सम्पादक आचार्यसहित ४ जना पत्रकारलाई ‘ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’
हेल्थ टिभी अनलाइन : हरेक वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्दै आएको स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार यस वर्ष हेल्थ टिभी अनलाइनकी प्रधान सम्पादक कल्पना आचार्यसहित ४ जना पत्रकारले पाएका छन्। यसैगरी संस्थागत र व्यक्तिगत रुपमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न योगदान पुराएका तीन जना अभियन्ताहरुलाई पनि सम्मान गरिएको छ ।
शनिबार विश्व सुर्तीजन्य पदार्थ रहित दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले आयोजना गरेको विशेष कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सातै जनालाई नगद ५० हजार राशीसहित सम्मान गरेका हुन्।

सम्पादक आचार्य नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ जारी भए यतादेखि नै सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा जोडिएकी हुन् । उनले निरन्तर रुपमा आफना लेख, रचना, सम्पादकीय, अनुसन्धानमार्फत सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा पैरवी गर्दै आएकी छिन्।

आचार्य सुर्तीजन्य पदार्थका कारण हुने नसर्ने रोगहरु विरुद्धको अन्तराष्ट्रिय मिडिया अलायन्स एशिया प्यासिफिक सिटिज अलायन्स फर हेल्थ एण्ड डेभलपमेन्ट (एपिक्याट मिडिया) की संस्थापक सदस्य तथा ग्लोबल एएमआर मिडिया अलायन्सकी दक्षिण पूर्वी एशिया क्षेत्रकी अध्यक्ष हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण