नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन कार्यक्रम
हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले क्यान्सरबारे सचेतना फैलाउन विभिन्न कार्यक्रम गर्दै आएको छ । त्यही मध्ये बुधबार विश्व क्यान्सर दिवसको अवसर पारेर दीप प्रज्वलन कार्यक्रम समेत गरेको हो । क्यान्सरबाट मृत्यु भएको व्यक्तिहरुको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले जानकारी दिए ।
अस्पताल प्रांगणमा आयोजना भएको उक्त कार्यक्रममा डा श्रेष्ठले क्यान्सरसगँ डराउने नभई सामना गर्न तयार हुन आग्रह गरे । उनले अझै पनि क्यान्सर धेरै फैलिसकेपछि मात्र उपचारमा आउने हुँदा कतिलाई बचाउन नसकेको जिकीर गरे । यदि बिरामी सुरुकै अवस्थामा आएमा क्यान्सर निको हुने पनि उनले जानकारी दिए ।

कार्यक्रममा क्यान्सर विजेता, विशेषज्ञ डाक्टर, अस्पतालका कर्मचारी तथा स्थानीयको उपस्थिती रहेको थियो । कार्यक्रममा बेलुनमा क्यान्सर अस्पतालको ब्यानर राखेर उडाइएको थियो । उक्त ब्यानर भेटेर अस्पतालमा आउनेलाई क्यान्सरको सम्पूर्ण स्क्रिनिङ नि:शुल्क हुने समेत जनाइएको छ । कार्यक्रममा आएका सबैले दीप प्रज्वलन गरेका थिए ।








किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण