भारतमा कोरोना रिपोर्टिङमा खटिने पत्रकारका लागि १० लाख वीमा

भारतमा कोरोना रिपोर्टिङमा खटिने पत्रकारका लागि १० लाख वीमा

हेल्थ टिभी अनलाइन: भारतमा कोरोना महामारीका बेला फिल्डमा खटिएर रिपोर्टिङ गर्ने पत्रकारका लागि १० लाखको वीमा गर्ने भएको छ । भारतको हरियाणा राज्यका मुख्यमन्त्री मनोहर लाल खट्टरले फिल्ड रिपोर्टिङ गर्ने पत्रकार पनि कोरोनाको जोखिममा हुने भएकाले स्वास्थ्यकर्मी जस्तै उनीहरुको पनि वीमा गरिने बताएका हुन्।

उनले देशमा पत्रकार धमाधम संक्रमित हुन थालेपछि उनीहरुको पनि वीमा गर्ने जिम्मा राज्यको हो भन्दै फिल्डमा खटिने पत्रकारकावारेमा मिडिया हाउसलाई नाम टिपाउन आग्रह गरेको बताए । उनले भने, ‘जति पनि पत्रकार फिल्डमा सूचना संकलनका लागि जान्छन् उनीहरु सबैको हामी १० लाख बराबरको वीमा गर्दैछौं ।’ योसँगै उनले ट्वीट गर्दै  स्वास्थ्यकर्मी पछि पत्रकार यो महामारीको चपेटामा पर्नसक्ने भन्दै रिपोर्टिङ गर्दा सावधानी अपनाउन आग्रह समेत गरेका छन्।

केही दिनअघि मात्र मुम्बईमा एकैपटक ५३ जना पत्रकारलाई कोरोना संक्रमण देखिएको थियो । त्यसलगत्तै चेन्नईमा पनि पत्रकारमा परीक्षण गर्दा २५ जनामा कोरोना पोजेटिभ पाइएको थियो । धमाधम फिल्डमा रिपोर्टिङ गर्ने पत्रकार संक्रमित हुन थालेपछि उनीहरुका लागि हरियाणा सरकारले वीमाको कार्यक्रम ल्याएको हो ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भोजपुरका २६ वर्षीय युवकमा देखियो कोरोना संक्रमण

भोजपुरका २६ वर्षीय युवकमा देखियो कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : भोजपुरका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा आज भोजपुरका एक जना २६ वर्षीय युवकमा कोरोना पोजेटिभ पाइएको बताएको हो ।

मन्त्रालयले वेवसाइट मार्फत सूचना जारी गर्दै उक्त कुराको जानकारी दिएको छ । संक्रमित व्यक्ति विदेशबाट आएको बताइए पनि उनकावारेमा थप विवरण भने आइनसकेको मन्त्रालयले जनाएको छ।आजै दिउँसो दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो समेत गरी नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिमका चौंथो कोरोना संक्रमित महिला पनि अस्पतालबाट डिस्चार्ज

सुदूरपश्चिमका चौंथो कोरोना संक्रमित महिला पनि अस्पतालबाट डिस्चार्ज

हेल्थ टिभी अनलाइन \डडेल्धुरा: केही दिनयता कोरोना जितेर घर फर्किनेको संख्या बढेको छ । आज सुदूरपश्चिमका चौथो कोरोना संक्रमित महिला पनि कोरोना जितेर घर फर्किएकी छिन्।

कैलालीको लम्की चुहा नगरपालिका -१ कि ५० बर्षीया महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनको लगातार दुई पटक परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

विरगञ्जमा पसल गर्दै आएकी उनी लकडाउन भएपछि कैलाली आएकी थिइन्। कैलाली आएर १२ दिन क्वारेन्टाईनमा बसेकी उनलाई चैत २२ गते कोरोना पुष्टि भएको थियो। योसँगै सुदूरपश्चिम प्रदेशमा चार जना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन्। अव सेती अस्पतालको आईसोलेसनमा एक जना संक्रमित महिला मात्र उपचाररत छिन्।

काठमाडौंमा पनि दुई जना संक्रमित निको भएर आजै अस्पतालबाट डिस्चार्ज भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना जितेर पाटन अस्पतालबाट डिस्चार्ज भए आमा छोरा

कोरोना जितेर पाटन अस्पतालबाट डिस्चार्ज भए आमा छोरा

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमित आज अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सनसिटीका संक्रमित ८१ वर्षीय आमा र ५८ वर्षीय छोरा एकैपटक डिस्चार्ज भएको बताए । उनले भने, ‘दुबैजना कोरोना जितेर घर जान लागेका हुन्।’

चैत ५ गते बेलायतबाट आएका उनीहरुको वैशाख १ गते कोरोना संक्रमण  पुष्टि भएको थियो । त्यसपछि उनीहरु दुबै जना ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

थप दुई जनामा कोरोना पोजेटिभ देखियो, संक्रमितको संख्या ४७ पुग्यो

थप दुई जनामा कोरोना पोजेटिभ देखियो, संक्रमितको संख्या ४७ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज थप दुई जनामा कोरोना पोजेटिभ देखिएको बताए । उनले आज गरिएको मिडिया ब्रिफिङमा जनकपुरका १४ वर्षीय किशोर र उदयपुरकी ५५ वर्षीय एक महिलामा कोरोना पोजेटिभ देखिएको जानकारी गराए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

यी मध्ये नौं जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

पूर्वीचौकी गाउँपालिका अध्यक्ष भन्छन्, विपन्नको चुल्होमा आगो निभ्न दिंदैनौं

पूर्वीचौकी गाउँपालिका अध्यक्ष भन्छन्, विपन्नको चुल्होमा आगो निभ्न दिंदैनौं

यतिबेला विश्वभरी नै कोरोनाको महामारीले सबै जना त्रसित बनिरहेका छन्। कोरोना संक्रमणका कारण हालसम्म १ लाख ८४ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्। यसैगरी २६ लाख बढी मानिस यसबाट संक्रमित भएका छन्। यही क्रममा नेपालमा पनि हालसम्म ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक महिनादेखि देश लकडाउनमा छ । तीनै तहका सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आ आपनो स्तरबाट काम गरिरहेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका विषयलाई लिएर कोरोनाको उच्च जोखिममा रहेको सुदूरपश्चिमको डोटी जिल्लाका पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीसँग हेल्थ टिभी अनलाइनका शेर भण्डारीले गरेको कुराकानी:

कोरोना संक्रमणको नियन्त्रण तथा रोकथामका लागि गाउँपालिकाले के के गर्दैछ ?

अहिले विश्व नै कोरोना नियन्त्रणमा केन्द्रित छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या ४५ जना पुगिसेको छ । यो अवस्थालाई मध्यनजर गर्दै कामहरु अघि बढाएका छौं । सुदूरपश्चिममा धेरै युवाहरु रोजगारीका लागि भारत लगायत खाडी मुलुक जाने गर्छन्। यो संख्या यहाँ धेरै नै छ । हाम्रो गाउँपालिकामा पनि धेरै युवाहरु भारतमा छन्। उनीहरु अहिले गाउँ फर्केको अवस्था छ । त्यसैले उनीहरुबाट रोग आउने जोखिम  हुन्छ । यो कुरालाई ध्यान दिंदै हामीले काम गरिरहेका छौं । हाम्रो गाउँपालिका पनि जोखिममा छ । त्यसका लागि स्क्रिनिङ गरिरहेका छौं त्यसैगरी १०,१० जना बस्न मिल्ने गरी क्वारेन्टाइन बनाएका छौं ।

यसैगरी हाम्रो गाउँपालिकाभित्र प्रवेश गर्ने नागरिकको स्वास्थ्य अवस्था चेक जाँच गर्नका लागि सिमामा हेल्थ डेस्क स्थापना देखि लिएर स्वास्थ्य क्षेत्रमा लागेका गाउँपालिका भित्रका स्वास्थ्यकर्मीको अवस्थालाई मध्य नजर गर्दै कार्यपालिकाको निर्णय अनुसार जोखिम भत्ता स्वरुप ४० प्रतिशत दिने निर्णय गरेका छौं । यो सहित स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यान दिंदै मास्क, पीपीई लगायतका अन्य सामाग्री उपलब्ध गराएका छौँ।

भारतबाट आएका सबै ब्यक्तिहरु क्वारेन्टाइनमा बसिरहेका छन् त ?

कोरोना संक्रमण रोकथामका लागि भारत सरकारले लकडाउन गरेपछि अहिले धेरै जना गाउँ आएका छन्। हामीले कडाइका साथ सबैलाई क्वारेन्टाइनमा बस्न भनेका छौं । ती सबै अहिले क्वारेन्टाइनमै छन्। उनीहरुको कोरोना परीक्ष्ण पनि भइसकेको छ । अहिलसम्म कसैमा पनि पोजेटिभ देखिएको छैन्,। त्यसैले अहिले सबैलाई घर पठाएका छौं । घरमा पनि एक साता छुट्टै बस्न भनेका छौं ।

विभिन्न ठाउँमा अलपत्र परेका गाउँपालिका भित्रका नागरिकको उद्धार कसरी हुँदैछ ?

तपाईले भने जस्तै लकडाउनका कारण गाउँपालिकाका नागरिक विभिन्न ठाउँमा अलपत्र परेका छन्। कतारमा हाम्रो गाउँपालिकाका २ जना नागरिक अलपत्र परेको खबर आएपछि संघिय सरकालाई भनेर र उनीहरुको उद्धार भइसकेको छ। यसैगरी हाम्रो गाउँपालिकाका अधिकाशं विद्यार्थी धनगढी पढ्न जान्छन्। उनीहरुको अबस्थालाई मध्ये नजर गर्दै हामीले राहत पनि वितरण गरिहेका छौं । हामी हाम्रो गाउँपालिकाका कुनै पनि नागरिकको चुल्हो निभ्न दिदैनौँ। अहीले हाम्रा नागरिक सिमामा अलपत्र परेको खबर आएको छैन्। यदि छन् भने हामी जसरी भएपनि उनीहरुको उद्धार गछौँ। नागरिकलाई अफ्ठ्यारो परेको बेला उनीहरुलाई सहयोग गर्नु हामीहरुको कर्तव्य हो। राज्य भनेको जनताको अभिभावक हो। कोरोनाको नाममा खान नपाउन र कोरोनाको नाममा आकाश मुनिको बास हुनु गलत भएकाले पूवीचौकी गाउँपालिका जनताको सेवा गर्न २४ घण्टा तयार छ।

गाउँपालिका भित्र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेलाई कसरी व्यवस्थापन गर्नुभएको छ ? 

सुदूरपश्चिममा अझै पनि थुप्रै नागरिक गरिबीको रेखामुनि रहेका छन्। हाम्रो गाउँपालिकामा नहुने कुरा भएन। यहाँका जनतामा गरीबीाको अवस्था बढी नै रहेको छ। जु्न दैनिक रुपमा काम गरेर खाने बर्ग आज लामो समयको लकडाउनले समस्या उत्पन्न हुँदा हामी ति नागरिकको तथ्याङक संकलन गरेर पहिलो चरणको राहत वितरण गरिसकेका छौँ। बिपन्न गरिब, दैनिक ज्यालादारी गरि खाने बर्गको लागि भनेर हामीहरुले ३० किलो चामल, ३ किलो दाल, २ किलो नुन, चार किलो चिनी र चार पिस साबुन वितरण गरेका थियौँ। अहिले विभिन्न संघ सस्थाबाट पनि सहयोग आइरहेको छ। प्रदेश, संघ सरकारबाट पनि सहयोग प्राप्त भएको छ। जसले गर्दा हामीहरुलाई बिपन्न गरिब, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरीकको गास, बासको व्यवस्था मिलाउन सहज भएको छ।

राहत वितरणमा थुप्रै ठाउँमा गुनासा आएका छन् नि ?

राहत वितरणमा अहिले धेरै ठाउँमा गुनासा आइरहेका छन्। कतै अनियमितता भयो भन्ने छ। भने कतै सडेगलेको खानेकुरा वितरण गरियो भन्ने गुनासो पनि आएका छन्। तर, हामीहरुले भने सुरुदेखि नै सर्तकताका साथ राहत वितरण गरिरहेका छौं यदि कसैले कहीँ कतै अझै पनि राहात वितरणमा अनियमितता गरेको छ भने जो कोहीलाई कारबाही गरिन्छ। हामीले कार्यपालिकाको बैठकमा नै यो कुरामा छलफल गरेका थियौँ। यति बेलासम्म पूर्वीचौकी गाउँपालिकामा गुनासो आएका छैन्। यदि कसैले राहत नपाएको छ भने हामीहरुलाई सम्पर्क गर्नुहोला भोक भोकै हामी कुनै पनि नागरिकको चुल्हो निभ्न दिदैनौँ।

लकडाउनको पालना कत्तिको गरेका छन्?

लकडाउनको पूर्वी चौकीमा राम्रो प्रभाव रहेको पाईएको छ। सबै जनता संयमित छन्। तर अहिलको समय भनेको खेतीपातीको समय हो। त्यही भएर समस्या भइरहेको छ। गाउँमा गहुँ, जौँ, विभिन्न किसिमका बाली पाकिरहेका छन्। अब रोपाइँको लागि विउ राख्ने समय भइरहेको छ। त्यही भएर समस्या छ। विकास निर्माणका कामहरु भने ठप्प छन्। भोज भतेरदेखि लिएर कुनै पनि सभा सम्मेलन गर्न गाउँपालिकामा प्रतिबन्ध लगाइएको छ। ग्रामीण भेगमा खेतीपाती गर्ने, वनजंगल जाने ,गाई गोरु चराउने जस्ता काम भने भइरहेका छन्। यसलाई रोक्न सकिएको छैन्। तर, एक गाउँबाट अर्को गाउँमा जाने तथा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जाने कार्य पूर्ण रुपमा बन्द छ। यो हिसाबले लकडाउन पालना गरेकै छन् भन्नुपर्छ ।

अन्तमा गाउँपालिका बासीलाई यहाँको केही सन्देश छ की?

कोरोना विश्वव्यापी रुपमा फैलिएको महामारी हो। यसबाट वच्न सरकारले घोषणा गरेको लकडाउनको पुर्ण पालना गरी घरमै वसिदिनु हुन सबैमा अनुरोध छ। पटक पटक साबुन पानीले हात धुने, अत्यावश्यक नभएसम्म  घर बाहिर नजाने, बाहिर जाँदा मास्कको प्रयोग गर्ने बानीको विकास गरौँ। उच्च ज्वरो आयो ,रुघाखोकी लाग्यो भने तुरुन्त स्वास्थ्य संस्थामा जान अनुरोध गर्दछु। यस अवधीमा केही समस्या परे सामाधानका लागि हामी तत्पर छौँ। सम्पूर्ण नागरिकले संयमित भएर आफू र आफ्नो  परिवारका साथै समुदाय र राष्ट्र बचाउनका लागि योगदान पुर्याउन पुनःआग्रह गर्दछु।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

दिल्लीमा एकै परिवारका ११ जनामा कोरोना संक्रमण

दिल्लीमा एकै परिवारका ११ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन: भारतको दिल्लीमा एकै परिवारका ११ जनालाई कोरोना संक्रमण देखिएको छ । दिल्लीको जामा मस्जिद नजिक बस्ने एक परिवारमा यो संक्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चुराको व्यापार गर्ने उक्त परिवारमा एक जना सदस्य एक महिनाअघि विदेशबाट आएको बताइएको छ । उनलाई ज्वरो आएपछि परीक्षण गर्न अस्पताल गएका थिए । अस्पतालले कोरोना संक्रमण भएको बताएपछि परिवारका अन्य सदस्यको पनि जाँच गरिएको थियो । उनको प्रत्यक्ष सम्पर्कका आएका १८ जनाको परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ पाइएको त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन्।

संक्रमितमध्ये एक जना डेढ महिनाका शिशु पनि रहेको बताइएको छ । संक्रमित सबैको त्यहाँको म्याक्स अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी संक्रमितको सम्पर्कमा आउनेलाई होम क्वारेन्टाइनमा राखिएको बताइएको छ । दिल्लीमा मात्रै अहिलेसम्म २ हजार १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना रिपोर्टिङमा खटिएका स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

कोरोना रिपोर्टिङमा खटिएका स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

हेल्थ टिभी अनलाइन \काठमाडौं: विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा पनि बढिरहेका बेला फिल्ड रिपोर्टिङमा खटिएका स्वास्थ्य पत्रकारलाई न्युनतम स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले आज एक अनौपचारिक कार्यक्रम गरी मास्क, सेनिटाइजर, ग्लोब्स लगायतका स्वास्थ्य सुरक्षा सामग्री पत्रकारलाई वितरण गरेको हो । सो कार्यक्रममा बोल्दै मञ्चकी अध्यक्ष कल्पना आचार्यले कोरोना संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी जस्तै सूचना संकलनका लागि फिल्डमा खटिने सञ्चारकर्मी पनि जोखिममा रहेको भन्दै उनीहरुका लागि सुरक्षा सामग्री वितरण गरिएको बताइन्। उनले भारतको मुम्बईमा एकै दिन ५३ जना पत्रकारलाई कोरोना संक्रमण भएको प्रसंग उठाउँदै नेपालमा पनि फिल्डमा काम गर्ने पत्रकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।

यसैगरी कार्यक्रममा मञ्चका महासचिव रामप्रसाद न्यौपानेले सुरक्षा सामग्री प्रदान गरेर सहयोग गर्ने संस्थालाई धन्यवाद दिंदै आगामी दिनमा पनि यस्ता सामग्रीको आवश्यकता पर्ने स्वास्थ्य पत्रकारलाई मञ्चले सहयोग गर्ने बताए । कार्यक्रममा विभिन्न मिडियामा काम गर्ने स्वास्थ्य पत्रकारको सहभागिता रहेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित पनि अस्पतालबाट डिस्चार्ज

सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित पनि अस्पतालबाट डिस्चार्ज

शेर भण्डारी \डडेल्धुरा: सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित पनि आज अस्पतालबाट डिस्चार्ज भएका छन्।

लगातार तेश्रो र चौथो रिपोर्टमा कोरोना नेगेटिभ आएपछि कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका ४० वर्षीय युवकलाई अस्पतालले डिस्चार्ज गरेको हो। उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा भने कोरोना पोजेटिभ देखिएको थियो।

यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक र धनगढी उप–महानगरपालिका–५ का ३४ बर्षीय अर्का संक्रमित युवकलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ। भारतको उत्तराखण्डमा काम गर्दै आएका उनी चैत १३ गते त्यहाँबाट गड्डाचौकी नाका भएर नेपाल प्रवेश गरेका थिए। १८ दिन लामो उपचारपछि उनी घर फर्केका हुन्।

हाल सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका –५ कि ३४ बर्षीय महिला र लम्की चुहा नगरपालिका–१ कि ५२ बर्षीय महिलाको उपचार भईरहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप तीन जनामा कोरोना संक्रमण देखिएको बताए ।

धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरुको उमेर २४, ६० र ७२ वर्षको रहेको र तीनै जना पुरुष भएको पनि उनले जानकारी दिए । उनीहरु तीनै जना उदयपुरका स्थानीय बासिन्दा भएको बताइएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । यी मध्ये ७ जना निको भएर घर फर्केका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

लकडाउनको ३०औँ दिन, सुनसान काठमाडौं (फोटो फिचर)

लकडाउनको ३०औँ दिन, सुनसान काठमाडौं  (फोटो फिचर)

भाष्कर कलौनी \काठमाडौं : कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको आज  ३० दिन पुगिसकेको छ । लकडाउन शुरु भएको  एक महिना पुग्दा  पनि उपत्यका लगायत देशभरका शहरहरु सुनसान छन्। बाटोमा सुरक्षाकर्मी र अत्यावश्यक केही सवारी साधनबाहेक केही छैनन्।

कोरोना महामारीबाट बच्न सरकारले चैत ११ देखि देशभर लकडाउन शुरु गरेको हो । यो लकडाउन वैशाख १५ सम्म जारी रहनेछ । हेरौं लकडाउनका केही तस्वीरहरु:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

विश्वभर २५ लाख भन्दा बढीलाई कोरोना संक्रमण

विश्वभर २५ लाख भन्दा बढीलाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं: विश्वभर कोरोना संक्रमितको संख्या २५ लाख बढी नाघेको छ ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका अनुसार  २५ लाख  ६१ हजार ४४ जनालाई कोरोना संक्रमण पुष्टि भइससकेको छ । यसैगरी कोरोना भाइरसको संक्रमणबाट १ लाख ७६ हजार बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

हालसम्म सबैभन्दा बढी प्रभावित अमेरिकामा भएका छन्। अमेरिकामा मात्रै संक्रमितको संख्या ७ लाख ९३ हजार नाघेको छ । यसैगरी अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नै ४२ हजार भन्दा बढी छ ।

उता अमेरिकापछिको प्रभावित इटलीमा २४ हजार बढीको ज्यान गएको छ । यसैगरी १ लाख ८१ हजार भन्दा बढी संक्रमित भएका छन्। कोरोना संक्रमणबाट स्पेनमा २० हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ । दुई लाख भन्दा बढी संक्रमित भएका छन्। नेपालमा हालसम्म ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

उदयपुरमा एकैदिन ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२ पुग्यो

उदयपुरमा एकैदिन ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं: आज एकैदिन उदयपुरमा ११ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

मंगलबार  बिहान कोशी अस्पतालमा गरिएको परीक्षणमा उदयपुरका ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसलगत्तै परीक्षणको क्रस भेरिफाई गर्नका लागि उनीहरुलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा त्यहाँ पनि पोजेटिभ रिपोर्ट आएको थियो ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका स्थानीयमा कोरोना संक्रमण परीक्षण गर्दा ११ जनामा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । उनले काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६० जनाको परीक्षण गरिएकोमा ३ जना र कोशी अस्पतालमा ६९ जनाको परीक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना जितेर घर फर्किए सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित युवक

कोरोना जितेर घर फर्किए सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित युवक

हेल्थ टिभी अनलाइन \डडेल्धुरा:  सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित युवक कोरोना जितेर घर फर्किएका छन्। मंगलबार सेती प्रादेशिक अस्पताललले उनलाई डिस्चार्ज गरेको हो।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवकको लगातार दुई पटक सम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो। दुबईबाट आएका उनको चैत १४ गते कोरोना पुष्टि भएको थियो।

उनको तीन पटक परीक्षण गर्दा सम्म कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो। उनी ३० दिन सम्म अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका हुन्। यसअघि सेती अस्पतालमै उपचाररत लम्कीका २१ बर्षीय संक्रमित युवक पनि डिस्चार्ज भएका थिए। अव सेती अस्पतालमा तीन जना संक्रमितको उपचार भईरहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ

उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार विहान कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा क्रस भेरिफाई गर्न पठाइएको थियो ।

प्रतिष्ठानमा गरिएको परीक्षणमा समेत उनीहरुको कोरोना पोजेटिभ आएको हो । उदयपुरको मस्जिदमा यसअघि १३ जनामा कोरोना देखिएको थियो । आजै दिउँसो पनि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्ष्ण गर्दा ३३ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं: उदयपुरमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप एक जनामा कोरोना पुष्टि भएको बताएका हुन्। उदयपुरका ३३ वर्षीय पुरुषमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको उनले जानकारी दिए । उनले अन्य व्यक्तिहरुको रिपोर्ट भने आइनसेको बताए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । यीमध्ये ४ जना उपचारपछि निको भएर घर गइसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप ८ जनामा कोरोना संक्रमणको आशंका, क्रस भेरिफाई हुँदै

नेपालमा थप ८ जनामा कोरोना संक्रमणको आशंका, क्रस भेरिफाई हुँदै

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  उदयपुरमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण आशंका गरिएको छ । उदयपुरका स्थानीयको विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्रस भेरिफाई गर्न पठाइएको छ ।

उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा यसअघि नै १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएकाहरुको धमाधम स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

परीक्षण गरिएकामध्ये ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुन परीक्षणका लागि पठाइएको बताइएको छ । कोरोना संक्रमण भएको पुष्टि भने धरानको नतिजा आएपछि मात्र हुने कोशी अस्पतालका चिकित्सकले जनाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

लोमस ग्रुपको सेनिटाइजर भाटभटेनीमा पनि किन्न पाइने

लोमस ग्रुपको सेनिटाइजर भाटभटेनीमा पनि किन्न पाइने

हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोना महामारीका कारण विश्वभर सेनिटाइजरको अभाव भएका बेला नेपाली औषधि कम्पनी लोमस फर्मासिटिकल्सले अन्तराष्ट्रिय स्तरको सेनिटाइजर बजारमा ल्याएको छ ।

यसकोे मूल्य जम्मा १५० रुपैयाँ  रहेको कम्पनीले जनाएको छ । हेन्डएक्स नामको उक्त सेनिटाइजर औषधि पसलका साथै भाटभटेनी सुपरमार्केटमा समेत किन्न पाइनेछ । नेपालमा सेनिटाइजरको चरम अभावका कारण सरकारले नेपाली औषधि उद्योगलाई पनि सेनिटाइजर उत्पादन गर्न अनुमति दिएसँगै नेपाली कम्पनीले सेनिटाइजर बनाउन थालेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघ्यो

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघ्यो

हेल्थ टिभी अनलाइन:  विश्वभर कोरोना भाइरस संक्रमणका कारण एक लाख ७० हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । यसैगरी २४ लाख ७५ हजार बढी मानिस कोरोना भाइरसको संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म एक लाख ७० हजार २ सय ६१ जनाको मृत्यु भएको जनाएको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा हालसम्म संक्रमितको संख्या ७ लाख ९२ हजार नाघेको छ भने ४२ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकाको न्युयोर्कमा मात्र १८ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या दुई लाख ५३ हजार एक सय ९१ जना रहेको छ । कोरोनाका कारण इटालीमा २४ हजार १ सयभन्दा बढीको ज्यान गएको छ । यसैगरी संक्रमितको संख्या एक लाख ८१ हजार २ सय २८ पुगेको छ ।

यसैगरी स्पेनमा कोरोनाले मृत्यु हुनेको संख्या २० हजार ८ सय ८५ जनाको मृत्यु भएको छ। दुई लाख २ सय १० जना संक्रमित भएका छन् । फ्रान्समा २० हजार २ सय ९२ जनाको मृत्यु भएको छ भने १ लाख ५६ हजार ४ सय ८० जनामा संक्रमण भएको छ । बेलायतमा १६ हजार ५ सय ५० जनाको मृत्यु भएको छ भने एक लाख २५ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतको मुम्बईमा ५३ जना पत्रकारलाई कोरोना संक्रमण

भारतको मुम्बईमा ५३ जना पत्रकारलाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतको मुम्बईमा ५३ जना पत्रकारलाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये धेरैजसो विद्युतीय सञ्चारमाध्यममा कार्यरत पत्रकार छन्।
गत साता पत्रकारका लागि विशेष कोरोना स्क्रिनिङ गर्दा उनीहरुमा संक्रमण भेटिएको बताइएको छ । मुम्बईको टेलिभिजन पत्रकार संघका अध्यक्ष बिनोद जगदलेले स्क्रिनिङका क्रममा पत्रकारलाई कोरोना पोजेटिभ देखिएको बताएका छन्।

धेरैजसो पत्रकारमा एसिम्टोमेटिक कुनै पनि लक्षण नदेखिएको उनले बताए । उनीहरु फरक फरक मिडियामा काम गर्ने पत्रकार हुन्। टेलिभिजन पत्रकार संघ तथा संसदीय संवाददाता संघको अनुरोधमा महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले मुम्बई म्युनिसिपल कर्पोरेसनलाई निर्देशन दिएपछि पत्रकारका लागि गत अप्रिल १६ र १७ तारिखमा विशेष स्क्रिनिङ क्याम्प गरिएको थियो।

महाराष्ट्रकी राज्यसभा सांसद प्रियंका चतुरर्वेदीद्धारा संयोजन गरिएको उक्त स्क्रिनिङमा संवाददाता र क्यामेरापर्सन गरी १७१ जनाको मुम्बई प्रेस क्लब नजिक कोरोना परीक्षण गरिएको थियो । उनीहरु मध्ये ५३ जनालाई कोरोना पोजेटिभ देखिएको हो । परीक्षणका क्रममा खासगरी फिल्डमा खटिने पत्रकारलाई व्यक्तिगत सुरक्षाका लागिअपनाउनुपर्ने सावधानीकावारे जानकारीसहित सचेत गराइएको थियो। संक्रमित सबैलाई आइसोलेसनमा राखिएको बताइएको छ ।

ताजा अपडेट