Health TV Online
Health TV Online
Health TV Online

नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

हेल्थ टिभी अनलाइन : नेको इन्सुरेन्स लिमिटेडले शुक्रबार निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाको २९ औं बार्षिकोत्सवको उपलक्ष्यमा मुख्य कार्यालय बीमा भवन ज्ञानेश्वरमा कार्यरत कर्मचारीहरुको निशुल्क दन्त परिक्षण, छाला परिक्षण तथा आँखा परिक्षण गरिएको हो भने रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । शिविरमा ८२ जना कर्मचारीको सहभागीता थियो भने २७ जनाले रक्त दान गरेका थिए ।

डिजिटल हेल्थ तथा टेलिमेडिसिनमा कार्यरत संस्था ‘हेल्थ याद आयो’ को समन्वयमा संचालित सो शिविरमा सोवा हेल्थ केयर सेन्टर जावालाखेल, हिमाल अस्पताल ज्ञानेश्वर तथा ब्लरकार्ट ललितपुरको प्राविधिक सहयोग रहेको थियो ।

स्वास्थ्य शिविरका संयोजक तथा नेको इन्सुरेन्सका सिनियर अधिकृत निरज डाँगीले संस्थाले बार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरले कर्मचारीलाई आफ्नो स्वास्थ्यप्रति संवेदनशिल र सचेत हुन प्रेरित गरेको बताए ।

‘हेल्थ याद आयो’ का प्रबन्ध निर्देशक प्रज्वल चुकेले कुनै पनि कार्यालयमा कार्यरत एक स्वस्थ कर्मचारी नै सक्षम कर्मचारी हुने र सक्षम कर्मचारीले नै आफ्नो काममा उत्कृष्टता देखाउन सक्ने बताए । चुकेले भने, स्वास्थ्य जाँच कार्यक्रमले कर्मचारीहरूको शारीरिक र मानसिक स्वास्थ्यको महत्त्वलाई उजागर गरेको छ । नेको इन्सुरेन्सले हरेक बर्ष आफ्नो बार्षिकोत्सवमा यस किसिमको स्वास्थ्य शिविर आयोजना गर्दै आइरहेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार