यसरी मनायो स्पार्क अस्पतालले ३२ औं वार्षिकोत्सव (फोटोफिचर)
हेल्थ टिभी अनलाइन : कालिमाटीस्थित प्राकृतिक चिकित्सा सम्बन्धी स्पार्क हेल्थ होम अस्पतालले आफनो ३२ औं वार्षिकोत्सव मनाएको छ ।
अस्पतालले आज शुक्रवार एक कार्यक्रमबीच ३२ औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा अस्पतालले नि:शुल्क हाडजोर्नी तथा नशासम्बन्धी शिविर तथा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । आज गरिएको रक्तदान कार्यक्रममा २४ जनाले स्वतस्फूर्त रुपमा रक्तदान गरे भने ५० बढी बिरामीले नि:शुल्क सेवा र परामर्श लिएको अस्पतालले जनाएको छ ।
वार्षिकोत्सवमा हरेक वर्ष दिंदै आएको उत्कृष्ट कर्मचारी पुरस्कार यस वर्ष अस्पतालमा १८ वर्षदेखि कार्यरत हेल्पर सन्तोष थापालाई प्रदान गरिएको छ । उनलाई अस्पतालका प्रबन्ध निर्देशक हरि शरण रिजालले ११ हजार नगदसहित प्रमाणपत्रद्धारा सम्मान गरेका थिए ।
फोटो हेरौं :










आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम