कोरोना विरुद्धको खोपमा जेष्ठ नागरिकको उत्साहजनक सहभागिता (फोटोफिचर)
हेल्थ टिभी अनलाइन \काठमाडौं : जेष्ठ नागरिकहरुको लागि आजदेखि शुरु भएको कोरोना विरुद्धको खोप अभियानमा उत्साहजनक सहभागिता देखिएको छ ।
सरकारले आजबाट ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउन शुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर आजको खोप अभियान शुरु गरेका थिए । त्रिवि शिक्षण अस्पतालमा कोरोना विरुद्धको खोप लगाउनका लागि जेष्ठ नागरिक बिहान ८ बजेदेखि नै लाइन लाग्न थालेको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले खोप लगाएपछि अन्य जेष्ठ नागरिलाई धमाधम खोप दिन शुरु गरिएको थियो । भिड धेरै भएपछि स्वास्थ्य स्वयंसेविकाहरुले तीनवटा लाइन लगाएर खोप लगाउने व्यवस्था गर्नुपरेको बताएका छन्।
हातमा नागरिकता एवं वृद्धभत्ता कार्ड बोकेर उनीहरु सकी नसकी लाइनमा उभिरहेका थिए ।आजदेखि देशभर ६ हजार खोप केन्द्रबाट १६ लाख बढी ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिइँदैछ । जेष्ठ नागरिकहरु कोरोना संक्रमणको उच्च जोखिममा पर्ने समूहभित्र पर्छन ।
हेरौं फोटोहरु:
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?