नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आफनो ८ औं वार्षिकोत्सव मनाएको छ । जेठ २० गते आफनो वार्षिकोत्सवको अवसरमा अस्पतालमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । अस्पतालले वार्षिकोत्सव मनाउनका लागि विभिन्न कमिटिहरु बनाएको र उनीहरुको कामको सम्मान गर्दै प्रमाणपत्र समेत प्रदान गरेको थियो ।

नेपालीको क्यान्सर उपचार नेपालमा नै भन्ने नाराका साथ ८ वर्ष अघि खुलेको यस अस्पतालमा अहिलेसम्म हजारौं बिरामीले सेवा लिइसकेका छन् । वार्षिकोत्सव कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक तथा वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा सुदिप श्रेष्ठले अस्पताललाई अहिलेको अवस्थामा ल्याउन अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी तथा सम्पर्ण शुभचिन्तकहरुको हात रहेको जिकीर गरे ।
उनले आगामी दिनमा अझ नयाँ नयाँ प्रविधि ल्याएर नेपालीको क्यान्सर उपचार नेपालमा नै भन्ने नारालाई सम्पूर्ण रुपमा चरितार्थ गर्दै जाने बताए ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड