अस्पतालका भित्तामा हराइरहेका आफन्तको खोजी
हेल्थ टिभी अनलाइन : बुधबार भोटेकोशी नदीमा आएको बाढीमा परि हराइरहेका आफन्त खोज्दै त्रिवि शिक्षण अस्पताल महाराजगंज परिसरमा हरेक दिन भिडभाड हुने गरेको छ । आफना आफन्तको खोजी गर्दै कयौंले आफना प्रियजनको फोटो तथा नंबर भित्तामा टाँसिरहेका छन् । यसैगरी कतैबाट घाइते अवस्थामा अस्पतालमा ल्याइएको छ की भन्दै सोही फोटो देखाउँदै अस्पताल प्रशासनसँग सम्पर्क गरिरहेका छन् । विगत ५ दिनदेखि यो उनीहरुको दैनिकी बनेको छ ।
उता अस्पतालले पनि अस्पतालमा पोष्टमार्टमा लागि ल्याइएका शवको फोटो आफन्तका लागि पहिचान गर्न सजिलो होस भनेर छुट्टै भित्तामा टाँसिरहेको छ । साथै उपचार भइरहेकाहरुको पनि फोटो सार्वजनिक गरेको छ । धेरै आफन्तहरु घाइतेको लिस्टमा आफनो मान्छे छ की भन्दै हेरिरहेका देखिन्थे ।
अस्पतालमा एम्बुलेन्समा हरेक नयाँ बिरामी ल्याइँदा उनीहरुको आँखा उतै जान्थ्यो कतै मेरै मान्छे पो होकी ?













औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम