स्वास्थ्य मन्त्रालयको भवन पूर्ण रुपमा नष्ट, अझै आइरहेको छ आगोको राप
हेल्थ टिभी अनलाइन : जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लगाएको आगोको राप ५ दिन भइसक्दा पनि अझै बाँकी छ ।
अहिले पनि मन्त्रालय भित्र पस्दा तातो रापले पोलिरहेको छ । यसैगरी जलेर नष्ट भएका गाडीहरुबाट पनि तातो राप आइरहेको देखिन्छ भने केही स्थानमा अहिले पनि धुँवा पुत्ताइरहेको देखिन्छ । जेनजी आन्दोलनका दोस्रो दिन भदौ २४ गते अराजक समूह मन्त्रालयलमा पसेर आगो लगाउने, तोडफोड गर्ने तथा लुटपाट गर्ने गरेका थिए । मन्त्रालयका अधिकांश सामान लुटिएका छन् ।

आगजनीले स्वास्थ्य मन्त्रालयको भवनसँगै त्यहाँका महत्वपूर्ण कागजात तथा सिस्टम जलेर पूर्ण रुपमा नष्ट भएको स्वास्थ्य सचिव डा विकास देवकोटाले बताए । उनले भने, ‘विडम्बना त हामी प्रदर्शनका घाइतेको कसरी सहज उपचार गर्ने भन्ने विषयमा गम्भीर छलफलमा भएकै बेला हाम्रै कार्यालयमा आगो लगाइयो । भवनमा आगो लागे पनि स्वास्थ्य सेवा सहज बनाउन मन्त्रालयले कुनै कसर बाँकी नराखेको पनि उनले जानकारी दिए ।

मन्त्रालयको भवन खरानीमा परिणत भएपछि अहिले स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सेवा दिइरहेको पनि उनले जानकारी दिए ।







किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण