काठमाडौंका सडकमा फोहोर नै फोहोर, राेग फैलिन सक्ने चेतावनी
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंका सडक यतिबेला फोहोरका थुप्राले भरिएका छन्। सरकार स्थानीय निर्वाचनमा होमिएका बेला उता सडकमा भने फोहोरका थुप्रोले संक्रामक रोग निम्त्याउने अवस्था सिर्जना गरेको छ । काठमाडौंको मेयर पदमा प्रतिस्पर्धा भइरहँदा महानगरको मुख्य काम फोहोर व्यवस्थापन भने अलपत्र परेको देखिन्छ । जसका कारण चुनाव अघि देखिको फोहोर सडक सडकमा अलपत्र देखिएका छन्।

अनेक थरीका फोहोर बाटोमा यत्तिकै धेरै दिनसम्म रहँदा यसबाट संक्रामक रोग निम्तिन सक्ने बताउँछन सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुन । उनले पानी परिरहेकाले पनि यसको संक्रमणको जोखिम अझ बढी हुनसक्ने भन्दै यसको व्यवस्थापन हुन पर्ने बताए ।

जनस्वास्थ्यसँग सिधै जोडिएको फोहोर व्यवस्थापनमा काठमाडौं महानगर बेला बेलामा चुक्दै आएको छ । कहिले फोहोर डम्पिङ साइटको विवाद र त कहिले बाटो बिग्रने समस्या त कहिले महानगरको आफनै जनशक्तिको कारणले यो समस्या आइरहेको देखिन्छ ।






किष्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया कार्यक्रम
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशी
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत
जलन उपचारमा अपोलोको अनुभव : ८० प्रतिशतसम्म जलेका बिरामीलाई समेत जीवनदान