फ्रान्समा एकैदिन एक लाखभन्दा बढी नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन : फ्रान्समा कोरोना संक्रमण उच्च दरमा बढ्न थालेको छ । शनिबार मात्रै फ्रान्समा एक लाखभन्दा बढी व्यक्तिमा कोरोना पुष्टि भएपछि सबैको चिन्ता बढेको छ ।
त्यहाँका स्वास्थ्य अधिकारीका अनुसार गत २४ घण्टामा एक लाख ४ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या एकै दिन देखिएको निकै उच्च रहेको बताइएको छ । तीब्र गतिमा कोरोना संक्रमण देखिन थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गरेको छ भने कयौं भिडभाड हुने स्थानमा जान बन्देज लगाएको छ ।
वर्ल्डोमिटरका अनुसार फ्रान्समा अहिलेसम्म एक लाख २२ हजार ५४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । उता कोरोना विरुद्धको खोप अभियान पनि त्यहाँ जारी रहेको छ भने ओमिक्रोनका संक्रमित पनि बढिरहेको बताइएको छ ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान