Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एम्बुलेन्समा ल्याउन नमिल्ने बिरामीका लागि हेलि रेस्क्यु !

एम्बुलेन्समा ल्याउन नमिल्ने बिरामीका लागि हेलि रेस्क्यु !

गम्भीर प्रकारका बिरामी जसलाई छिटोभन्दा छिटो उपचारमा ल्याउनुपर्छ र उपचारमा ढिलाई हुँदा ज्यानै जानसक्छ वा भौगोलिक हिसाबले गाडी तथा एम्बुलेन्स पुग्न नसक्ने अवस्थामा बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने गरिन्छ । जसलाई हेलि रेस्क्यु भनिन्छ । नेपालमा पनि भौगोलिक विकटताका कारण धेरै नै हेली रेस्क्यु गर्नुपर्ने हुन्छ । यसरी हेली रेस्क्यु गर्नेमा ह्याम्स अस्पताल पहिलो पङ्तीमा पर्छ । ह्याम्स अस्पतालले ४ वर्ष अघिदेखि हेलि रेस्क्यु सेवा सुरु गरेको हो । ह्याम्स अस्पतालको आफनै हेलि प्याड भएका कारण पनि यहाँ धेरै नै बिरामी हेली रेस्क्यु गरेर ल्याउन सम्भव भएको छ । यही हेलि रेस्क्यु के हो र कसरी यसप्रकारको रेस्क्यु गरिन्छ भन्नेवारेमा ह्याम्स अस्पतालका इमरजेन्सी फिजिसियन तथा प्रि हस्पिटल केयर इन्चार्ज डा निशान्त ढकालसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी :

हेलि रेस्क्यु भनेको के हो ?

हेली रेस्क्यु भनेको हेलिकोप्टरबाट कुनै गम्भीर प्रकृतिको बिरामीको उद्धार गरी उपचार गर्न तुरुन्त अस्पतालसम्म ल्याउनु हो । यसको नामबाट नै प्रस्ट हुन्छ की यो हेलिकोप्टरद्धारा गरिने उद्धार हो । यसरी उद्धार गर्न जाँदा हेलिकोप्टरमा सम्पूर्ण मेडिकल सुविधासहित चिकित्सक तथा स्वास्थ्कर्मीको टोली नै जाने गर्छ । जसले गर्दा बिरामीलाई तुरुन्त आवश्यक पर्ने उपचार गर्दै अस्पतालसम्म पुराउने गरिन्छ ।

कस्तो अवस्थामा हेलि रेस्क्यु आवश्यक हुन्छ ?

अत्यन्त सिकिस्त बिरामी जसलाई तुरुन्त अस्पताल पुराएर उपचार सुरु गर्नुपर्ने हुन्छ, त्यसैगरी गम्भीर चोटपटक लागेका व्यक्ति जसलाई लामो बाटोमा गाडीबाट ल्याउँदा थर्किने, हल्लिने र झन समस्या बल्झिन्छ वा कसै कसैलाई बाटोको दुख सहनुभन्दा छिटो छरितो पुगेर उपचार गरौं भन्नेहरुका लागि यो सेवा दिने गरिन्छ । हामीकहाँ धेरै जसो रहरले भन्दा पनि आवश्यकताले हेली रेस्क्यु हुने गर्छ ।

धेरै जसो भौगोलिक विकटताका कारण हिमाल पहाड जहाँ सजिलै एम्बुलेन्स पुग्न सक्दैन र पुगे पनि लामो बाटोको यात्रा गर्नुपर्ने हुन्छ जसका कारणले इमरजेन्सीमा हेलीकोप्टर नै प्रयोग हुने गर्छ । गम्भीर प्रकृतिका बिरामीको एक एक मिनेटको पनि समय उपचारमा महत्वपूर्ण हुने हुँदा हेली रेस्क्यु कतिपय अवस्थामा अत्यन्त जरुरी पर्न जान्छ । र त्यस अवस्थामा बिरामीको ज्यान बचाउन सहयोगी सिद्ध बन्छ ।

ह्याम्स अस्पतालले अहिलेसम्म कतिजनाको हेलि रेस्क्यु गरिसक्यो ?

हामीले बिरामीहरुको आवश्यकताअनुसार हेली रेस्क्युको सेवा प्रवाह गरिरहेका छौं । जसका लागि डेडिकेटेट टिम नै छ । इमरजेन्सीका विशेषज्ञ डाक्टर, तालिमप्राप्त स्वास्थ्यकर्मी, भेन्टिलेटर र अन्य अत्याधुनिक मेडिकल उपकरणसहितको हेली रेस्क्युको अन्तर्राष्ट्रियस्तरको सेवा हामीले प्रवाह गरिरहेका छौं । त्यसैले हामीले हेली रेस्क्यु गरेका अधिकांशको ज्यान बचाउन सफल पनि भएका छौं । हामीले सेवा सुरु गरेको ४ वर्षमा २८१ जनाको हेली रेस्क्यु गरिसकेका छौं भने  ती मध्ये त ५१ जना अत्यन्त सिकिस्त भेन्टिलेटरमा रहेका बिरामी थिए । नेपालमा हेलीप्याड भएका थोरै मात्र अस्पताल छन् जस मध्ये ह्याम्स अस्पताल पनि एक हाे ।नेपालमा  यसरी हेली रेस्क्यु गर्ने ३ \४ वटा मात्र कर्पोरेट कम्पनीहरू छन् ।

हेलि रेस्क्यु गर्दा कस्तो चुनौती आइपर्छ ?

पहिलो कुरा त हामीकहाँ हेलिकोप्टर नै कम छन्। भएका पनि टुरिस्ट सिजनमा पर्यटकलाई ओसारपसारमा बढी व्यस्त हुन्छन् । हामीकहाँ छुट्टै डेडिकेटेट मेडिकल हेलिकोप्टर छैन्। त्यसैले पहिले उपलब्ध छ छैन बुझेर मात्र बिरामीलाई सेवा दिन सक्छौं । कतिपय अवस्थामा हेलिकोप्टर नै उपलब्ध हुँदैनन्। त्यसबेला बिरामीलाई ‘सरी’ भन्नुपर्ने हुन्छ ।

अर्को चुनौती भनेको रातीको समयमा हेली रेस्क्यु गर्न सकिंदैन । नेपालमा त्यो प्रकारका सुविधा भएको हेलिकोप्टर छैनन्। सिभिलियनलाई राती हेलिकोप्टर उडाउन अनुमति नै छैन् । घाम उदाएपछि र घाम अस्ताउनु अघि मात्र रेस्क्यु गर्न सकिन्छ । यो हाम्रो बाध्यता हो । आर्मीले कहिलेकाहीं उडाउँछन् तर निकै कम छ । यसैगरी कहिलेकाहीं बिरामी लिन जान्छौं सम्पूर्ण तयारी गरेर तर विचमै फोन आउँछ बिरामी त रहनुभएन भनेर । अनि विचबाटै फर्कनुपर्छ । त्यस्तो अवस्था पनि कहिलेकाहीं सामना गर्नुपर्छ ।

अर्को भौगोलिक कारणले पनि रेस्क्यु गर्न जान जोखिमपूर्ण हुन्छ । यसैगरी हेलिकोप्टर रेस्क्यु केही महंगो छ त्यसैले सबैको पहुँचमा यो सेवा पुग्न सकेको छैन्। यसबारेमा आफना नागरिकको ज्यान जोगाउने सेवा भएकाले सरकारले सोच्नुपर्ने हुन्छ।

 

थप समाचार