मधुमेह दिवसमा ह्याम्स अस्पतालको वाकाथन (फोटोफिचर)
हेल्थ टिभी अनलाइन : आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस। दिवसको अवसरमा काठमाडौंको ह्याम्स अस्पतालले वाकाथन कार्यक्रम गरेको छ। अस्पतालबाट निस्किएको र्याली धुम्बाराही, सुकेधारा हुँदै नारायणगोपाल चोक पुगेर पुनः अस्पतालमै आएर टुंगिएको थियो।

प्रभातफेरीपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै मधुमेह रोग विशेषज्ञ डा विनय भट्टराईले मधुमेहका बिरामीले यस रोगलाइ बेलैमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । धेरै जसोमा लक्षण नै नदेखिने हुँदा नियमित सुगर परीक्षण गर्नमा उनले जोड दिए । उनले मधुमेहलाई बेलैमा उपचार नगरे थप जटिलता ल्याउने हुँदा यसमा बेलैमा सजग हुन पनि आग्रह गरे ।

कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक, विभिन्न विभागका चिकित्सक तथा कर्मचारीको उपस्थिति रहेको थियो।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण