Health TV Online
Health TV Online

जमुनाहा नाकामा ‘कोरोना’ हेल्थ डेस्क

जमुनाहा नाकामा ‘कोरोना’ हेल्थ डेस्क

बाँके : कोरोना भाइरसको संक्रमण् भित्रिन नदिन बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ ।

जमुनाह सीमानाका हुँदै नेपाल भित्रिनेहरूलाई भाइरस संक्रमण भए\नभएको जाँच गरिने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए।

आइतबारदेखि सञ्चालित डेस्कमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ। डेस्कले विशेषगरी ज्वरो आएका, रुघाखोकी लागेका र शंकास्पदको स्वास्थ्य परीक्षण गर्नेछ। यसका लागि दुईवटा इन्फारेड थर्मोमिटर प्रयोग गरिने जनाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

चीनबाट ल्याउने नेपालीलाई राख्ने सुरक्षित स्थान खोज्दै स्वास्थ्य मन्त्रालय

चीनबाट ल्याउने नेपालीलाई राख्ने सुरक्षित स्थान खोज्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं: सरकारले चीनबाट उद्धार गरेर ल्याउने नेपालीलाई राख्ने सुरक्षित स्थानको खोजी तिब्र बनाएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले यस्तो बताएका हुन्।

कोरोनाभाइरसको त्रासका कारण चीनको वुहानमा रहेका नेपालीले तुरुन्त उद्धार गर्न आग्रह गरेपछि उनीहरुलाई नेपाल ल्याउने तयारी तिब्र बनाएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने, उनीहरुलाई कसरी ल्याउने भन्ने विषयमा विभिन्न प्राविधिक समितिहरु बनाइएको छ । ती समितिले काम गरिरहेका छन्। सबैभन्दा महत्वपूर्ण कुरा स्थानको हो त्यसको टुंगो लाग्ने बित्तिकै उनीहरुलाई ल्याउँछौं । उनले थपे । उनले वुहानबाट ल्याउने नेपालीलाई दुई साता छुट्टै राख्नुपर्ने भएकाले त्यसका लागि केही सम्भावित स्थानमा भत्तपुरको विद्युत तालिम केन्द्र, बोडेमा रहेको कृषि तालिम केन्द्र, जावलाखेलमा रहेको स्टाफ कलेज वा आर्मीको ब्यारेक लगायतका स्थानको अनुगमन भइरहेकोतर टुंगो भने नलागेको बताए ।

अन्य देशले आफना नागरिकलाई चीनबाट उद्धार गरेर लाने क्रम बढेसँगै त्यहाँ रहेका नेपालीहरु पनि त्रसित बनेका हुन्।  कार्यक्रममा प्रवक्ता श्रेष्ठले चीनबाट नेपाली ल्याउन परराष्ट्र मन्त्रालय,चीन सरकार साथै चीनमा रहेको नेपाली दुताबास सबैको सहकार्य चाहिने भन्दै यसका लागि केही समय लाग्ने बताए ।  उनीहरुलाई नेपाल ल्याउँदा कोरोना भाइरससँगै आउँछ की भन्ने प्रश्नमा श्रेष्ठले चीनकै एअरपोर्टमा स्क्रिनिङ गरेर ल्याइने र यहाँ पनि एअरपोर्टमा स्क्रिनिङ गरिने हुँदा आत्तिननपर्ने बताए ।

यसैगरी स्वास्थ्य आपातकालिन तथा विपद व्यवस्थापन इकाई प्रमुख सागर दाहालले कोरोना भाइरस सक्रमण भएकालाई नभई स्वस्थ ब्यक्तिलाई लिएर आउने भएकाले रोग फैलिने सम्भावना नभएको बताए । उनले शंका लागेमा त्यहीं नै परीक्षण गरिने उपचार हुने भन्दै आत्तिहाल्नुपर्ने अवस्था नभएको जिकीर गरे । लक्षण नदेखिएको हकमा भने २ साता क्वारेन्टाइनमा राख्दा पक्ता लाग्ने पनि उनले जानकारी दिए ।

सरकाले नेपाल आउन चाहेका नेपालीलाई आइतबार ९ बजेसम्म फर्म भर्न लगाएको थियो । चीनमा रहेका १ सय ७० जनाले फर्म भरेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसका कारण हालसम्म चीनमा ३०४ जना र एक जनाको फिलिपिन्समा ज्यान गइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

‘सूर्तीजन्य पदार्थमुक्त’ नगर बनाउने अभियानमा भरतपुर महानगर

‘सूर्तीजन्य पदार्थमुक्त’ नगर बनाउने अभियानमा भरतपुर महानगर

चितवन: भरतपुर महानगर आफना नागरिकलाई स्वस्थ बनाउने अभियानमा अघि जुट्न थालेको छ । शुक्रबार महानगरले आयोजना गरेको एक कार्यक्रममा उसले महानगरलाई सूर्तीजन्य पदार्थमुक्त नगर बनाउने घोषणा गर्दै आठ बुँदे एजेण्डा अघि सारेको हो ।

नसर्ने रोग विरुद्ध लड्न एसिया प्रशान्त क्षेत्रका १२ देशका नगर प्रमुखहरुको अलायन्स बनाएसँगै भरतपुर महानगर पनि यसमा लागिरहेको छ । भरतपुर महानगरकी प्रमुख रेनु दाहालले एक वर्षभित्र भरतपुरलाई सूर्तीजन्य पदार्थमुक्त शहर बनाउन विभिन्न कार्यक्रम अघि सारेको बताइन्। उनले भनिन, ‘महानगरका नागरिकको स्वास्थ्यलाई प्रत्यक्ष हानी गर्ने सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न महानगरले कुनै कसर बाँकी राख्दैन्।’

एशिया प्यासिफिक सिटिज अलायन्स फर टोबाको कन्ट्रोल एण्ड एनसीडीज नाम दिइएको उक्त समूहमा भरतपुर पनि सदस्य नगर हो ।  यसकै पाँचौ एपीक्याट सम्मेलन आगामी डिसेम्बरमा भरतपुरमा हुँदैछ । उक्त अन्तराष्ट्रिय सम्मेलन हुनुअघि महानगरले भरतपुरलाई सूर्तीजन्य पदार्थ मुक्त नगर घोषणा गर्ने लक्ष्य लिएको छ । त्यसकै लागि महानगरले पहिलो चरणमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने र दोस्रो चरणमा बजार अनुगमन एवं कारवाहीसम्ममा जाने जनाएको छ ।

महानगरले पहिलो कार्यक्रम अनुसार एक साताभित्र सबै सरकारी कार्यालयमा सूर्तीजन्य पदार्थ निषेधित क्षेत्र लेखिएको स्टिकर अनिवार्य रुपमा टाँस्न लगाउने साथै सार्वजनिक स्थल र यसको १ सय मिटर वरपर सूर्तीजन्य पदार्थ विक्रिवितरण गर्न निषेध गर्ने लगायतका कार्यक्रम अघि सारेकाे छ ।

बैठकमा स्वास्थ्य मन्त्रालयका कानून उपसचिव पुष्करराज नेपालले सुर्तीजन्य पदार्थ सेवनकै कारण वर्षेनी २७ हजार बढी मानिसको मृत्यु हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताए । उनले भने, ‘कानून छ यसलाई कार्यान्वर्यन गरे मात्र पुग्छ ।’

बैठकमा सहभागी वडा अध्यक्षहरुले सूर्तीजन्य पदार्थसँगै मदिरा नियन्त्रणमा पनि लाग्नुपर्ने बताएका थिए । बैठकमा भरतपुरका सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, उद्योग संघका प्रतिनिधी, सरसफाई अभियन्ता लगायतको उपस्थिती थियो । नेपालमा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानून भए पनि यसको कार्यान्वर्यन पक्ष भने निकै फितलो देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

फैलिँदै कोरोना भाइरस: मृत्यु हुनेको संख्या ३०४ पुग्यो

फैलिँदै कोरोना भाइरस: मृत्यु हुनेको संख्या ३०४ पुग्यो

एजेन्सी : कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३०४ पुगेको छ । शनिबारसम्म १४ हजार ३ सय ८० जना कोरोना भाइरस संक्रमित भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

३१ वटा प्रान्तमा फैलिएको कोरोना भाइरसको संक्रमण भएर आउनेकाे संख्या अझै बढ्ने अनुमान विज्ञहरुले गरेका छन्।

संक्रमित मध्ये ३ सय २८ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेको पनि आयोगले जनाएको छ । शनिबार मात्रै ८५ जना कोरोना संक्रमण भएका बिरामी डिस्चार्च भएर घर फेर्केका छन्। त्यसमा ४ वर्षकी एक बालिका पनि छिन्।

थप समाचार

चीनकाे वुहानमा रहेका सबै नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिने

चीनकाे वुहानमा रहेका सबै नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिने

काठमाडौं: कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको हुबे प्रान्तकाे वुहानमा रहेका सबै नेपाली नागरिकको उद्धार गरिने भएको छ।

शनिवार बेइजिङस्थित नेपाली दूतावासले एउटा सूचना जारी गर्दै हुबेमा रहेका नेपालीहरूको उद्धार गर्ने र इच्छुक व्यक्तिलाई त्यसका लागि आइतबार विहान ९ बजेसम्म फर्म भर्न आग्रह गरेको छ ।

काेराेना भाइरसकका कारण धमाधम मानिसकाे मृत्यु हुन थालेपछि त्यहाँ  रहेका नेपालीहरूले आफूहरूलाई तत्काल उद्धार गर्न सरकारसँग माग गरेका थिए।

नेपालीहरूको उद्धारका लागि एउटा विशेष चार्टर्ड विमान पठाइन लागेको र त्यसबारे विस्तृत विवरण चाँडै सार्वजनिक गरिने दूतावासद्वारा जारी सूचनामा जनाइएको छ।

चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसलाई विश्व स्वास्थ्य सङ्गठनले  पनि विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरिसकेकाे छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

चिकित्सक संघ निर्वाचन : दोस्रो दिन खस्यो ८३० मत

चिकित्सक संघ निर्वाचन : दोस्रो दिन खस्यो ८३० मत

काठमाडौं : नेपाल चिकित्सक संघको उपत्यका भित्रको निर्वाचनको दोस्रो दिन आज ८सय ३० मत खसेको छ । शुक्रबारदेखि शुरु भएको उपत्यकाको मतदानको पहिलो दिन हिजो भने जम्मा ३ सय २६ मत खसेको थियो।

संघको मतदानको दोस्रो दिन मतदान केन्द्रमा मतदाताहरुको निकै भिडभाड थियो । विहान ११ बजे देखि शुरु भएको आजको मतदान ४ बजेसम्म पनि नसकिने भएपछि निर्वाचन समितिले एक घण्टा समय थप गर्नुपरेको थियो । हिजोबाट शुरु भएको मतदान मंगलबार सम्म चल्नेछ । उपत्यका बाहिरको हकमा भने यसअघि नै मतदान भइसकेको छ ।

संंघको आगामाी कार्यसमितिका लागि लोकतान्त्रिक समूहबाट डा लोचन कार्की र पेशागत समावेशी समूहबाट डा पुष्पमणी खरालको टिम चुनावी मैदानमा छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

उच्च रक्तचापबाट बच्न उमेर छँदै दिनुस् ध्यान

उच्च रक्तचापबाट बच्न उमेर छँदै दिनुस् ध्यान

के हो उच्च रक्तचाप?

जब हृदयले पम्प गर्छ त्यसपश्चात् रक्तनलीहरू धमनीमा रगतको प्रवाह हुन्छ। हृदयको अधिक कार्यका कारण रगत बग्ने धमनीहरूमा धेरै तनावका कारण चाप बढ्ने रोग उच्च रक्तचाप हो।

कसरी पत्ता लगाउने?

सामान्य रूपमा मानिसको रक्तचाप १२०\८० मिमी एचजी हुन्छ। तर १४०\९० मिमी एचजी वा सो भन्दा धेरै भएमा उच्च रक्तचाप मानिन्छ। यदि एक हप्ता भन्दा बढी वा सोभन्दा बढी नियमित रूपमा १४०\९० मिमी एचजी भन्दा बढी भएमा उच्च रक्तचापको बिरामी मानिन्छ।

उच्च रक्तचापको लक्षण

कहिलेकाहीँ लक्षणको अभावमा उच्च रक्तचाप पत्ता नलाग्ने हुन्छ। उच्च रक्तचाप पत्ता लगाउन नियमित रूपमा रक्तचापको मापन गर्नुपर्छ। लक्षणको अभावको कारणले नै यो रोग घातक रूप लिन्छ। केही अनुभव हुने लक्षण यस्ता छन्–

शिरमा भारीपन हुने वा विना भारीपन टाउको दुख्ने

थकान एवं भ्रमको स्थिति

आँखा वा दृष्टिमा समस्या

मुटु दुख्ने

सास फेर्न कठिनाइ

रिंगटा लाग्ने

पिसाबमा रगत आउने

छाती घाँटी एवं कानमा पीडा

र, सन्तुलनमा कमी।

को–को यसका रोगी हुन सक्छन्?

आयु बढ्दै गएपछि उच्च रक्तचापको जोखिम बढ्दै जान्छ। पुरुषमा शुरुवातको मध्यायुमा उच्च रक्तचापको जोखिम बढ्छ। महिलामा भने महिनावारी तथा रजोनिवृत्तिपछि उच्च रक्तचाप हुने जोखिम बढी हुन्छ।

पारिवारिक इतिहासको कारणले पनि हुनसक्छ।

धेरै तौल वा मोटोपनले रक्तचाप पनि बढ्दै जान्छ।

शारीरिक गतिविधि अभावको कारणले मोटोपन हुने जोखिम धेरै हुन्छ जसका कारणले रक्तचाप वृद्धि हुन्छ।

अत्यधिक मद्यपान र लागूपदार्थ सेवनले रक्तचाप वृद्धि हुन्छ।

धेरै नुन खाने बानीले पनि रक्तचाप वृद्धि हुन्छ।

आहारमा पोटासियमको मात्रा कम हुनाले रक्तचाप वृद्धि हुन्छ।

अनावश्यक तनाव लिनाले अस्थायी रूपमा रक्तचाप अस्वाभाविक रूपमा वृद्धि हुन्छ।

महिलाहरूमा गर्भावस्थाको समयमा उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ।

नियन्त्रणका उपाय

पहिल्यै देखि नै उच्च रक्तचाप भएमा त्यसलाई बढ्नबाट रोक्नु नै यो रोगको नियन्त्रण गर्ने उपाय हो। १८ वर्षको उमेरदेखि नै रक्तचापको नियमित जाँँच गर्नु उपयुक्त हुन्छ। यसका साथै यी उपाय अपनाउनु लाभदायी हुन्छ–

धेरै वजन हुने व्यक्तिले वजन कम गर्ने।

सम्भव भएमा हप्तामा ५ दिन २० मिनेटसम्म नियमित व्यायाम गर्ने।

धूमपान नगर्ने।

मद्यपान नगर्ने।

चिल्लो, नुनिलो र बोसोयुक्त खाना कम गर्ने।

फलफूल, सागपात एवं कम बोसो र दूधयुक्त उत्पादन सेवन धेरै गर्ने।

मधुमेहको बिरामीहरूले रगतमा रक्तशर्करा (सुगर)को स्तर नियन्त्रण गर्ने।

मानसिक तनाव कम गर्ने र योग, ध्यान र प्राणायाम अभ्यास गर्ने।

जडिबुटीको प्रयोग

उच्च रक्तचाप नियन्त्रणका लागि विभिन्न जडिबुटिको प्रयोग गर्न सकिन्छ। सर्पगन्धा, अर्जुन, रुद्राक्ष, अश्वगन्धा, जटामासी, लसुन, गाजर, अदुवा, दालचिनी, सुकुमेल, हरिद्रा, मृङ्गराज र मण्डूपर्णी। यीमध्ये कुनै जडिबुटी स्वास्थ्यकर्मीको सल्लाहमा प्रयोग गर्न सकिन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना भाइरस संक्रमणमा सतर्कता : उच्चस्तरीय तीन समिति गठन

कोरोना भाइरस संक्रमणमा सतर्कता : उच्चस्तरीय तीन समिति गठन

काठमाडौँ :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण लक्षित उच्चस्तरीय तीन समिति गठन गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति र स्वास्थ्य सचिव खगराज बरालको अध्यक्षतामा निर्देशक समिति गठन गरिएको हो। यस्तै मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको छ।

उच्चस्तरीय अनुगमन समितिले कोरोनाको रोकथामको लागि विभिन्न निकायले गरिरहेका कामहरूको अनुगमन गर्नेछ।

समितिको सदस्यहरूमा  विभिन्न मन्त्रालयका सचिव तथा महाशाखा प्रमुख रहने बताइएको छ। समितिमा मन्त्रालयका तीनवटै विभागका महानिर्देशक, महाशाखाका निर्देशक, टेकु अस्पतालका निर्देशक, स्वास्थ्य अन्तर्गतका परिषद्का अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना भाइरस संक्रमण : उहानमा खुले ७० स्वास्थ्य केन्द्र

कोरोना भाइरस संक्रमण : उहानमा खुले ७० स्वास्थ्य केन्द्र

मध्य चीनमा पर्ने हुबेइ प्रान्तमा नोबेल कोरोना भाइरसको संक्रमणको उपचारका लागि ७० भन्दा बढी नयाँ स्वास्थ्य सेवा केन्द्र खोलिएको छ।

उहानको बाहिरका इलाकामा आपतकालीन प्रयोगका लागि अस्पतालहरूले नयाँ  केन्द्र विस्तार गरेको प्रान्तका प्रमुख जियांग चाओलिङ बताए।

यी स्वास्थ्य केन्द्रहरूले ग्रामीण इलाकामा कोरोना भाइरसका कारण भएको निमोनियासँग लड्न मद्दत पुर्याउने बताइएको छ।

अधिकारीहरूका अनुसार गाउँ समुदायमा प्रशिक्षण सत्र सञ्चालन गरी जनचेतना बढाइएको छ।  यहाँ ग्रामीण क्षेत्रमा फर्किएका मानिसको दैनिक तापक्रम नाप्ने र स्वास्थ्य अवस्थाको जाँच गर्ने बताइएको छ।

हुबेइ प्रन्तमा हालै मात्र कोरोना भाइरसका कारण एक हजार २२० नयाँ संक्रमित भएका र बिहीवार मात्र पनि थप २४ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

चिनियाँ स्वास्थ्य अधिकारीहरूकाअनुसार बिहीबार अबेर रातिसम्म यस भाइरसबाट २१३ जनाको मृत्यु भएको र ९ हजार ६९२ जना संक्रमित छन्।

थप समाचार

कोरियाबाट फर्किएका एक नेपालीमा ‘कोरोना’ आशंका, धरानले पठायो टेकु अस्पताल

कोरियाबाट फर्किएका एक नेपालीमा ‘कोरोना’ आशंका, धरानले पठायो टेकु अस्पताल

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक बिरामीलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा पठाएको छ।

उच्च ज्वरो र घाँटीको दुःखाइका कारण उनी बिहीवार उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा  भर्ना भएका थिए। उनलाई बिहीबार साँझ नै काठमाडौँ पठाएको आकास्मिक कक्षका प्रमुख डा‍. ज्ञानेन्द्र मल्लले जानकारी दिए। उपचारका लागि आएको बिरामीलाई तीन दिनदेखि १०३ डिग्रीसम्म ज्वरो आएको उनले बताए।

धरान–११ घर भएका उनी पाँच दिनअघि मात्र दक्षिण कोरियाबाट नेपाल आएको बताइएको छ। भाइरसको श‌ंका गरेपछि मेडिसिन विभाग र प्रतिष्ठानको विज्ञ टोलीसँगको परामर्शमा उनलाई परीक्षणका लागि टेकु पठाइएको डा‍. मल्लको भनाइ छ।

प्रतिष्ठानमा कोरोना भाइरस भए नभएको परीक्षण गर्ने किट छैन। प्रतिष्ठानले बिहीवार नै अस्पताल निर्देशकको संयोजकत्वमा १२ सदस्यीय र्यापिड रेस्पोन्स टिमसमेत बनाएको छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

चिकित्सक संघको निर्वाचन : पहिलो दिनको मतदान

चिकित्सक संघको निर्वाचन : पहिलो दिनको मतदान

काठमाडौं : नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि काठमाडौं उपत्यकाभित्र मतदान शुरु भएको छ।

मतदान संघको केन्द्रीय कार्यालय बागबजारमा शुक्रवार बिहान ११ बजेदेखि ४ बजेसम्म मतदान भएको हो। मतदान पाँच दिन चल्नेछ।

नयाँ नेतृत्वका लागि डा. पुष्पमणी खराल र डा. लोचन कार्कीको समूह चुनावी मैदानमा छ।

मतदानको पहिलो दिन यस्तो दृश्य देखियो–

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कपिलवस्तुमा जडीबुटी खेती प्रवर्धन कार्यक्रम

कपिलवस्तुमा जडीबुटी खेती प्रवर्धन कार्यक्रम

कपिलवस्तु : पश्चिम नवलपरासीमा व्यावसायिक जडीबुटीखेती थालिएपछि प्रोत्साहनका लागि सरकारले जडीबुटीखेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। संघ र प्रदेश सरकारले जडीबुटीखेती प्रवर्धनका लागि बजेट पठाएको डिभिजन वन कार्यालयले जनाएको छ।

प्रदेश सरकारमार्फत सञ्चालन हुने कार्यक्रमअन्तर्गत जिल्लामा पाँच हेक्टरमा जडीबुटी खेती गरिनेछ। यसका लागि चार जडीबुटी कृषक समूह छनोट भएका छन्। समूहसँग सम्झौता गरी कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ।

कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान भई सामुदायिक वनसहित छ जडीबुटी समूह छनोट भएका छन्। संघीय सरकारबाट प्राप्त कार्यक्रमअन्तर्गत दुई समूहलाई एक\एक लाखका दरले अनुदान दिइनेछ। विशासय सामुदायिक वन उपभोक्ता समूह सुनवल–६ र बर्दघाट– २ र ३ मा जडीबुटी कृषक समूह छनोट भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी प्रज्ञा पौडेलले जानकारी दिइन्।

विशासय सामुदायिक वनले बेलको संरक्षण गर्दै पाँच वर्षदेखि बेलको जुस उद्योग सञ्चालन गर्दै आएको छ। कार्यक्रममार्फत उद्योगले मेसिनरी सामान खरिद गर्नेछ। जडीबुटी समूहले निजी जग्गा भाडामा लिएर मेन्थाखेती गर्न लागेको पौडेलले बताए। मेन्थाखेती गर्न सम्झौता भइसकेको छ।

स्थानीयस्तरमै जडीबुटीको माग बढ्दै गएपछि पश्चिम नवलपरासीका विशेषगरी सामुदायिक वनमा व्यावसायिक जडीबुटी खेती हुँदै आएको छ। जिल्लाको बर्दघाट–२ स्थित चिसापानी सामुदायिक वनले उद्योग सञ्चालन गरी स्थानीयस्तरमा पाइने जडीबुटीबाट सुगन्धित तेल उत्पादन गर्दै आएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

औषधि पसलमा आगजनी

औषधि पसलमा आगजनी

धनुषा : जनकपुरधामस्थित एक औषधि पसलमा आगजनी भएको छ।

प्रादेशिक अस्पताल अगाडि रहेकाे कल्याण औषधि पसलमा आगजनी भएको हो।

पसलको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको पाइएको प्रहरीले बताएको छ।

आगो किन र कसले लगायाे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतीकात्मक तस्विर

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

चीनमा रहेका नेपाली विद्यार्थी भन्छन्, टुहुरो महशुस भयाे

चीनमा रहेका नेपाली विद्यार्थी भन्छन्, टुहुरो महशुस भयाे

चीनको वुहान सहरबाट शुरु भएर विभिन्न देशमा फैलिएको नयाँ कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संगठननले विश्वव्यापी स्वास्थ्य संकट घोषणा गरेका बेला वुहानमा रहेका नेपाली विद्यार्थीहरूले ‘टुहुरो महशुस गरेको’ बताएका छन्।

वुहानबाट बीबीसीको सम्पर्कमा आएका नेपाली विद्यार्थीहरूले नेपाल सरकारले हालसम्म आफूहरूको उद्धारका लागि कुनै कदम नचालेको भन्दै निराशा व्यक्त गरेका हुन्।

वुहानस्थित ह्वाङ्जुङ यूनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी (हस्ट) मा इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नेपाली विद्यार्थी सम्पत न्यौपानेले भने, ‘हामी शारीरिक रूपमा सुरक्षित छौँ, तर आफ्नै कोठा वरपर भएका साथीहरू गइसके।’

‘शुरुमा अमेरिका र फ्रान्सले उनीहरूका नागरिक लग्दा हामीलाई डब्लूएचओको भन्दा उच्च मापदण्ड भएका देशले मात्र उद्धार गरेका हुन् जस्तो लागेको थियो’, उनी भन्छन्, ‘तर अहिले भारत, बंगलादेश र श्रीलंकाजस्ता देशले पनि लान थाले।’

टुहुरो महशुस

आफ्नै छात्रावासमा बस्ने अन्य देशका विद्यार्थी स्वदेश फर्केपछि नेपालीहरू चरम मानसिक तनावमा परेको न्यौपानेले बताए।

‘बेइजिङस्थित नेपाली राजदूतज्यूसँग हाम्रो कुराकानी भएको थियो’, उनले भने, ‘उहाँ अभिभावकत्व लिन्छु भन्नुहुन्छ, तर हामीलाई यहाँ टुहुरो बच्चाजस्तो महशुस भइरहेको छ।’

सोही विश्वविद्यालयमा बायोकेमिस्ट्रीमा विद्यावारिधि गर्दै गरेका सरोज खनाल पनि नेपालका छिमेकी मुलुक र नेपालजस्तै गरिब भनिएका देशले पनि आफ्ना नागरिकलाई उद्धार गर्दा नेपालले बेवास्ता गर्दा मानिसक तनाव उत्पन्न भएको बताए।

‘हामीले चीन सरकारले बस्न र खान दिएन भनेर त भनेकै होइनौँ नि!’ उनले भने, ‘तर कम्तीमा सरकारले हाम्रो कुरा सुनोस् र हामीलाई नेपालमा लगेर आइसोलेसनमा राखोस् भन्ने चाहेका हौँ।’ त्यस्तो गरे आफूहरूको मानसिक तनाव कम हुने उनको भनाइ छ।

शंका

नेपाल सरकारले बेवास्ता गर्नुमा दूतावासले सही सूचना उपलब्ध नगराएको हुन सक्ने नेपाली विद्यार्थीहरूको शंका छ।

‘हामीलाई यहाँ जेलमा बसेको जस्तो महसुस भइरहेको छ’, खनालले प्रश्न गरे, ‘तर सरकारले किन बंगालादेश, श्रीलंका र माल्दिभ्सजस्ता देशले आफ्ना नागरिकको उद्धार गर्दा पनि हामीलाई वास्ता गर्दैन?’

बीबीसी नेपालीबाट

थप समाचार

पोखरामा बन्दै त्रिविको शिक्षण अस्पताल

पोखरामा बन्दै त्रिविको शिक्षण अस्पताल

कास्की : गण्डकी प्रदेशको राजधानी पोखरामा त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याउने भएको छ। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको पोखरा नर्सिङ क्याम्पसले शिक्षण अस्पताल खोल्न लागेको हो ।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बिहीवार अस्पताल भवन शिलान्यास गरे। क्याम्पसले ३०० शय्या भएको सुविधासम्पन्न अस्पताल बनाउन लागेको जनाएको छ। २३ रोपनी १२ आना जग्गामा एक अर्ब २६ करोड लागतमा अस्पताल भवन बनाउन लागेको क्याम्पस प्रमुख नीता ताम्राकारले बताइन्।

त्रिविले राजधानी काठमाडौँपछि पहिलोपटक पोखरामा शिक्षण अस्पताल स्थापना गर्न लागेकाे  हो।  क्याम्पसले आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।

३०० शय्याबाट अस्पतालको सेवा शुरु गरेर भविष्यमा ५०० शय्या पुर्याउने योजना रहेको ताम्राकारले  जानकारी दिइन्। शिक्षण अस्पतालमा नर्सिङका साथै पछि एमबिबिएस, एमडीसम्मको अध्यापन गर्ने लक्ष्य रहेको उनकाे भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मिर्गौलारोगले थलिएका शिक्षकलाई विद्यार्थीको सहयोग

मिर्गौलारोगले थलिएका शिक्षकलाई विद्यार्थीको सहयोग

झापा : शिक्षक मिर्गौला रोगले थलिएपछि विद्यार्थीले रकम संकलन गरी प्रदान गरेका छन्।

अर्जुनधारा नगरपालिका–५ फूलबारीका भानु माध्यमिक विद्यालयमा अध्ययनत पूर्वविद्यार्थीले विद्यालयका पूर्वप्रधानाध्यापक ताराप्रसाद सञ्जेललाई तीन लाख तीन हजार २१५ रुपैयाँ प्रदान गरेका हुन्।

विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका मेची भन्सार कार्यालय झापाका प्रमुख कर अधिकृत ध्रुवराज विश्वकर्माले नगद हस्तान्तरण गरे।

पूर्वविद्यार्थी देवराज बुढाथोकीले प्रधानाध्यापक सञ्जेलले आफूहरुलाई शिक्षाको ज्योति छरेर आफूहरूलाई सक्षम बनाउने गुरूलाई सहयाेग गर्नु कर्तव्य भएकाे बताए। विद्यालयका पूर्वविद्यार्थी तथा अर्जुनधारा नगरपालिका–५ का वडाध्यक्ष ध्यानवहादुर भारतीले सहयोग गर्न आग्रह गरे।

पूर्वप्रधानअध्यापक सञ्जेलले असल संस्कार हराइरहेका वेला अरुलाई समेत प्रेरणा हुनेगरी देखाएको सद्भावले खुशी भएको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना भाइरसविरुद्धको खोप प्रयोगयोग्य हुन तीन महिना लाग्ने

कोरोना भाइरसविरुद्धको खोप प्रयोगयोग्य हुन तीन महिना लाग्ने

चिनियाँ अधिकारीहरूले कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा ल्याउन तीन महिना लाग्ने बताएका छन् ।

चिनियाँ विषेशज्ञ लि लाङजुनले कम्तीमा तीन महिनामा खोप परीक्षणमा ल्याउन सकिने आशा गर्न सकिने जानकारी दिएका हुन्।

‘हामी अहिले कोरोना भाइरसका पाँच स्वरूप छुट्याउन सफल भएका छौँ’, उनले भने, ‘यसमध्ये दुई यसको खोप निर्माणका लागि उपयोगी देखिएका छन्।’

चिनियाँ समाचार संस्था सिन्ह्वासँग कुरा गर्दै लाङजुनले खोपको विकासका लागि प्रक्रियागत काम भइरहेको बताए।

कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म २१३ जनाको ज्यान गइसकेको छ भने आठ हजार मानिस संक्रमित भएका छन्।

थप समाचार

प्रदेश ५ मा जनस्वास्थ्य प्रयोगशाला कार्यालय स्थापना

प्रदेश ५ मा जनस्वास्थ्य प्रयोगशाला कार्यालय स्थापना

रूपन्देही : बुटवलको रामनगरमा ‘प्रदेश जनस्वास्थ्य प्रयोगशाला’स्थापना गरेको छ ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बिहीबार प्रयोगशाला उद्घाटन गरे। उनले मन्त्रालयले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको बताए।

मन्त्रालयका सचिव डा. गोपीकृष्ण खनालले तीन तहका सरकार मिलेर स्वास्थ्य सेवालाई एकीकृत ढंगले लैजान आवश्यक रहेको धारणा राखे। तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले प्रदेशस्तरीय प्रयोगशालाको लागि तिलोत्तमा नगरपालिका जग्गा दिन तयार रहेको बताए।

प्रयोगशाला कार्यालयका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले कार्यालयमा अहिले १२ जनाको दरबन्दी रहेको जानकारी दिँदै केही दिनमै नमुना लिन शुरु गर्ने जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

पहिले पनि पाँच पटक घोषणा भइसकेको छ ‘स्वास्थ्य संकटकाल’

पहिले पनि पाँच पटक घोषणा भइसकेको छ ‘स्वास्थ्य संकटकाल’

कोरोना भाइरस संक्रमणका कारण २१३ जनाको मृत्यु र करिब आठ हजार संक्रमित भएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ।

यसअघि डब्लुएचओले विभिन्न संक्रमणका घटनामा पाँच पटक विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको थियो।

सन् २००९

सन् २००९ मा फैलिएको एचवनएनवन भाइरसले दुई लाख मानिसको ज्यान लिएको थियो। विश्वले यसको गम्भीरतापूर्वक नियन्त्रण गर्न सकोस् भनेर स्वास्थ्य संकटकाल घोषणा गरियो।

सन् २०१४

सन् २०१२ मा उन्मूलनको संघारमा पुगेको पोलियोको संक्रमण २०१३ मा बढ्यो। उन्मूलनको प्रयासमा धक्का लाग्न सक्ने ठानिएर संकटकाल घोषणा गरियो।

सन् २०१६

खासगरी दक्षिण र उत्तर अमेरिकी महादेशमा द्रुत गतिमा फैलिएपछि डब्ल्यूएचओले जनस्वास्थ्य संकटकाल घोषणा गरेको थियो।

सन् २०१४ 

इबाेला संक्रमणलाई संकटकाल घोषणा गरिएको थियो। सन् २०१४ को अगस्टदेखि सन् २०१६ को मार्चसम्म पश्चिम अफ्रिकी देशहरूमा ३० हजार मानिस प्रभावित भए। ११ हजार भन्दा धेरैको ज्यान गयो।

सन् २०१९

प्रजातान्त्रिक गणतन्त्र कंगाेमा इबाेला संक्रमण फैलिएपछि गत वर्ष पनि संकटकाल घोषणा भयो।

थप समाचार

कोरोना भाइरस संक्रमण : विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

कोरोना भाइरस संक्रमण : विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनबाट फैलिएको नयाँ कोरोना भाइरस संक्रमणले विश्वव्यापी स्वास्थ्य संकट निम्त्याएको घोषणा गरेको छ।

२०० जनाभन्दा बढीको ज्यान लिइसकेको संक्रमणलाई विश्वव्यापी संकट घोषणा गर्नुपर्नाको मुख्य कारण चीनबाहिर त्यसको सम्भाव्य फैलावट रहेको बताइएको छ।

उक्त संक्रमणका कारण मृत्यु हुनेको संख्या २०० नाघेको चिनियाँ अधिकारीहरूले बताउँदै गर्दा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसका कारण विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको हो। अहिलेसम्म कम्तीमा २१३ जनाको मृत्युको भएको पुष्टि भइसकेको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त घोषणा गर्नुका पछाडि मुख्य कारण चीनबाहिर यसको अवस्थालाई लिएर भएको बताएका छन्।

चीनबाहेक अन्यत्र नेपालसहित १८ देशमा ९८ जनामा संक्रमण भएको पाइएको छ। तर चीनबाहिर यसका कारण कसैको ज्यान गएको छैन। विश्व स्वास्थ्य संगठनले कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकहरूमा यो भाइरस फैलिनसक्ने त्रास रहेको बताएकाे छ।

बीबीसी

थप समाचार

ताजा अपडेट