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सन् २०१९ मा पहिलो क्यान्सर सर्भाइभर र्याम्प शो आयोजना गरिएको स्मरण गर्दै भनिन, ‘आज क्यान्सरबारे धेरै जना खुलेको देख्दा खुशी लाग्छ ।’
पहिलो संस्करणमा २४ जना क्यान्सर सर्भाइभरलाई र्याम्पमा सहभागी गराउनसमेत निकै कठिन भएको अनुभव सुनाउँदै सात वर्षको अवधिमा समाजको सोचमा सकारात्मक परिवर्तन आएको उनले जिकीर गरिन । उनका अनुसार कार्यक्रममा ३ वर्षका बालबालिकादेखि ८५ वर्ष सम्मका सर्भाइभर र्याम्पमा सहभागी हुनेछन्।




चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य
शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाइयो
जनावरको टोकाइबाट यसरी बच्नुस्, टोकिहाले अपनाउनुस् यी उपाय