नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
हेल्थ टिभी अनलाइन : नेपालमा पहिलोपटक लिंग परिवर्तन गर्ने शल्यक्रिया सम्पन्न भएको छ । ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया सेक्स चेन्ज अपरेसन सफल रुपमा गरिएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उक्त शल्यक्रिया गरिएको हो । सो विषयमा जानकारी दिन अस्पतालले आइतबार पत्रकार सम्मेलन गरेको थियो । उक्त पत्रकार सम्मेलनमा नेपालमै पहिलोचोटि सेक्स चेन्ज अपरेसन मेल टु फिमेल सम्पन्न गरिएको बताइयो ।
अस्पतालले जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रीय अंगको पुनर्निर्माण गरिएको जनाएको छ । अस्पतालले यस खालको शल्यक्रियाले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरेको छ । साथै यस्तो सेवा आगामी दिनमा विस्तार गर्दै लाने समेत जनाएको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड