स्तन क्यान्सरबारे सचेतना जगाउन अक्टोबर महिनाभर ‘पिंक्टोबर सेलिब्रेसन’
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्तन क्यान्सरबारे सचेतना जगाउन अक्टोबर महिनालाई ‘पिंक्टोबर’ महिना अर्थात गुलाबी महिनाका रुपमा मनाउने गरिन्छ । यो महिनाभर सबैले गुलाबी रङको कपडा लगाएर स्तन क्यान्सरबारे सचेतना जगाउने गरेको पाइन्छ ।
शुक्रबार काठमाडौंमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले हार्डरक क्याफे दरबारमार्गसँगको समन्वयमा स्तन क्यान्सरबाट बच्न उपनाउनुपर्ने उपायकाबारेमा बृहत छलफल कार्यक्रम ‘पिंक्टोबर सेलिब्रेसन’ गरेको हो । जहाँ सहभागी सबैले गुलाबी रङको कपडा लगाएर आएका थिए ।

उक्त कार्यक्रममा अस्पतालका स्तन क्यान्सर विशेषज्ञ डा कपेन्द्र शेखर अमात्य र प्रफुल्ल शाक्यले स्तन क्यान्सरबाट बच्ने उपाय भनेकै नियमित परीक्षण रहेको बताएका थिए । उनीहरुले हरेक महिलाले आफैले आफनो स्तन परीक्षण गरेमा केही लक्षण देखिहाले सुरुमै पत्ता लाग्ने जिकीर गरे । सुरुकै अवस्थामा पत्ता लागेमा स्तन क्यान्सर निको हुने उनीहरुको भनाई थियो ।

कार्यक्रममा स्तन क्यान्सरबाट निको भएका सर्भाइभरहरुले आ -आफनो उपचार अनुभूति सुनाउँदै मनोबल उच्च गराएर सुरुमै उपचार गरेमा क्यान्सरबाट मुक्त हुन सकिने बताएका थिए । नेपाल क्यान्सर सपोर्ट ग्रुप तथा उपचारका लागि सहयोगी हातहरु नामक संस्थाको समेत सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।
अक्टोबर महिनालाई पिंक्टोबर महिनाका रुपमा लिई विभिन्न अन्य कार्यक्रमहरु पनि आयोजना भइरहेको छ ।







किष्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया कार्यक्रम
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशी
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत
जलन उपचारमा अपोलोको अनुभव : ८० प्रतिशतसम्म जलेका बिरामीलाई समेत जीवनदान