ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
हेल्थ टिभी अनलाइन : सौन्दर्य केन्द्र तथा पार्लरहरुमा छालारोगको उपचारको नाममा हुँदै आएको गैर वैज्ञानिक र गैर व्यवसायिक अभ्यासले नेपालीहरुको छाला स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गरेको भन्दै छालारोग विज्ञहरुले आपत्ति जनाएका छन्।
नेपाल छाला तथा यौन रोग विशेषज्ञ समाजले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेललाई भेटेर ध्यानाकर्षण समेत गराएको छ । स्वास्थ्यमन्त्री पौडेलेसँग समाजका अध्यक्ष डा मनिषा सिंह, नेपाल सोसाइटी अफ हेयर रेस्टोरेसन सर्जन्सका अध्यक्ष प्राडा धर्मेन्द्र कर्ण, सिनिअर डर्माटोलोजिस्ट प्राडा सविना भटराई, नेपाल मेडिकल काउन्सिलका सदस्य समेत रहेका डर्माटोलोजिस्ट डा रुपक घिमिरे, अर्का डर्माटोलोजिस्ट डा मोहन भुसाल नेपाल मेडिकल एशोसिएसनबाट डा तेजसु सिंह मल्लले भेट गरेर स्वास्थ्यमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। ।
उनीहरुले चिकित्सक नै नभएको व्यक्तिले आफूलाई स्किन स्पेसलिस्टको रुपमा प्रस्तुत गर्दै इन्जेक्सन दिने, लेजर गर्ने, प्लाज्मा थेरापी जस्ता उपचार गरिरहेको (जुन चिकित्सकले मात्र गर्न पाइन्छ ) पाइएको भन्दै आपत्ति जनाएका हुन्। छाला रोग विज्ञहरुले गर्ने काम गैर चिकित्सकले गर्दा सेवाग्राहीको जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै यसमा स्वास्थ्य मन्त्रालयलाई विशेष ध्यान दिन आग्रह समेत गरे ।
नेपाल छाला तथा यौन रोग विशेषज्ञ समाजले पहिले पनि यस विषयमा मेडिकल काउन्सिल, औषधि व्यवस्था विभाग, स्थानीय प्रशासनमा लिखित र मौखिक रुपमा ध्यानाकर्षण गराएको थियो । समाजले छाला रोगको नाममा भइरहेका अनधिकृत काम तुरुन्त रोक्न, त्यस्ता व्यक्तिलाई अनुगमन गरी कारवाही गर्न, छाला रोगको उपचार विशेषज्ञ डाक्टरबाट मात्र हुनुपर्छ भन्ने जनचेतना जगाउन ४ बुँदे माग अघि सारेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण