Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्तन क्यान्सरबारे सचेतना जगाउन अक्टोबर महिनाभर ‘पिंक्टोबर सेलिब्रेसन’

स्तन क्यान्सरबारे सचेतना जगाउन अक्टोबर महिनाभर ‘पिंक्टोबर सेलिब्रेसन’

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्तन क्यान्सरबारे सचेतना जगाउन अक्टोबर महिनालाई ‘पिंक्टोबर’ महिना अर्थात गुलाबी महिनाका रुपमा मनाउने गरिन्छ । यो महिनाभर सबैले गुलाबी रङको कपडा लगाएर स्तन क्यान्सरबारे सचेतना जगाउने गरेको पाइन्छ ।

शुक्रबार काठमाडौंमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले हार्डरक क्याफे दरबारमार्गसँगको समन्वयमा स्तन क्यान्सरबाट बच्न उपनाउनुपर्ने उपायकाबारेमा बृहत छलफल कार्यक्रम ‘पिंक्टोबर सेलिब्रेसन’ गरेको हो । जहाँ सहभागी सबैले गुलाबी रङको कपडा लगाएर आएका थिए ।

उक्त कार्यक्रममा अस्पतालका स्तन क्यान्सर विशेषज्ञ डा कपेन्द्र शेखर अमात्य र प्रफुल्ल शाक्यले स्तन क्यान्सरबाट बच्ने उपाय भनेकै नियमित परीक्षण रहेको बताएका थिए । उनीहरुले हरेक महिलाले आफैले आफनो स्तन परीक्षण गरेमा केही लक्षण देखिहाले सुरुमै पत्ता लाग्ने जिकीर गरे । सुरुकै अवस्थामा पत्ता लागेमा स्तन क्यान्सर निको हुने उनीहरुको भनाई थियो ।

कार्यक्रममा स्तन क्यान्सरबाट निको भएका सर्भाइभरहरुले आ -आफनो उपचार अनुभूति सुनाउँदै मनोबल उच्च गराएर सुरुमै उपचार गरेमा क्यान्सरबाट मुक्त हुन सकिने बताएका थिए । नेपाल क्यान्सर सपोर्ट ग्रुप तथा उपचारका लागि सहयोगी हातहरु नामक संस्थाको समेत सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

अक्टोबर महिनालाई पिंक्टोबर महिनाका रुपमा लिई विभिन्न अन्य कार्यक्रमहरु पनि आयोजना भइरहेको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार