क्यान्सरबारे सचेतना जगाउन नेपाल क्यान्सर अस्पतालको वाकाथन
हेल्थ टिभी अनलाइन \काठमाडौं : क्यान्सरबारे सचेतना जगाउन नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले वाकाथन कार्यक्रम गरेको छ । अस्पतालको छैठौं वार्षिकोत्सवको अवसर पारेर उक्त वाकाथन गरिएको हो ।

बिहान लगनखेलबाट सुरु भएको वाकाथनमा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, अन्य चिकित्सकहरु स्वास्थ्यकर्मी, कर्मचारी, क्यान्सर सर्भाइभर्स विभिन्न संघ संस्थाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । वाकाथन लगनखेलबाट सुरु भएर जावलाखेलमा गएर कोणसभामा परिणत भएर टुंगिएको थियो ।
उक्त कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले क्यान्सरबारे जनमानसमा अझै पनि भ्रमहरु रहेको र त्यसलाई कम गराउँदै लानका लागि सचेतनामूलक कार्यक्रमहरुको आवश्यक भएको बताए । उनले क्यान्सर सुरुकै अवस्थामा उपचार गरेमा निको हुने भए पनि जनचेतनाको कमीले ढिला गरेर मात्र उपचारमा आउने गरेको जनाए ।
नेपालीको क्यान्सर उपचार नेपालमै भन्ने नाराका साथ ६ वर्ष अघि नेपाल क्यान्सर अस्पतालको स्थापना भएको थियो । यही जेठ २० गते अस्पतालको छैठौं वार्षिकोत्सव मनाइँदैछ ।






आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम