स्टार अस्पताल खोप केन्द्रमा कोरोनाको बुस्टर डोज लगाउँदै फ्रन्टलाइनर (फोटोफिचर)
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यही माघ २ गतेदेखि कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने फ्रन्टलाइनरलाई कोरोना विरुद्धको बुस्टर डोज खोप दिने निर्णय गरेसँगै धमाधम खोप अभियान चलिरहेको छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शववाहन चालक, सञ्चारकर्मी, सफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विमानस्थलमा कार्यरत कर्मचारी, बैंकका कर्मचारी लगायतलाई कोरोना विरुद्धको बुस्टर डोज दिने निर्णय गरिएको हो । बुधबार सानेपास्थित स्टार अस्पतालमा रहेको खोप केन्द्रमा खोप लगाउनेहरु बुस्टर खोप लगाउन पाएपछि दंग देखिएका थिए ।
हेरौं केही तस्वीरहरु :









आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम