औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
हेल्थ टिभी अनलाइन : औषधिको मूल्यमा सुझाव दिन गठित समितिले सरोकारवालाहरुलाई बेवास्ता गर्दै आफूखुशी एक्लौटी रुपमा प्रतिवेदन बनाएर बुझाएको भन्दै यस क्षेत्रका उद्योगी र व्यवसायीले विरोध जनाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई समितिले प्रतिवेदन बुझाउनु अघि नै समितिका सदस्य समेत रहेका औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले प्रतिवेदनमा सरोकारवालाहरुको विषय नपरेको भन्दै नोट अफ डिसेन्ट लेखेका थिए। तर पनि सो कुरालाई वास्ता नगरी सरोकारवालाको कुरै नसुनी मन्त्री समक्ष प्रतिवेदन बुझाएपछि उद्योगी व्यवसायीहरुले सामुहिक रुपमा यसको विरोध गरेका हुन् ।
सरोकारवालाहरुले असहमति जनाउँदा जनाउँदै पनि मन्त्री पौडेललाई प्रतिवेदन बुझाउने तयारी गरेपछि औषधि व्यवस्था विभागमा औषधि उत्पादक, आयातकर्ता तथा व्यवसायीहरुले विरोध जनाएका थिए। नेपाल औषधि उत्पादक संघ, नेपाल आयुर्वेदिक औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायिक संघ, नेपाली निजी अस्पताल संघ, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ, नेपाल औषधि आयातकर्ता संघ लगायतले संयुक्त आन्दोलनमा जाने जनाएका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण