Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

फ्रान्समा एकैदिन एक लाखभन्दा बढी नयाँ संक्रमित थपिए

फ्रान्समा एकैदिन एक लाखभन्दा बढी नयाँ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन : फ्रान्समा कोरोना संक्रमण उच्च दरमा बढ्न थालेको छ । शनिबार मात्रै फ्रान्समा एक लाखभन्दा बढी व्यक्तिमा कोरोना पुष्टि भएपछि सबैको चिन्ता बढेको छ ।

त्यहाँका स्वास्थ्य अधिकारीका अनुसार गत २४ घण्टामा एक लाख ४ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या एकै दिन देखिएको निकै उच्च रहेको बताइएको छ । तीब्र गतिमा कोरोना संक्रमण देखिन थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गरेको छ भने कयौं भिडभाड हुने स्थानमा जान बन्देज लगाएको छ ।

वर्ल्डोमिटरका अनुसार फ्रान्समा अहिलेसम्म एक लाख २२ हजार ५४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । उता कोरोना विरुद्धको खोप अभियान पनि त्यहाँ जारी रहेको छ भने ओमिक्रोनका संक्रमित पनि बढिरहेको बताइएको छ ।

थप समाचार